Latest
img

विश्वकप जिते पछी भर्खरै मेस्सीले लेखे यस्तो स्टाटस-

काठमाडौं । पहिलो पटक विश्वकप फुटबलको उपाधि उचालेको अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले आफ्नो लामो समयदेखिको सपना पुरा भएको भन्दै खुशी व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत जितको श्रेय सम्पूर्ण टिमलाई जाने बताए ।

मेस्सीले फेसबुकमा स्टाटस लेख्दै जितपछिको आफ्नो भावना पोखेको हुन् । यो विजय आफूलाई विश्वास गर्न समेत कठिन भइरहेको उनको भनाइ छ ।मेस्सीको स्टाटसको भावानुवादः कयौंपटक मैले यसको सपना देखेको थिएँ । मैले यति धेरै चाहेको थिएँ कि म विश्वास गर्न सकिरहेको छैन ।

मेरो परिवारलाई, मलाई समर्थक गर्ने सबैलाई र हामीलाई विश्वास गर्ने सबैलाई धेरै धेरै धन्यवाद छ । हामीले फेरि प्रमाणित गर्‍यौँ, जब हामी अजेन्टिनाइनहरु मिलेर लड्छौँ र एकताबद्ध हुन्छ, हामी आफ्नो लक्ष्य हासिल गर्न सक्षम हुन्छौं । हामी एउटै सपनाका लागि लडिरहेका थियौँ र हामी सफल भयौँ । यहाँबाट अर्जेन्टिना अघि बढ्छ । हामी तपाईँसँग चाँडै भेट्नेछौँ ।

यो पनि – फिफा विश्वकप कतार २०२२ को उपाधि जितेपछि अर्जेन्टिनी कप्तान लिओनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास नलिने भएका छन् ।आइतबार लुसेल रंगशालामा सम्पन्न फाइनलपछि मेस्सीले टिवाईसी स्पोर्ट्ससँग बोल्दै आफ्नो निर्णय सार्वजनिक गरेका हुन् ।

उपाधि जितेपछि उनलाई भविष्यबारे गरिएको प्रश्नमा मेस्सीले यस्तो जवाफ दिए, ‘यो कप हेर्नुहोस् कति सुन्दर छ । यसका लागि हामीले निकै मिहिनेत गरेका छौं । म अर्जेन्टिना पुगेर त्यहाँको वातावरण हेर्न आतुर छु । म राष्ट्रिय टोलीबाट बिदा लिने छैन । म एक च्याम्पियन बनेर राष्ट्रिय टोलीबाट खेलिरहन चाहन्छु ।’

मेस्सीले फिफा विश्वकप कतार २०२२ मा सर्वोत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल पनि जिते । उनले पहिलो पटक विश्वकप जित्ने क्रममा प्रतियोगिता अवधिभर सानदार प्रदर्शन गरेका थिए । अर्जेन्टिनाको उपाधि यात्रामा ७ गोल र ३ असिस्ट प्रदान गर्दै मेस्सीले गोल्डेन बल पाएका हुन् ।

फाइनलमा दुई गोल गरेका उनले प्रतियोगिताको हरेक चरणमा गोल गर्ने दुर्लभ उपलब्धि पनि हासिल गरे । मेस्सीले प्रतियोगिताको ६ खेल खेल्दा एक खेलमा मात्र गोल गर्न सकेनन् । पहिलो खेलमा साउदीविरुद्ध गोल गरेका मेस्सीले दोस्रो खेलमा मेक्सिकोविरुद्ध १ गोल र १ असिस्ट दिएका थिए ।

तेस्रो खेलमा पोल्यान्डविरुद्ध उनले गोल गर्न सकेनन् । उक्त खेलमा मेस्सीको पेनाल्टी गोलरक्षक वोज्सिएक सेचेज्नीले बचाएका थिए । नकआउट चरणको सबै खेलमा मेस्सीले गोल गरे । अष्ट्रेलियाविरुद्ध एक गोल गरेका मेस्सीले त्यसयता नेदरल्यान्ड्स र क्रोएसिया दुवै विरुद्ध १ गोल र १ असिस्ट दिए ।

फाइनलमा दुई गोल गर्दै मेस्सीले अर्जेन्टिनालाई उपाधितर्फ डोर्याएका थिए ।प्रतियोगितामा फ्रान्सका किलीयन एमबाप्पेले सिल्भर बल प्राप्त गरे। उनले सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट पनि हासिल गरेका थिए । क्रोएसियाका लुका मोड्रीचले ब्रोन्ज बल हात पारे ।

प्रतियोगिताका शीर्ष तीन खेलाडीलाई क्रमश: गोल्डेन, सिल्भर र ब्रोन्ज बल प्रदान गरिँदै आएको छ । संयोगवश उत्कृष्ट तीन खेलाडी प्रतियोगितामा शीर्ष तीन स्थान हासिल गर्न सफल टोलीका जर्सी नम्बर १० रहे ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment