पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोकी बिहिनी काटिया एवेइरोले कतारमा सम्पन्न विश्वकप अहिलेसम्मकै खराब भएको बताएकी छन्। एवेइरोले आइतबार राति अर्जेन्टिना र फ्रान्सबीचको फाइनल खेल हेरिन्। क्रिस्टियानो रोनाल्डोको अधिकांस समर्थकहरु लियोनल मेस्सी र अर्जेन्टिनाले उपाधि जितेको हेर्न चाहँदैनथे।
तर पेनाल्टी सुटआउटमा अर्जेन्टिनाले उनीहरुले नचाहेजस्तै इतिहाँस रच्यो। फाइनलमा फ्रान्सलाई ४–२ ले पराजित गरेको थियो। निर्धारित समयमा २–२ भएको खेल अतिरिक्त समयमा ३–३ मा सकिएको थियो। खेलको सुरुवातमा र अतिरिक्त समयमा पनि अग्रता लिएको अर्जेन्टिनाले जोगाउन नसक्दा खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिनु पर्यो।
‘यो अहिलेसम्मको सबैभन्दा खराब विश्वकप थियो। तर सौभाग्यवस फाइनल भने उत्कृष्ट भयो’, जुन नतिजापछि उनले इन्स्टाग्राममा लेखिन्, ‘कस्तो खेल…बधाइ छ अर्जेन्टिनालाई।’अवेइरोले फ्रान्सका स्टार केलियन एम्बाप्पेको भने तारिफ गरेकी छन्।उनले पोष्ट गरेको फोटोमा लियोनल मेस्सी पनि छन्। तर मेस्सीको बारेमा भने केही उल्लेख गरेकी छैनन्।
‘यी बच्चा असाधारण छन्’, उनले एम्बाप्पे बारे भनेकी छन्, ‘अविस्वासनीय उज्ज्वल भविश्यले तिमिलाई पर्खिरहेको छ।’फाइनलमा ह्याट्रिक गरेका एम्बाप्पेले गोल्डेन बुट जितेका थिए। उनले मेस्सीभन्दा १ गोल बढी ८ गोल गरे। ७ गोल गरेका मेस्सी भने अर्जेन्टिनालाई उपाधि दिलाएसँगै उत्कृष्ट खेलाडी बने।
रोनाल्डोका लागि भने जारी विश्वकप तनावपुर्ण रुपमा बित्यो। प्रशिक्षक र सहकर्मीसँगको खराब सम्बन्धका कारण उनले टोलीमा पर्नै संघर्ष गर्नु पर्यो। केही खेलमा उनलाई प्रशिक्षकले बेन्चमा थन्काए र अन्तिम समयमा मात्रै मौका दिए। ३७ वर्षीय रोनाल्डोको अन्तिम विश्वकपमा पोर्चुगल क्वार्टरफाइनलबाटै बाहिरियो।
यो पनि -फिफा विश्वकप कतार २०२२ का गोल्डेन बुट विजेता फ्रान्सेली फरवार्ड किलियन एमबाप्पेले फाइनलमा पराजित भएपछि सामाजिक संजालमा आफ्नो भनाइ राखेका छन् ।आइतबार लुसेल रंगशालामा सम्पन्न फाइनलमा एमबाप्पेको उत्कृष्ट प्रदर्शनका बाबजुद फ्रान्स फाइनलमा पराजित भएको थियो ।
एमबाप्पेले ह्याट्रिक गरेपनि खेल अर्जेन्टिनाले टाइब्रेकरमा जितेको थियो । एक समय अर्जेन्टिनाले सहजै फाइनल जित्ने देखिएपनि एमबाप्पेले सानदार प्रदर्शनका साथ फ्रान्सलाई खेलमा फर्काए ।एमबाप्पेले प्रतियोगिताको गोल्डेन बुट पनि जितेका थिए । तर खेलपछि पुरस्कार वितरण समारोहमा उनी निकै निराश देखिएका थिए ।
उनले इन्स्टाग्राममा गोल्डेन बुट बोकेर विश्वकप उपाधि पार गरेको क्षणको तस्वीर राख्दै लेखेका छन्, ‘हामी फर्कनेछौं’ ।फाइनलमा ह्याट्रिकका साथ फ्रान्सलाई खेलमा फर्काएपनि एमबाप्पे लगातार दोस्रो पटक विश्वकप जित्न भने असफल रहे । उनले प्रतियोगितामा ७ खेल खेल्दै ८ गोल गरे ।
उनको नाममा दुई असिस्ट पनि रहयो । यससँगै एमबाप्पेको गोलसंख्या १२ गोल पुगेको छ ।सर्वाधिक गोलकर्ताको दोस्रो स्थानमा लिओनेल मेस्सी रहे । उनले ७ खेलमा ७ गोल गरे । मेस्सीले ३ असिस्ट पनि दिएका थिए ।
Leave A Comment