Latest
img

अर्जेन्टिनासँग हारेका फ्रान्सका फुटबलर करिम बेन्जेमाद्वारा सन्यास घोषणा

काठमाडौं । फ्रान्सका फुटबलर करिम बेन्जेमाले अन्तर्राष्ट्रिय फुटबल खेलबाट सन्यास लिएका छन् । उनले आज आफ्नो जन्म दिनको अवसरमा अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएको घोषणा गरेका हुन् ।उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो सन्यासको घोषणा गरे ।

उनले लेखेका छन्, ‘मैले धेरै संघर्ष र गल्ती गरेको छु जसले मलाई यहाँसम्म ल्याइपुर्यायो जसका लागि म गर्व महसुस गर्छु । मैले मेरो इतिहास लेखेँ तर हाम्रो सपना अन्त्य भयो ।’आइतबार भएको फिफा विश्वकप २०२२ को फाइनल खेलमा अर्जेन्टिनासँग फ्रान्स पराजित भएको थियो ।

करिम स्पेनिस क्लब रियल म्याड्रिडमा खेलिरहेका खेलाडी हुन् । उच्च लयमा रहेका उनले चोटका कारण विश्वकपका खेलहरु गुमाएका थिए ।बेन्जेमाले फ्रान्स राष्ट्रिय टिमका लागि ९७ खेल खेल्दै ३७ गोल गरेका छन् ।गत राति कतारमा फुटबलको महासङ्ग्राम

फिफा विश्वकप फुटबलको फाइनलमा साबिक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गरेर अर्जेन्टिनाले उपाधि जित्यो । आजसम्मकै सबैभन्दा महँगो र भव्य भनिएको यो विश्वकप भने आजसम्मकै सबैभन्दा सानो भूगोल भएको देशले आयोजना गरेर गत राति सकियो ।

१२ वर्ष लगाएर संरचना बनाइएको यस विश्वकपमा खेल मात्रै ८ रंगशालामा भए । ८ मध्ये ७ वटा नयाँ रंगशाला हुन् भने एउटा पुनर्संरचना गरिएको हो । यति महँगो र भव्य विश्वकप जित्ने टिमले पुरस्कारबापत चाहिँ कति पैसा पाउँछ होला ? यसबारे कुरा गरौं ।

विश्वकप विजेता देशले पुरस्कारमा पाउने राशि सधैं एकै हुँदैन । यो हरेकपटक बढ्दै आएको छ । यसपटक कतार विश्वकपको विजेता देशले ४ करोड २० लाख अमेरिकी डलर पुरस्कार राशिबापत पायो । अथवा, पाउनेछ । यसअघि २०१८ मा भएको रसिया विश्वकप विजेता फ्रान्सले ३ करोड ८० लाख डलर पाएको थियो ।

यसपटक पुरस्कार राशिमा वद्धि भएको छ । त्यसैगरी, यस विश्वकपको फाइनलमा पराजित वा दोस्रो हुने टिमले ३ करोड ८० लाख पुरस्कार पाउनेछ ।त्यसैगरी, सेमिफाइनलमा हारेर तेस्रो स्थानका लागि खेलेर विजेता हुने टिमले २ करोड डलर पाउँदा चौथो हुने टिमले २ करोड ५० लाख पाउँछ ।

पाँचौंदेखि आठौं स्थानका टिमले १ करोड ७० लाख पाउँछन् भने नवौंदेखि १६औं स्थानका टिमले १ करोड ३० लाख पाउँछन् । त्यसैगरी, समूह चरण खेल्ने अर्थात् विश्वकप छनौमाट भएका ३२ देशले ९० लाख डलर पाउँछन् । फिफाले ३२ टिमलाई दिने पुरस्करका लागि मात्रै १४ करोड ४४ लाख अमेरिकी डलर खर्च गर्नुपर्ने हुन्छ ।

नेपाली रुपैयाँ अनुसार कतार विश्वकपको उपाधि विजेता टिमले ५ अर्ब ५७ करोड ३७ लाख रुपैयाँभन्दा बढी पाउँछ । त्यसैगरी, फाइनलमा पराजित हुने अथवा उपविजेता टिमले ३ अर्ब ९० करोड २४ लाखभन्दा बडी पाउनेछ । त्यसैगरी, तेस्रो स्थानका लागि भएको खेलको

विजेता टिमले ३ अर्ब ५१ करोड २४ लाख भन्दा बढी रुपैयाँ पाउनेछ । त्यस्तै, तेस्रो स्थानका लागि हुने खेलमा पराजित हुने अर्थात् प्रतियोगिताको चौथो टिमले ३ अर्ब २५ करोड २२ लाखभन्दा बढी पाउनेछ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment