Latest
img

गठबन्धन भत्किने पक्कापक्की: देउवालाइ धोका दिँदै प्रचण्ड, बाहिरियो यति ठुलो भित्री सुचना

काठमाडौं:

सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन मिति तोकेको छ ।

देउवालाई परमादेशबाट प्रधानमन्त्री बनाउन एक भएका दलहरु आगमी

निर्वाचनमा गठबन्धन गरेरै जाने दाउमा छन् तर गठबन्धन हुने सम्भावना विस्तारै कम हुँदै गएको छ । निर्वाचनको मिति घोषणा भएको भोलिपल्टै गठबन्धनका दलहरुले बैठक बसी

आगामी निर्वाचनमा गठबन्धन गरेर जाने सैद्धान्तीक सहमती गरे तर जब भागबण्डा मिलाउने कुरा आयो १६५ वटा निर्वाचन क्षेत्रमा गठबन्धनका दलहरुको दाबी भने २५० भन्दा बढि सिटमा देखियो ।

जति जति निर्वाचनको मिति नजिक आउदै छ गठबन्धनमा उती उती समस्या देखिँदै गएको छ । काग्रेस एक सय सिट भन्दा घट्न नमान्ने,

माओवादी केन्द्रलाई ६० सिट घटिले नपुग्ने, नेकपा एस लाई ४० सिट नभइ नहुने, जसपाका उस्तै कुरा हुँदाहुदा एक सिटे पार्टी राष्ट्रिय जनमोर्चाले सम्म पनि ३ सिट मागे पछि गठबन्धनको हिसाबकिताब गोलमाल हुने देखिएको छ।

गठबन्धनको विकल्प छैन भन्ने दलका नेताहरुकै सम्बन्ध चिसिदै गएको छ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल

दहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल ले त सार्वजनिक रुपमै काग्रेसले धेरै घमण्ड गरे राम्रो नहुने चेतावनी दिएका छन् ।

प्रचण्डले त काग्रेसले परिस्थिति बुझ्न नसके एमाले बाहेकको बाम गठबन्धन गर्ने सम्म पनि बताइसकेका छन् ।

यो विचमा नेपाली काग्रेसका सभापती समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा नमज्जासँग चेपुवामा परेका छन् ।

गठबन्धनका लागी निकै लचक रहेका देउवालाई एकातिर प्रचण्डले तर्साइरहेका छन् भने अर्को तिर आफ्नै पार्टी नेपाली

काग्रेसका शेखर कोइराला पक्षका नेताहरुले पनि सय सिट भन्दा कम सिट लिएर गठबन्धन गर्न नसकिने भन्दै आएका छन्।

जसरी पनि गठबन्धन गर्ने पक्षमा रहेका देउवा प्रचण्ड रिसाउने हुन् की भन्ने चिन्तामा एकातिर रहेका छन् भने काग्रेस भित्रकै शेखर

कोइराला पक्षका नेताहरुको कुरा नसुन्दा पनि पार्टीनै विभाजन सम्म हुन सक्ने सम्भावनालाई समेत उनले नजिकबाट बुझिरहेका छन् ।

देउवाले प्रचण्ड माथी नमिठो धोका खान सक्ने सम्भावनाको चर्चा पनि सुरु भएको छ । नेकपा माओवादी केन्द्रका नेताहरुले आगामी सरकार आफ्नो पार्टीको नेतृत्वमा बन्ने बताउदै आएका छन्

प्रचण्ड स्वयंले पनि अब देशको प्रधानमन्त्री बन्न पाए मुलुकलाईनै नयाँ युगमा पुर्याउने भन्दै आएका छन् । प्रचण्डमा प्रधानमन्त्री बन्ने भोक यति धेरे जागृत छ की त्यसका लागी उनी जुन सुकै हदमा जान सक्ने देखिन्छ ।

नागरिक समाजका अगुवा एवं बरिष्ठ चिकित्सक डा सुन्दरमणी दिक्षित केही समय भित्रैनै देउवाले प्रचण्डबाट ठूलो धोका खाने ठोकुवा गर्दछन्

या त चुनाव भन्दा अघिनै या चुनाव पछि लगत्तै पनि प्रचण्डले देउवालाई नमिठोसँग धोका दिने दाबी डा दक्षितले गरेका छन् । ओटिभी नेपाल डटकमसँग कुराकानी गर्दै डा दिक्षितले अहिले

प्रचण्डसँग दोस्ती गरेर देउवाले बदनामी मात्रै कमाइरहेको भन्दै भोली प्रचण्डबाट धोका खाएको अवस्थामा काग्रेस भित्रैको पनि कसैको साथ नपाउने र एक्लै टाउकोमा हात राख्नु पर्ने अवस्था देउवाको आउने जिकिर उनले गरेका छन् ।

प्रचण्डले लोभीपापीहरुको छुट्टै मोर्चाबन्दी गरिरहेको भन्दै डा दिक्षितले चुनाव अघिनै पनि यो गठबन्धन भत्कन सक्ने अनुमान गरेका छन् ।

प्रचण्डले बावुराम भट्टराई, बामदेव गौतम जस्ता लोभीहरुलाई मिलाएर राखेको भन्दै कुन दिन चिनको सहयोग लिएर प्रचण्डले बाम गठबन्धन गर्न सक्ने र त्यो दिन देउवाको कन्तबिजोग हुने दाबी डा दिक्षितले गरेका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment