Latest
img

सन्दीप लामिछाने भोलि धरौटीमा छुट्न सक्ने सम्भावना कति ?

एक मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि कारागार चलान गर्ने जिल्ला अदालतको आदेश विरुद्धको पुनरावेदन मुद्दामा बिहीबार पेशी तोकिएको छ। उच्च अदालत पाटनमा सन्दीपका कानुनव्यवसायीले गत मंसीर २९ गते दर्ता गरेका मुद्दामा बिहीबार (७ पुसमा) पेशी तोकिएको हो।

पीडित भनिएकी किशोरीको २ वटा जन्मदर्ताको कागज बोकेर कानुन व्यवसायी उच्च अदालत गएका हुन्। उच्चअदालतमा दिएको निवेदनमा किशोरीको उमेर १८ वर्ष माथि रहेको दाबी गरिएको छ। साथै ज’ बर ज’ स्ती क’ रणी वा सहमतिमै भए पनि केही नगरिएको जिकिर गरिएको छ।

त्यही जन्म दर्ताको प्रमाणले सन्दीपलाई जेलमुक्त पार्न सक्ने सन्दीपका कानुन व्यवसायीको आशा छ। उनको मुद्दा हेरिरहेका कानुन व्यवसायीहरू भने सन्दीपले जे’ लमुक्त, भएर मुद्दा लड्नु पाउनुपर्ने माग राखेका छन्। बिहीबारकै पेशीमा सन्दीप संभवत धरौटीमा छुट्न सक्ने वा जिल्ला अदालतकै आदेश सदर गरेर जेलमै रहने भन्ने आदेश टुङ्गो लाग्न सक्छ।

तर उनी धरौटीमा छुट्न सक्ने सन्दीपका कनुनव्यवसायीको बढी आंकलन गरेका छन्। सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरे भन्छन्, ‘‘हामीले पी’ डित भनिएकी युवतीबारे सम्बन्धित कागजात सम्बन्धित कार्यालयबाट मगाउन माग गरेपछि अदालतले त्यो मगाएको छ।

त्यो कागजात आइसकेकाले कागजातको भरिफाई भइसकेको छ। आशा छ त्यो प्रमाणलगायतका विभिन्न प्रमाणका आधारमा सन्दीप निर्दोष ठहरिनेछन्। उहाँ छुट्ने विश्वास छ।’’ जन्म दर्ताको विषय घटनाको सुरुआतदेखि नै विवादमा रहेपछि थप विषयमा सन्दीप पक्षका कानुन व्यवसायीले मुख खोल्न चाहेका छैनन्।

जिल्ला अदालतकै आदेशमा सन्दीप छुट्ने आश गरिए पनि घटनाका बारेमा धेरै मिडियाबाजी भएकोले उनी नछुटेका हुनसक्ने कतिपयको आंकलन छ। जिल्ला अदालतको आदेशविरुद्ध रितपूर्वक दर्ता भएको पुनरावेदनमा प्रक्रिया जारी रहेको उच्च अदालतका रजिस्टार ठगिन्द्र कट्टेल बताउँछन्।

उनी भन्छन् ‘‘आफ्नो स्वतन्त्र रहेर काम गर्ने हकमा ब’ न्देज गरियो। यसैले फौजदारी संहितको ७३ बमोजिम ‘जिल्ला अदालतको आदेश के हो’ भन्दै उहाँहरू मुद्दा पुनरावेदनको लागि आउनुभएको छ। अस्तिको बिहीबार ७३ नंबरको निवेदन दर्ता भएको छ।’’राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीपविरुद्ध गत २१ भदौमा उजुरी परेको थियो।

काठमाडौंको एक कलेजमा अध्ययनरत पीडित युवती सन्दीपकी ‘फ्यान’ थिइन्। सन्दीप ६ भदौमा टी–२० सिरिज खेल्न केन्या गएका थिए। त्यसको अघिल्लो दिन उनले पी’ डित भनिएकी किशोरीलाई पिंगलास्थानस्थित होटल काठमाडौं इनमा बोलाएर दुई पटक ब’ ला’ त्कार गरेको आरोप छ।

पछि सन्दीप असोजमा नेपाल आएपछि पक्राउ परेका थिए। उनी पुर्पक्षका लागि जे’ ल चलान भएका छन्। सन्दीपले पहिलेदेखिनै आफूविरुद्ध ष’ ड्यन्त्र भएको बताउँदै आएका सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरे बताउँछन्।उनी भन्छन् ‘‘त्यो ख’ तरनाक षड्यन्त्रबाट मलाई बाहिर निकाल्नुहोला।

तपाईँहरूले प्राप्त प्रमाणबारे तथ्यगत विश्लेषण गर्दै न्यायको लागि अदालतमा अझ बढी पहल गर्नुहोला भन्दै उहाँले हामीलाई आग्रह गर्नुभएको छ।’’

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment