काठमाडौं। सर्वाेच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सांसद पदको शपथ गर्ने बाटो खोलिदिएको छ। उनको नागरिकतामाथि प्रश्न उठाउँदै दायर रिटमाथि बुधबार सुनुवाइ गर्दै संवैधानिक इजलासले अन्तरिम आदेश दिन इन्कार गरेको छ।
जससँगै लामिछानेलाई सांसद पदको शपथ लिन बाटो खुलेको हो। नागरिकतामाथि वैधानिकताको प्रश्न उठाउँदै लामिछानेको सांसद पद खारेजीको माग राखेर अधिवक्ता युवराज पाैडेल र अधिवक्ता रविराज बसाैलाले छुट्टाछुट्टै रिट दायर गरेका थिए। उनीहरुले अन्तरिम आदेश माग गर्दै
लामिछानेको सांसद पद खारेज गर्नुपर्ने जिकिर गरेका थिए। तर, बुधबार कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हा र प्रकाशमान सिंह राउत सम्मिलित संवैधानिक इजलासले अन्तरिम आदेश दिन इन्कार गरेको हो।
सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नागरिकता विवादमा दुबै पक्षलाई छलफलमा बोलाउने आदेश दिएको छ ।रिट निवेदकले यो विवाद अन्त्य नहुँदासम्म शपथमा रोक लगाउन अन्तरिम आदेश माग गरेका थिए । तर संवैधानिक इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको
रिट निवेदकमध्येका एक युवराज सफलले जानकारी दिए ।लामिछानेले अमेरिकी नागरिकता लिएको र पछि उक्त नागरिकता त्याग गरेपछि नेपाली नागरिकता सक्रिय बनाउन सरकारी कार्यालयमा निवेदन नदिएका कारण हाल उनी नेपाली नागरिक नरेको जिकिर रिट निवेदकको छ ।
यो पनि – संसदीय दलको निर्वाचनमा बुधबार भएको निर्वाचनमा पराजयपछि गगन थापाले आफूले अपेक्षा गरे अनुसार मत नपाएको बताएका छन्। आफूले योभन्दा धेरै राम्रो मत पाउने सोचेको उनको भनाइ छ।सिंहदबारमा भएको निर्वाचनपछि उनले भने- ‘म थाक्दिनँ, निराश हुन्नँ।
अरु मेहनत गर्छु। अरु लाग्छु। संसदीय दलको नेता बदलिनुपर्छ भन्ने मेरो अजेन्डाचाहिँ किन थियो, के कारणले थियो भन्नेचाहिँ थप साथीहरुको बीचमा निरन्तर लगिराख्छु।’उनले आफूलाई कुनै बिन्दुमा सुखद परिणाम आउने बताए। ‘कुनै एउटा बिन्दु आउँछ, समय आउँछ,
त्यतिखेर पार्टीभित्रका बहुसंख्यक साथीहरुले महसुस गर्नुहुन्छ, मनन गर्नुहुन्छ। त्यो बेलामा सुखद परिणाम आउँछ भन्ने अपेक्षा पनि गर्ने हो, प्रयत्न गर्ने हो।’बुधबार सम्पन्न संसदीय दलको नेतामा थापाले २५ मत मात्रै पाएका थिए। विजयी भएका शेरबहादुर देउवाले ६४ मत पाएका छन्।
Leave A Comment