Latest
img

सहिदका छोरा हटाएर प्रचण्डका कान्छा ज्वाइँ प्रदेश सभा सदस्यमा सिफारिस

मोरङ

क्षेत्र नम्बर ६ को ‘क’ बाट प्रदेश सभा सदस्यको उम्मेदवारका लागि प्रचण्डका कान्छा ज्वाइँसहित ३ जनाको नाम सिफारिस भएको छ ।

प्रदेशसभाको प्रत्यक्षतर्फका उम्मेदवारमा आचार्यसँगै प्रेस सेन्टर प्रदेश १ अध्यक्ष प्रभात घिमिरे र माओवादी केन्द्र

सुन्दरहरैंचा नगर कमिटी अध्यक्ष दुश्यन्त भट्टराईको नाम सिफारिस भएको हो । बुधबार बसेको माओवादी केन्द्रको क्षेत्रीय कमिटीले उक्त सिफारिस गरेको हो ।

आचार्य माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कान्छा ज्वाइँ तथा प्रचण्डकै स्वकीय सचिव गंगा दाहालका श्रीमान हुन् ।

२०७४ को चुनावमा उनी वाम गठबन्धनबाट उम्मेदवार भएका थिए । घिमिरे र भट्टराई माओवादी जनयुद्ध लडेका पूर्व लडाकु हुन् ।

तर प्रचण्डका कान्छी छोरी गंगाका श्रीमान आचार्यले नै टिकट पाउने नेताहरू बताउँछन् । प्रदेशसभाका लागि जनयुद्धका सहिद सन्तति प्रमोद पौडेल पनि दाबेदार थिए।

तर पौडेललाई उम्मेदवार सिफारिस मै पाखा लगाईएको छ । २०७४ मा प्रचण्डले दबाब दिएपछिआचार्यलाई बाम गठबन्धनले उम्मेदवार बनाएको थियो ।

आचार्य कांग्रेसका चुमनारायण तबदारसँग सर्मनाक रुपमा पराजित भएका थिए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment