Latest
img

आफै फस्ने डरले मिडियामा रोईकराई

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाको नगर प्रहरीमा विवाद देखिएको छ । सई लोकनाथ चुडालले पदबाट राजीनामा दिएपछि नगर प्रहरी बलको आन्तरिक विवाद सतहमा आएको हो ।चुडालले नगर प्रहरीको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै हिजो पदबाट राजीनामा दिनुभएको थियो ।

महानगर प्रहरी प्रमुख एसपी राजु पाण्डेले तल्लो तहका कर्मचारीलाई अपमान गरेको र अनावश्यक दबाब दिएको चुडालको आरोप छ । काठमाण्डौ महानगरले पछिल्लो समय फुटपाथ खाली गराउने, नक्सा विपरीतका संरचना हटाउने, महानगरभित्रका होडिङ्ग बोर्ड तथा साइन बोर्ड व्यवस्थापन गर्नेलगायतका काम गर्दै आएको छ ।

यी काममा नगर प्रहरी बल खटिने गरेको छ । काम गर्दा गर्दै पनि आफ्नो २९ वर्षे सेवाअवधिमा पहिलो पटक नेतृत्वबाट अमानवीय व्यवहार भोगेकोले राजीनामा दिएकाे सई चुडालले गुनासो गर्नुभएको छ । चुडालको राजीनामा महानगर प्रशासनले हिजो नै स्वीकृत गरेको महानगरका सह–प्रवक्ता महेशकुमार काफ्लेले जानकारी दिनुभयो ।

महानगर प्रहरीभित्र मान-अपमानको विषयमा विवाद देखिएको उहाँको भनाई छ ।उता पाण्डेले भने आफै फस्ने डरले मिडियामा रोईकराई गरेको बताएका छन् । काठमाण्डौ नगर प्रहरीमा एक सय ६० भन्दा धेरै स्थायी नगर प्रहरी छन् । त्यस्तै सेक्युरिटी कम्पनीमार्फत एक सय जना अस्थायी नगर प्रहरी रहेका छन् ।

यो पनि -काठमाडौं महानगरपालिकाले १० नम्बर वडाको धोबीखोला किनार क्षेत्र देवीनगरमा अतिक्रमित संरचना हटाउन थालेको छ ।काठमाडौं महानगर प्रहरीका अनुसार देवीनगर क्षेत्रमा सार्वजनिक जग्गामा निर्माण भएको संरचनामा महानगरले डोजर लगाउन लागेको हो ।

महानगर प्रहरीले सार्वजनिक जग्गामा बनेको घर टहरा, मापदण्ड विपरीतको होर्डिङ बोर्ड, नक्साविपरीतको वेसमेन्ट प्रयोग, फुटपाथ व्यवसाय हटाउँदै आएको छ ।काठमाडौंको बानेश्वरस्थित धोबीखोला किनारमा अतिक्रमित संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएपछि त्यस क्षेत्रमा व्यापार व्यवसाय गर्नेको भागाभाग भएको छ ।

महानगरपालिकाको डोजरले अतिक्रमित संरचना भत्काउन थालेपछि टहरामा व्यापार गर्दै आएकाहरुले धमाधम सामान सार्न थालेका हुन् । डोजरले आफूले व्यापार गर्दै आएको र बस्दै आएको ठाउँ भत्काउने भएपछि उनीहरुले सामान सार्न थालेका हुन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment