काठमाडौं:
सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनको मिति तोकेको छ ।
देउवालाई परमादेशबाट प्रधानमन्त्री बनाउन एक जुट भएका दलहरु आगामी निर्वाचनमा पनि गठबन्धननै गरेर जाने र
एमाले हराउने दाउमा छन् तर उनीहरुको दाउमा घाउ लाग्ने अवस्था देखिएको छ । एकातिर गठबन्धन भित्रै सिटको बाँडफाँड निकैनै पेचिलो देखिएको छ ।
जम्मा १६५ सिट भएको प्रत्यक्ष तर्फको निर्वाचनमा गठबन्धनका दलहरुको दाबी २५० सिट भन्दा बढि देखिएको छ । गठबन्धननको आन्तरिक हिसाब किताब नमिलेर
गठबन्धननै भत्कन सक्ने सम्मको सम्भावना देखिएका बेला सत्तारुढ दल नेपाली काग्रेस भित्रको आन्तरिक किचलो पनि तिब्र गतिमा बढिरहेको छ ।
प्रधानमन्त्री तथा नेपाली काग्रेसका सभापती शेरबहादुर देउवा अधिकतम लचकता अपनाएर भए पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डलाई खुशी बनाएर धेरै सिट
दिने पक्षमा देखिएका छन् भने देउवाको प्रचण्ड मोहको साइड इफेक्ट १४ आँै महाधिवेशनमा ४० प्रतिशत भोट क्याप्चर गरेको शेखर कोइराला पक्ष देउवासँग विच्किएको छ ।
गबठन्धनमा भागबण्डाको सकस परिरहेका बेला काग्रेस नेता शेखर कोइरालाले एमाले अध्यक्ष केपी ओलीसँग डेढ घण्टा लामो गोप्य कुराकानी गरेका छन् ।
ओली र कोइराला विचको गोप्य कुराकानी दुवै पक्षले गोप्य राख्न खोजे पनि बाहिरिएको छ । दुई नेताविचको कुराकानी बाहिरिए पछि देउवा प्रचण्डहरुको भने ढुकढुकी बढ्ने अवस्था देखिएको छ ।
ओली गृहजिल्ला झापा जानुअघि कांग्रेसभित्रको प्रतिपक्षी समूहका नेता कोइरालासँग डेढ घण्टाभन्दा बढी छलफल भएको कोइरालानिकट स्रोतले जनाएको छ ।
भेटमा समग्र विषयहरुमा खुलेर कुराकानी भएको बताइएको छ । भेटमा भएका कुराकानीको विस्तृत कुराकानीनै बाहिर आएको छ ।
ओलीसँगको भेटबारे कोइरालाले औपचारिक प्रतिक्रिया दिन मानेनन् । बालकोट स्रोतका अनुसार समसामयिक विषयमै दुई नेताबीच छलफल भएको हो ।
ओलीले गठबन्धनका नाममा प्रचण्ड(माधवको घाँडो नभिर्न कांग्रेस नेताहरूलाई सुझाव दिँदै आएका छन् । केही दिनअघि कांग्रेसका अर्का नेता डा ।
मिनेन्द्र रिजालले पनि बालकोट पुगेर ओलीसँग छलफल गरेका थिए । त्यसलगत्तै ओलीसहितका नेताले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए ।
कांग्रेसका एक नेताले भने, ‘ओलीजीले माधव नेपालको केही अर्थ छैन, प्रचण्डले कांग्रेसले सीट नदिए एमालेसँग मिल्छु भनेर तपाईँहरूलाई त्रासमा राखेका छन्
तर ढुक्क हुनुस् कुनै हालतमा एमालेले यो चुनावमा माओवादी बोक्दैन त्यसैले एक्ला(एक्लै प्रतिस्पर्धा गरौं भनेर हाम्रा नेताहरूसँग भन्नुभएको छ ।
तर, कम्युनिष्टको भर छैन भनेर शेरबहादुर दाइ डराइरहनुभएको छ ।’ सीट बाँडफाँटमा एक सय निर्वाचन क्षेत्र नछाड्न बुधबारको बैठकमा पनि शेखर कोइराला पक्षले दबाब दिएको थियो ।
कोइराला पक्ष सीट बाँडफाँटदेखि टिकट वितरणसम्म देउवाले एकलौटी गर्ने त्रासमा छ । ओलीसँगको कोइरालाको भेटलाई पनि अर्थपूर्ण रूपमा लिन सकिने नेताहरू बताउँछन् ।
क्षेत्र बाँडफाँटदेखि टिकट वितरणमा समेत पाखा पारिने कांग्रेसका प्रभावशाली नेताहरूले एमालेसँग मिलेर चुनाव लड्नसक्ने चर्चा भइरहेका बेला ओली र शेखरको भेट भएको हो ।
कतिपय कांग्रेस नेताहरू ओलीलगायत एमाले नेताहरूसँग नियमित सम्पर्कमा छन् । देउवा र प्रचण्डबाट टिकट खोसिने कांग्रेस नेताहरुलाई एमालेले साथ दिने आश्वासन समेत प्राप्त भएको शेखरनिकट एक प्रभावशाली युवा नेताले बताए ।
पछिल्लो समय गोरखाकै उदाहरण दिने हो भने बाबुरामसमेत गठबन्धनको हिस्सा भएपछि कांग्रेसले प्रतिनिधिसभाका दुवै सीट नपाउने देखिन्छ ।
राजेन्द्र बजगाईँलगायतका नेताहरू केपी ओलीको सम्पर्कमा पुगेको स्रोतले जनाएको छ । कांग्रेसका ती नेताले भने, ‘सीट बाँडफाँट गर्दै देउवा इतर समूहका प्रभावशाली नेताका क्षेत्र माओवादी,समाजवादी र जसपालाई दिने षड्यन्त्र भइरहेको छ ।
टिकट वितरणमा पनि अन्याय भएपछि कांग्रेसमा ठूलो विद्रोह हुन्छ र त्यो विद्रोही समूहले केपी ओलीको साथ खोज्न सक्छ । उसैपनि गोविन्दराज जोशी र कर्ण मल्लहरूले ओलीको साथ पाइसकेका छन् भने यो संख्या बढ्ने त हो नि ।’
Leave A Comment