काठमाडौं। अर्जेन्टिनाले विश्ककप फुटबलको उपाधि जितेको विषयमा अझै संसारभर बहस गर्ने र खुसी मनाउने क्रम चलेकै छ । लियोनल मेस्सीले विश्वकप उपाधि जित्दा संसारभर मूख्य समाचार बनेको छ । मेस्सी र अर्जेन्टिनाका समर्थकले संसारभर खुसी मनाएका छन् ।
जितको कामना गर्दै समर्थकले विभिन्न हर्कत गरेका थिए । नेपालमा पनि अर्जेन्टिना र मेस्सीका समर्थक निकै धेरै छन् ।अर्जेन्टिनाले विश्वकपको उपाधि जितेपछि अर्जेन्टिनाको राष्ट्रिय टिमको अफिसियल ट्विटर ह्यान्डलबाट विभिन्न देशका समर्थकलाई धन्यवाद र बधाई दिइएको छ । तर उक्त ह्यान्डलले नेपाललाई भने सम्झिएको छैन ।
अर्जेन्टिनाले विश्वकप जितेपछि उक्त ह्यान्डलबाट संसारभर हर्षोल्लास मनाएको बताएको थियो । त्यसको रिप्लाईमा भारत,बंगलादेश र पाकिस्तानका समर्थकले आफ्नो देशमा खुसी मनाएका भिडियो राखेका थिए । ति भिडियोको रिट्विट गर्दै टिम अर्जेन्टिनाले धन्यवाद दिएको हो ।
उता फिफा विश्वकप फुटबल जितेर राष्ट्रिय टोली देश फर्किएपछि अर्जेन्टिनाको सरकारले राष्ट्रिय बिदाको घोषणा गरेको छ । गत राति अर्जेन्टिनी सरकारले विश्वकप उपाधिको खुसी मनाउनका लागि आज (मंगलबार) देशमा राष्ट्रिय बिदाको घोषणा गरेको हो ।
अर्जेन्टिनाको राष्ट्रिय टिमले ३६ वर्षपछि विश्वकपको उपाधि जितेपछि त्यसको खुसी मनाउन मंगलबार सार्वजनिक बिदाको घोषणा गरिएको छ। ब्युनस आयर्स र देशका विभिन्न ठाँउमा जम्मा भएर खुसीयाली मनाउन पनि सरकारले आग्रह गरेको छ।त्यसकै लागि सरकारले मंगलबार राष्ट्रिय बिदाको घोषणा गरेको हो।
उसले यो देशका लागि सर्वाधिक खुसीको क्षण भएको भन्दै अर्जेन्टिनाले सबैलाई खुसी मनाउनका लागि स्वतन्त्र तरिकाले फुर्सद मिलोस् भन्नका लागि राष्ट्रिय बिदाको घोषणा गरिएको जनाएको छ।अर्जेन्टिनी टोली कतारबाट च्याम्पियन बनेर उपाकिा साथ गत साँझमै अर्जेन्टिना फर्किसकेको छ ।
आज मंगलबार साँझबाट देशैभरि विश्वकप उपाधिको सेलिब्रेसन गर्न आह्वान गर्दै सरकारले एक दिनका लागि राष्ट्रिय उत्सवका रूपमा मनाउने निर्णय गरेको हो ।विश्वकपको फाइनलमा अर्जेन्टिनाले साबिक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गरेर उपाधि जितेको थियो ।
निर्धारित समयको खेल ३–३ मा सकिएपछि खेल पेनाल्टी सुटउआटसम्म पुगेको थियो । अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप उपाधि जितेको थियो । उसले अन्तिमपटक सन् १९८६ मा डिएगो म्याराडोनाको पालामा अन्तिमपटक विश्वकप जितेको थियो । सो उपाधि जितेपछि अर्जेन्टिनालाई फेरि विश्वकप जित्न ३६ वर्ष पर्खिनुपर्यो ।
अर्जेन्टिनाको राष्ट्रिय जर्सीमा अब तेस्रो तारा थपिनेछ । अर्जेन्टिनाले तेस्रोपटक विश्वकप जितेको हो । फाइनलअघि फ्रान्स र अर्जेन्टिना दुवैका नाममा समान २–२ विश्वकप उपाधि थिए । फ्रान्सलाई हराएपछि अब अर्जेन्टिना तीनपटक विश्वकप जित्ने राष्ट्र बनेको छ ।
सर्वाधिक जित्ने ब्राजिलले ५ पटक र जर्मनीले जम्मा ४ पटक पनि विश्वकप जितेको छ । अर्जेन्टिनाले यसपटक विश्वकप जित्नुअघि सन् २०१४ को ब्राजिल विश्वकपमा पनि फाइनलमा जर्मनीसँग १–० ले पराजित भएको थियो ।
Leave A Comment