निकै चासोका साथ हेरिएको नेपाली काग्रेसको संसदीय दलको निर्वाचन केहि बेर अघि सुरु भएको छ । विवाद भए पछि निर्धारित समयमा मतदान सुरु हुन सकेन । पार्टी सभापती शेरबहादुर देउवा र महामन्त्री गगन थापा विचको प्रतिष्पर्धा निकै रोचक बन्दै गएको छ ।
छैठौँ पटक प्रधानमन्त्री बन्ने महत्वाकांक्षा सहित संसदीय दलको नेतामा प्रतिष्पर्धा गरिरहेका शेरबहादुर देउवाले गगन थापासँग डराएर के सम्मको हर्कत गरेका रहेछन् भन्ने बाहिर आएको छ । उम्मेदवारी दर्ता गरे पछि गगन थापाको पछाडी सिआइडी लगाउने देखी गगन थापाको पक्षमा रहेका सांसदहरुलाई प्रलोभन दिनका लागी देउवाले हद गरेको खुलेको छ ।
राज्य शक्तिको दुरुपयोग गर्दै देउवाले रातभर गगनको पछाडी सिआइइी खटाएका थिए त्यत्ति मात्रै होइन मतदान स्थानमा क्यामेरा लान पाउनु पर्छ भन्दै देउवा पक्षले विवाद झिके पछि मतदान पक्रियानै ढिलो गरि सुरु भएको थियो । देउवालाई भोट हालेको फोटो खिचेर बुझाउनु पर्ने सर्कुलर देउवा पक्षले सांसदहरुलाई गरेको पाइएको छ ।
सरासर हेर्दा देउवाकै पक्षमा धेरै सांसद देखिए पनि उनी किन यत्ति धेरै गगन थापासँग त्रसिद भएका छन् भनेर काग्रेसजनहरुनै चकित भएका छन् । धैरै भन्दा धेरै फ्लोर क्रस भएर आफुले चुनाव हार्नेमा देउवा सशंकित देखिएका छन् । निर्वाचन अघि देखीनै देउवाले अनेक तिकडम गरेको सुचना ओटिभी नेपालले प्राप्त गरेको छ ।
सुरुमा देउवाले गोप्य मतदान नगरी हात उठाएर कसको पक्षमा को ? भनेर छिनोफानो गर्ने प्रस्ताव गरेका थिए । गोप्य मतदान हुँदा हारिने डरले हात उठाएर नेता छनोट गर्ने प्रस्ताव देउवाले गरेका थिए त्यसमा शेखर गगन पक्षले कडा आपत्ती जनाए पछि देउवा व्याक भएका थिए । हात उठाएर नेता छान्ने चाल असफल भए पछि देउवाले फेरी अर्को आइडिया लगाएका थिए ।
देउवाले गगनको छुट्टै र आफ्नो छुट्टै मतदान बाकस राख्न प्रस्ताव गरेको खुलेको छ । यो खेलमा पनि उनी असफल भएका छन्। सबै खेलहरुमा असफल भए पछि भोट हालेको फोटो खिचेर देखाउँनु पर्ने उर्दी देउवा पक्षले सांसदहरुलाई लगाएको थियो यसमा पनि उनीहरु असफल भएका छन् ।
देउवाले सांसदहरुलाई आफ्नो पक्षमा पार्नका लागी मन्त्री देखी संसदीय समितीका सभापती सम्मका पदहरु बाँढेको बताइएको छ । तपाईलाई मन्त्री बनाइदिन्छु भन्दै धेरै जनालाई उधारो मन्त्री देउवाले बाँढेको दाबी गरिएको छ । युवा नेताहरु एक ठाउँमा आए पछि देउवा गुटको निद हराम भएको देखिएको छ ।
श्रीमतीलाई सांसद बनाएर पनि संसदीय दलमा चुनाव होर्ने अवस्था आए पछि देउवा निकै पिरोलिएका छन् । गगन थापाले भने सबै बन्धन तोडेर पनि सांसदहरुले मत दिने विश्वास व्यक्त गरेका छन् । आफ्नो उम्मेदवारी परिवर्तनका लागी भएको भन्दै थापाले जनताको आवाज सुनेर सांसदहरुले मत दिने विश्वास व्यक्त गरेका छन् ।
Leave A Comment