Latest
img

प्याराग्लाइडिङको मज्जा लिँदै भारतीय अभिनेता विवेक ओबरायले भनेः ‘पोखरा इज सो ब्युटिफुल’

पोखरा – नेपाल भ्रमणमा रहेका भारतीय अभिनेता विवेक ओबरायले प्याराग्लाइडिङको मज्जा लिएका छन्। सोमबार दिउँसो ओबरायले पोखराको आकाशमा प्याराग्लाइडिङको मज्जा लिएका हुन्। पोखराको सराङकोटबाट दिउँसो प्याराग्लाइडिङ उडान भरेका उनी फेवा किनारमा ओर्लिए।

स्काइलाइन प्याराग्लाइडिङका भुवन गाहा मगरले ओबरायलाई प्याराग्लाइडिङमा उडाए। करिब ४५ मिनेट उनले प्याराग्लाइडिङको मज्जा लिए। पोखराको आकाशमा फन्को मार्दै ओबरायले भने, ‘पोखरा अति सुन्दर छ। नेपाल अति सुन्दर छ।’ प्याराग्लाइङिमा उड्दै गर्दा आफूलाई चिल जस्तै सम्झिएको सुनाए।

निकै आश्चर्य महशुस गरेको उनले बताए। ओबरायले फेरि पोखरा आउने इच्छा व्यक्त गरेको स्काइलाइन प्याराग्लाइडिङका भुवन गाहा मगरले बताए। ‘उहाँले १५ दिनको समय मिलाएर फेरि पोखरा आउने बताउनुभएको छ। सोलो पाइलट ट्रेनिङ गर्ने इच्छा गर्नुभएको छ’, उनले भने।

ओबराय, उनकी श्रीमती, छोराछोरीसहित परिवारका १० सदस्यले पोखराको आकाशमा फन्को मारेका हुन्। बाबु सुरेश ओबरायले पोखराको प्याराग्लाइडिङ गरेनन्। उनी मझेरीपाटनको हिमालय गल्फ कोर्समा गए। भारतीय अभिनेता ओबराय परिवारसहित नेपाल भ्रमणमा छन्।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल ओर्लिएका ओबेराय शुक्रबार पर्यटकीय नगरी पोखरा आए। उनले पोखरामा आएपछि जिपलाइन, बञ्जि, एटिभी, हट एयर बेलुन र स्काइक्रिमरको मज्जा लिइसकेका थिए। ११ सदस्यसहित पोखरा आइपुगेको उनको नेपाल भ्रमण पहिलो हो।

ओबराय सोमबार मुस्ताङको मुक्तिनाथ मन्दिर, एबीसी र पुनहिल जाने तालिका भए पनि मौसम खराबीका कारण पूरा भएन। पोखराको घुमघाम सकाएर ओबराय भैरहवा हुँदै गौतम बुद्धको भूमि लुम्बिनी दर्शनको लागि जानेछन्। गत बुधबार काठमाडौँ ओर्लनेबित्तिकै पशुपतिनाथको दर्शन गरेका विवेक लन्चसहित घुम्न चन्द्रागिरि डाँडामा उक्लिएका थिए।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई खुमलटार पुगेरसमेत उनले भेटेका छन्। व्यवसायी पुनम यादवको पहलमा ओबराय नेपाल आएका हुन्।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment