फ्रान्सेली फरवार्ड करिम बेन्जेमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । बेन्जेमाले फिफा विश्वकप कतार २०२२ मा आफ्नो टोली अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा ४–२ ले नाटकीय रुपमा पराजित भएको एक दिनपछि सन्यासको घोषणा गरेका हुन् ।
बेन्जेमाले आफ्नो ३५औं जन्मदिनकै अवसरमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । बेन्जेमा फिफा विश्वकपमा फ्रान्सको टोलीमा रहेपनि तिघ्रामा बोकेका चोटका कारण विश्वकप अघि नै टोलीबाट बाहिरिदै विश्वकप गुमाउन पुगेका थिए ब्ल्याकमेलिङ काण्डमा फसेपछि उनी २०१६ देखि २०२१ सम्म अर्थात झन्डै ५ वर्ष प्रतिबन्धित भएको थियो ।
बेन्जेमा फ्रान्सका लागि ९७ क्याप जित्दा ३७ अन्तर्राष्ट्रिय गोलसहित फ्रान्सको सर्वकालीन गोलकर्ताको सूचीमा पाँचौं स्थानमा रहेका छन् ।‘मैले प्रयास र गल्तीहरू गरे जुन आज म यो स्थानमा छु र मलाई गर्व छ ।’ बेन्जेमाले ट्वीट गरे, ‘मैले मेरो कथा लेखेको छु र हाम्रो अन्त्य हुँदैछ ।’
बेन्जेमाले सन् २००६ मा फ्रान्सको टोलीमा स्थान बनाएका थिए । उनी युरो २००८ र २०१० को विश्वकप टोलीमा थिए । तर, फ्रान्स समूह चरणबाट बाहिरिएको थियो ।स्पेनिस क्लब रियल म्याड्रिडका स्टार २०१० को विश्वकपबाट विवादास्पद रूपमा बाहिरिए तर चाँडै नै नयाँ प्रबन्धक लरेन्ट ब्लान्को नेतृत्वमा टोलीमा पूनरागमन गरेका थिए ।
फ्रान्स यूरो २०१२ र २०१४ को विवकपमा क्वाटरफाइनलबाट बाहिरिदा पनि उनी टोलीका सदस्य थिए ।सन् २०१५ मा, बेन्जेमालाई फ्रान्सका टोली साथी म्याथ्यु भाल्बुएनालाई मोबाइल फोनमा सेक्स टेपको कथित रेकर्डिङमा ब्ल्याकमेल गरेको आरोपमा पक्राउ गरिएको थियो ।
युरो २०१६ मा उनलाई छनोट नगरेपछि उनले फ्रान्सेली फुटबल महासंघ र प्रशिक्षक डिडियर डेसच्याम्प्समाथि प्रहार गरेका थिए । जहाँ फ्रान्स फाइनलमा अतिरिक्त समयमा पोर्चुगलसँग १–० पराजित भएको थियो ।बेन्जेमा पाँच वर्षपछि गत वर्षको युरो २०२० मा फर्किएका थिए, जहाँ उनले फ्रान्सलाई पेनाल्टीमा स्विट्जरल्याण्डबाट आउट गर्नुअघि ४ खेलमा ४ गोल गरेका थिए ।
त्यसपछि, उनले फ्रान्ससँग नेसन्स लिग जिते र उनीहरूलाई २०२२ को विश्वकपका लागि सजिलैसँग क्वालिफाई गर्न मद्दत गरे ।३५ वर्षिय बेन्जेमाले नेसन्स लिगको दोस्रो लेगमा डेनमार्कविरुद्ध गत जुनमा खेलेको खेल नै अन्तिम बनेको छ । त्यसपछि उनी फ्रान्सको विश्वकप टोलीमा समावेश भएपनि चोटबाट खेल्नै नपाई बाहिरिएका थिए ।
Leave A Comment