काठमाडौं । अर्जेटिनी फुटबल टीमको फ्यान पेजले आफ्नो आधिकारिक ट्वीटर पेजबाट एउटा भिडिओ रिट्वीट गर्यो । बङ्गलादेशका जनताले अर्जेन्टिनाको जितमा खुसीयाली मनाइरहेको दृश्य सो भिडिओमा कैद थियो ।उक्त पेजले भिडिओ सेयर गर्दै बङ्गलादेशी समर्थकलाई धन्यवाद दिएको छ ।
उक्त ट्वीटरमा भारत, पाकिस्तान र भारतकै एउटा राज्य केरलालाई पनि सम्बोधन गरिएको छ ।‘धन्यवाद बङ्गलादेश । धन्यवाद केरला, भारत, पाकिस्तान । तपाईँहरूको समर्थन गज्जबको थियो ।’ टिमले भनेको छ ।तर, यसरी भारतको एउटा राज्यसम्मलाई धन्यवाद दिँदा नेपाललाई सम्बोधन गरिएन ।
जबकि नेपालमा अर्जेन्टिना र लियोनल मेस्सीका लागि निकै ठूलो समर्थन थियो । विश्वकप फाइनलमा अनुमानित ७५ प्रतिशतभन्दा बढीले अर्जेन्टिनाको समर्थन गरेका थिए ।तर, आफूहरूलाई नसम्झिएको भन्दै नेपाली फ्यान अहिले रुष्ट बनेका छन् ।उक्त ट्वीटमा नेपालमा अर्जेन्टिनाको जितको खुसी मनाइएको भिडिओ पनि उनीहरूले पोस्ट गरेका छन् ।
केरला भारतकै राज्य हो । टिमको ट्विटमा भारत उल्लेख भइसकेपछि केरलालाई किन छुट्टै धन्यवाद दिइयो भन्ने पनि कौतुहल छ ।भारतमा फुटबल पहिलो प्राथमिकताको खेल होइन । भारतका अधिकांश स्थानहरूमा क्रिकेट सर्वाधिक लोकप्रिय छ । फुटबल लाई भारत सरकारले पनि उति प्राथमिकता दिँदैन । तर, केरला भने फुटबल प्रेमीहरूको राज्य हो ।
अरू राज्यभन्दा भिन्न यहाँ क्रिकेटभन्दा फुटबल लोकप्रिय छ । सबैभन्दा बढी लियोनल मेस्सीकै समर्थक छन् । त्यसैले अर्जेन्टिनाको जितपछि यहाँ निकै ठूलो उत्सव मनाइएको थियो । यसबारे जानकार भएर नै टिमले केरलालाई छुट्टै धन्यवाद दिएको बुझिन्छ ।
यो पनि – मोरक्कोका खेलाडी हाकिम जियसले विश्वकप खेलेबापत् आएको सम्पूर्ण रकम राष्ट्रलाई नै दिएका छन्। गरिब जनताहरूको जीवनस्तर सुधार गर्न उनले सम्पूर्ण रकम दान गरेका हुन्। हाकिमले २ लाख ७७ हजार ५ सय ७५ डलर राष्ट्रलाई दिएका हुन्।
मोरक्कोबाट आफूले पैसा लागि खेल नखेलेको उनको प्रतिक्रिया छ।‘मैले दिलैबाट राष्ट्रका लागि खेलेको हुँ। मेरो सहभागिता पैसाका लागि थिएन,’ उनले भनेका छन्। २९ वर्षीय हाकिम इंग्ल्याण्डको चेल्सी क्लबबाट व्यावसायिक फुटबल खेल्छन्। राष्ट्रिय टोलीबाट उनले सन् २०१५ देखि फुटबल खेल्दै आएका छन्।
सन् २०२२ को विश्वकपमा मोरक्कोको सेमिफाइनल खेल्ने पहिलो अफ्रिकन राष्ट्र बन्यो। फ्रान्ससँग २-० ले स्तब्ध भएपछि मोरक्को फाइनलमा पुग्न सकेन। तेस्रो स्थानका लागि क्रोएसियासँग भएको खेलमा पनि पराजित भएपछि मोरक्को यसपालि विश्वकपमा चौथो बन्न पुगेको छ।
यो पनि – आज फ्रान्सका युवा स्टार केलियन एमबाप्पेको जन्मदिन हो । कतारमा सम्पन्न विश्वकप फुटबलमा साबिक विजेता फ्रान्सलाई पराजित गरेर उपाधि जितेपछि अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले फ्रान्सका युवा स्टार केलियन एमबाप्पेको मजाक उडाएका छन् ।
