Latest
img

अर्जेन्टिनाका गोलरक्षक मार्टिनेजले ‘गोल्डेन ग्लोभ’ पाएपछि देखाए अनौठो पाजे, बन्यो भाइरल

काठमाण्डौ- अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले फिफा विश्व कप कतार–२०२२ मा गोल्डेन ग्लोभ अवार्ड जितेका छन् । अर्जेन्टिनालाई विश्व कप उपाधि दिलाउन निर्णायक भूमिका खेलेका उनले कतार–२०२२ मा गोल्डेन ग्लोभ अवार्ड जित्न सफल भएका हुन् ।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षकलाई प्रदान गरिने अवार्ड मार्टिनेजले पहिलो विश्व कप सहभागितामै जित्न सफल भएका हुन् । सर्वोत्कृष्ट गोलकिपरका रुपमा उनले गोल्डेन ग्लोब्स पाएपछि देखाएको एउटा ‘जेस्च’ भने भाइरल बनेको छ। गोल्डेन ग्लोभ पाएपछि टिमतर्फ आउनेक्रममा विश्वकप ट्रफी नजिक पुगेर उनले गोल्डेन ग्लोब्सलाई दुई हातले कम्मरभन्दा मुनी, अगाडि राख्दै दर्शकलाई देखाएका थिए।

धेरैले यसलाई भद्दा पोजका रुपमा टिप्पणी गरेका छन्। त्यसअघि अतिरिक्त समयको खेल सकिन एक मिनेट बाँकी छँदा गोलकिपर मार्टिनेजले वन भर्सेस वन बचाएर खेललाई टाइब्रेकरमा पुर्‍याएका थिए।क्वाटरफाइनलमा नेदरल्यान्ड्स र फाइनलमा फ्रान्ससँग टाइब्रेकरमा महत्त्वपूर्ण बचाउ गरे ।

मार्टिनेजले यसअघि गएको वर्ष अर्जेन्टिनाले कोपा अमेरिका जित्दा पनि उत्कृष्ट गोलरक्षकको उपाधि जितेका थिए । यो प्रतियोगितामा फ्रान्सका फरवार्ड किलीयन एम्बाप्पेले गोल्डेन बुट जितेका छन् । अर्जेन्टिनाका कप्तान लिओनल मेस्सी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल प्राप्त गरेका छन् ।

यो पनि – आइतबार राति भएको विश्वकप २०२२ को फाइनल अर्जेन्टिनाले जित्यो। साविक विजेता फ्रान्सले भने उपविजेतामा चित्त बुझाएको छ। तर, फ्रान्सले अर्जेन्टिनालाई उपाधि जित्न भने सजिलै दिएन। निर्धारित ९० मिनेट र थप ३० मिनेटमा दुवै टोलीले ३–३ गोल गरेपछि खेल टाइब्रेकरमा गएको थियो।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा उपविजेता टोलीका खेलाडी किलियन एमबाप्पे निकै चर्चा रहे। उनले खेलमा निकै अविष्मरणीय कीर्तिमान पनि बनाएका छन्। एम्वाप्पेले फाईनल खेलको ८० औँ मिनेटसम्म २–० ले पछि परेको फ्रान्सलाई पेनाल्टीमार्फत गोल गर्दै गोल अन्तर मात्र घटाएनन्।

त्यसको दुई मिनेट नबित्दै अर्को गोल गर्दै खेललाई बराबरीमा ल्याए। यो गोलले विश्वकप फाइनलमा सबैभन्दा कम समयमा दुई गोलको कीर्तिमान बनाएका छन् । यसअघि सन् २००२ मा रोनाल्डोले जर्मनीविद्धको खेलमा १२ मिनेटको अन्तरमा दुई गोल गरेका थिए।

एमबाप्पे दुई विश्वकपका १४ खेलमा १२ गोल गर्दै विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा पाचौँ नम्बरमा पुगेका छन् । चारवटा विश्वकपका १४ खेल खेलेका ब्राजिलका पेलेको पनि विश्वकपमा समान १२ गोल रहेको छ। उक्त सूचीमा सबैभन्दा माथी चार विश्वकपका २४ खेल खेलेका जर्मनीका मिरोस्लभ लोस रहेका छन्।

उनले जम्मा १६ गोल गरेका छन्। त्यस्तै ब्राजिलका रोनाल्डो १५ गोल सहित दोस्रो स्थानमा छन्। उनले पनि चारवटा विश्वकपका १९ खेल खेलेका छन्। आफूले खेलेका पाँच विश्वकपका २६ खेलमा १३ गोल गरेका अर्जेन्टिनी खेलाडी मेसी चौँथो नम्बरमा रहेका छन्।

एमबाप्पे विश्वकप फुटबलको फाइनल खेलमा ह्याट्रिक गोल गर्ने दोस्रो खेलाडी बनेका छन्। यसअघि सन् १९६६ मा इंल्याण्डका जफ हर्स्टले पश्चिम जर्मनी विरुद्धको फाइनल खेलमा तीन गोल गरेका थिए। उक्त गोलसँगै उनको टोली पहिलो पटक विश्व विजेता बनेको थियो।

एमबाप्पेले भने तीन गोल गरे पनि आफ्नो टोलीलाई जिताउन सकेनन्।पहिलो हाफमा २–० ले पछि परेको फ्रान्सलाई एमबाप्पेले अन्तिम समयमा दुई गोल गर्दै २–२ को बराबरीमा लगेका थिए। त्यसपछि थपिएको समय अर्जेन्टिनाले अर्को गोल गर्दा एमबाप्पे पेनाल्टी मार्फत अर्को गोल गर्दै बराबरीमा रोकेका थिए।

त्यसपछि खेल टाइ ब्रेकरमा गएको थियो। एमबाप्पे पेनाल्टी सहित फाइनलमा चार गोल गर्ने पहिलो खेलाडी बनेका छन्। प्रतियोगितामा सर्वाधिक गोल गर्दै एमबाप्पेले गोल्डेन बुट पनि जितेका छन्। उनले फाइनलमा गरेको तीन गोलसहित ८ गोल गरेका छन्। सन् १९७० को विश्वकपपछि एउटै विश्वकपमा सबैभन्दा बढी ८ गोल ब्राजिलका रोनाल्डोले गरेका थिए।

एमबाप्पेले रोनाल्डोको गोल बराबरी गरेका छन्। २०१७ देखि फ्रान्सको राष्ट्रिय टोलीबाट खेल्दै आएका २३ वर्षिय एमबाप्पेलाई अबको नयाँ स्टार खेलाडीको रूपमा हेरिँदै छ। फ्रान्सका लागि ६६ खेल खेल्दा उनले ३६ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन्। जस मध्ये १२ गोल दुई वटा विश्वकपमा गरेका हुन्।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment