विश्वकप जितेर स्वदेश फर्किएको अर्जेन्टिनी टिम गम्भीर दुर्घटनाबाट जोगिएको छ। फ्रान्सलाई हराइ विश्वकप ट्रफी जितेर स्वदेश फर्किएको टिम ‘ओपन टप बस’ को माथि बसेर समर्थकहरूको स्वागतमा ट्रफी प्रदर्शन गरिरहँदा बाटाेमा रहेको ‘ओभरहेड पावर केवल’ मा झन्डै ठोकिन पुगेका थिए।
सार्वजनिक भएको भिडियोमा उनीहरूले अन्तिम केही सेकेन्ड निहुरिएर सम्भावित दुर्घटना टारेका थिए। टप बसमा मेसीसहित फर्वाड एञ्जल डी मारिया, ल्यान्डो पारेडिस लगायत रहेका थिए। अर्जेन्टिना टिम स्थानीय समयअनुसार बिहान ४ बजेनै एयरपोर्टबाट समर्थकसहितको यात्रामा निस्किएका थिए।
यो पनि – आज फ्रान्सका युवा स्टार केलियन एमबाप्पेको जन्मदिन हो । कतारमा सम्पन्न विश्वकप फुटबलमा साबिक विजेता फ्रान्सलाई पराजित गरेर उपाधि जितेपछि अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले फ्रान्सका युवा स्टार केलियन एमबाप्पेको मजाक उडाएका छन् ।
‘टिवाईसी स्पोर्ट्स’सँग कुरा गर्दै मार्टिनेजले एमबाप्पे अहिले ‘केटाकेटी’ नै रहेको र ‘फुटबलबारे केही पनि नबुझेको’ भन्दै घोचपेच गरेका छन् । एक वर्षअघि एमबाप्पेले गरेको एक टिप्पणीको जवाफ दिँदै मार्टिनेजले एमबाप्पेको मजाक उडाउन भ्याए ।विश्व कपको फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदा मार्टिनेजले एक पेनाल्टी बचाउ गरेका थिए ।
त्यसअघि निर्धारित समयमा भने एमबाप्पेले मार्टिनेजविरुद्ध ह्याट्रिक गोल गरेका थिए, जसमा २ गोल पेनाल्टी थिए भने एक शानदार ओपन गोल थियो । फाइनलमा जिते पनि मार्टिनेजको ह्याट्रिक गोल खाएका अर्जेन्टिनी गोलकिपर मार्टिनेजले खेलपछि जितको खुसी मनाउने क्रममा एमबाप्पेलाई ‘बच्चा’ भनेर जिस्काए ।
जबकि, अर्जेन्टिनाले यसपटक विश्वकप जित्नुअघि नै उनले १९ वर्षकै उमेरमा विश्वकप जितिसकेका थिए । आजबाट २४ वर्ष लागेका एमबाप्पेले हालसम्म २२२ गोल र १११ असिस्ट गरिसकेका छन् । यस्तो खेलाडीलाई मार्टिनेजले फुटबलबारे केही पनि नबुझेको ‘बच्चो’ भन्न भ्याए ।
एक वर्षअघि एमबाप्पेले एक अन्तर्वार्तामा कुरा गर्दै ‘दक्षिण अमेरिकी फुटबल युरोपियन फुटबलको स्तरमा पुगिनसकेको’ टिप्पणी गरेका थिए । एमबाप्पेले यसो भनेयता अर्जेन्टिनाले ब्राजिललाई हराएर कोपा अमेरिका जित्यो भने युरो कप जितेको इटालीलाई हराएर मैत्रीपूर्ण उपाधि जित्यो ।
यसपटक कतारमा विश्वकपको साबिक विजेता फ्रान्स त्यो पनि एमबाप्पेकै टिमलाई पराजित गरेर विश्वकप जितेपछि मार्टिनेजले एमबाप्पेलाई खुइल्याउन के बाँकी राख्थे । विश्वविजेता बनेपछि मार्टिनेजले एमबाप्पेलाई खुइल्याउन केही बाँकी राखेनन् ।‘केलियन एमबाप्पे ? उनी बच्चै छन् ।
खासमा उनलाई फुटबलबारे केही पनि थाहा छैन । एक वर्षअघि उनले दक्षिण अमेरिकी फुटबलबारे जे बोलेका थिए, त्यो हामीले भुलेका थिएनौं । आज हामी उनीहरूलाई जसरी पनि हराएर फुटबलको राजा को भनेर देखाउन चाहन्थ्यौं । कोही बच्चालाई म धेरै नबोल्न र फुटबल सिक्न अनुरोध गर्छु,’
मार्टिनेजले तिखो व्यंग्य कस्दै भने, ‘आज म केही मानिस हारको पीडाले रोएको हेर्न चाहन्थें । किनभने, उनीहरूले हामीलाई अपमान गरेका थिए ।’एमबाप्पेको ह्याट्रिक गोल खाएको विषयमा विषयमा प्रश्न सोध्दा मार्टिनेजले त्यो ह्याट्रिकलाई कसैले नसम्झिने र आफूले पनि बिर्सिसकेको भन्दै मजाक गरे ।
‘के उनले आज मविरुद्ध ३ गोल गरे ? मलाई थाहा छैन । मैले त बिर्सिसकें । उनका यी गोललाई कसैले याद गर्दैनन् । याद गर्छन् त केवल हाम्रो जित र उत्सवलाई याद गर्छन्,’ मार्टिनेजले भने, ‘म केटाकेटीलाई याद गरेर बस्दिनँ पनि ।’
Leave A Comment