कतारमा सम्पन्न २२ औं संस्करणको विश्वकप उपविजेता फ्रान्सको टोलीलाई पेरिसमा भब्य स्वागत गरिएको छ। हजारौं समर्थक सोमबार साँझ पेरिसमा जम्मा भएर आफ्ना खेलाडीहरूले स्वागत गरेका हुन्।विश्वकपको फाइनलमा फ्रान्स अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा पराजित भएको हो।
प्रशिक्षक डेसच्याम्प्स र उनको टोलीले कतार विश्वकप गुमाए पनि उत्कृष्ट प्रदर्शन गरेको भन्दै घर फर्किएसँगै पेरिसमा आफ्ना देशवासीहरूले न्यानो स्वागत गरेका हुन्। हारको बावजुद, करिब ५० हजार समर्थक राजधानीको प्लेस डे ला कन्कोर्डमा जम्मा भएर खेलाडीहरूलाई स्वागत गरेका थिए।
समर्थन गर्न बाहिर आएका हजारौंको खेलाडीहरूले बाल्कोनीबाट अभिवादन फर्काएका थिए। उता फिफा विश्वकप कतार २०२२ का गोल्डेन बुट विजेता फ्रान्सेली फरवार्ड किलियन एमबाप्पेले फाइनलमा पराजित भएपछि सामाजिक संजालमा आफ्नो भनाइ राखेका छन् ।
आइतबार लुसेल रंगशालामा सम्पन्न फाइनलमा एमबाप्पेको उत्कृष्ट प्रदर्शनका बाबजुद फ्रान्स फाइनलमा पराजित भएको थियो । एमबाप्पेले ह्याट्रिक गरेपनि खेल अर्जेन्टिनाले टाइब्रेकरमा जितेको थियो । एक समय अर्जेन्टिनाले सहजै फाइनल जित्ने देखिएपनि एमबाप्पेले सानदार प्रदर्शनका साथ फ्रान्सलाई खेलमा फर्काए ।
एमबाप्पेले प्रतियोगिताको गोल्डेन बुट पनि जितेका थिए । तर खेलपछि पुरस्कार वितरण समारोहमा उनी निकै निराश देखिएका थिए । उनले इन्स्टाग्राममा गोल्डेन बुट बोकेर विश्वकप उपाधि पार गरेको क्षणको तस्वीर राख्दै लेखेका छन्, ‘हामी फर्कनेछौं’ ।
फाइनलमा ह्याट्रिकका साथ फ्रान्सलाई खेलमा फर्काएपनि एमबाप्पे लगातार दोस्रो पटक विश्वकप जित्न भने असफल रहे । उनले प्रतियोगितामा ७ खेल खेल्दै ८ गोल गरे । उनको नाममा दुई असिस्ट पनि रहयो । यससँगै एमबाप्पेको गोलसंख्या १२ गोल पुगेको छ ।
सर्वाधिक गोलकर्ताको दोस्रो स्थानमा लिओनेल मेस्सी रहे । उनले ७ खेलमा ७ गोल गरे । मेस्सीले ३ असिस्ट पनि दिएका थिए ।
Leave A Comment