‘टिवाईसी स्पोर्ट्स’सँग कुरा गर्दै मार्टिनेजले एमबाप्पे अहिले ‘केटाकेटी’ नै रहेको र ‘फुटबलबारे केही पनि नबुझेको’ भन्दै घोचपेच गरेका छन् । एक वर्षअघि एमबाप्पेले गरेको एक टिप्पणीको जवाफ दिँदै मार्टिनेजले एमबाप्पेको मजाक उडाउन भ्याए ।विश्व कपको फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदा मार्टिनेजले एक पेनाल्टी बचाउ गरेका थिए ।
त्यसअघि निर्धारित समयमा भने एमबाप्पेले मार्टिनेजविरुद्ध ह्याट्रिक गोल गरेका थिए, जसमा २ गोल पेनाल्टी थिए भने एक शानदार ओपन गोल थियो । फाइनलमा जिते पनि मार्टिनेजको ह्याट्रिक गोल खाएका अर्जेन्टिनी गोलकिपर मार्टिनेजले खेलपछि जितको खुसी मनाउने क्रममा एमबाप्पेलाई ‘बच्चा’ भनेर जिस्काए ।
जबकि, अर्जेन्टिनाले यसपटक विश्वकप जित्नुअघि नै उनले १९ वर्षकै उमेरमा विश्वकप जितिसकेका थिए । आजबाट २४ वर्ष लागेका एमबाप्पेले हालसम्म २२२ गोल र १११ असिस्ट गरिसकेका छन् । यस्तो खेलाडीलाई मार्टिनेजले फुटबलबारे केही पनि नबुझेको ‘बच्चो’ भन्न भ्याए ।
एक वर्षअघि एमबाप्पेले एक अन्तर्वार्तामा कुरा गर्दै ‘दक्षिण अमेरिकी फुटबल युरोपियन फुटबलको स्तरमा पुगिनसकेको’ टिप्पणी गरेका थिए । एमबाप्पेले यसो भनेयता अर्जेन्टिनाले ब्राजिललाई हराएर कोपा अमेरिका जित्यो भने युरो कप जितेको इटालीलाई हराएर मैत्रीपूर्ण उपाधि जित्यो ।
यसपटक कतारमा विश्वकपको साबिक विजेता फ्रान्स त्यो पनि एमबाप्पेकै टिमलाई पराजित गरेर विश्वकप जितेपछि मार्टिनेजले एमबाप्पेलाई खुइल्याउन के बाँकी राख्थे । विश्वविजेता बनेपछि मार्टिनेजले एमबाप्पेलाई खुइल्याउन केही बाँकी राखेनन् ।‘केलियन एमबाप्पे ? उनी बच्चै छन् ।
खासमा उनलाई फुटबलबारे केही पनि थाहा छैन । एक वर्षअघि उनले दक्षिण अमेरिकी फुटबलबारे जे बोलेका थिए, त्यो हामीले भुलेका थिएनौं । आज हामी उनीहरूलाई जसरी पनि हराएर फुटबलको राजा को भनेर देखाउन चाहन्थ्यौं । कोही बच्चालाई म धेरै नबोल्न र फुटबल सिक्न अनुरोध गर्छु,’
मार्टिनेजले तिखो व्यंग्य कस्दै भने, ‘आज म केही मानिस हारको पीडाले रोएको हेर्न चाहन्थें । किनभने, उनीहरूले हामीलाई अपमान गरेका थिए ।’एमबाप्पेको ह्याट्रिक गोल खाएको विषयमा विषयमा प्रश्न सोध्दा मार्टिनेजले त्यो ह्याट्रिकलाई कसैले नसम्झिने र आफूले पनि बिर्सिसकेको भन्दै मजाक गरे ।
‘के उनले आज मविरुद्ध ३ गोल गरे ? मलाई थाहा छैन । मैले त बिर्सिसकें । उनका यी गोललाई कसैले याद गर्दैनन् । याद गर्छन् त केवल हाम्रो जित र उत्सवलाई याद गर्छन्,’ मार्टिनेजले भने, ‘म केटाकेटीलाई याद गरेर बस्दिनँ पनि ।’
Leave A Comment