Latest
img

श्रीमान श्रीमती मिलेर शिक्षकको ह’ त्या , कारण यस्तो रहेछ-

काठमाडौँ – बैतडीको पाटनमा मृत अवस्थामा भेटिएका शिक्षक धनबहादुर विष्टको ह’ त्या भएको पुष्टि भएको छ ।सुर्नया गाउँपालिकाको ग्वानी घर भई पाटनस्थित कृष्ण माविमा पढाउँदै आएका विष्टको ह’ त्या गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा छात्राबासमा बसेर कृष्ण माविमा कम्प्युटर डिप्लो अध्ययनरत पुर्चौडी नगरपालिकाकी विमला बोहरा र उनका श्रीमान् प्रजा बोहरा छन् । उनीहरू श्रीमान-श्रीमती हुन् ।दुवै जनालाई इलाका प्रहरी कार्यालय पाटनको हि’ रासतमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीले पत्रकार सम्मेलनमार्फत उनीहरुलाई सार्वजनिक गर्ने तयारी गरेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)भोला रावलले कृष्ण माविको छात्राबासमा बसेर अध्ययनरत युवती र उनका श्रीमानलाई पक्राउ गरिएको पुष्टि गरे ।उनका अनुसार शिक्षक विष्ट पनि सोही छात्रावासको माथिल्लो तलामा बस्दै आएका थिए ।

‘छात्राबासको माथिल्लो तलामा शिक्षक विष्ट र तल्लो तलामा भाइहरुसँगै बसेर पढ्दै आएकी युवती बस्ने गरेको देखिएको छ,’ एसएसपी रावलले भने, ‘घटना भएको दिन विष्टले ती युवतीलाई बोलाएका रहेछन् । सोही क्रममा विवाद हुँदा ह’ त्या भएको खुलेको छ ।’

छात्राका श्रीमान् केही दिनपछि विदेशको भिषा आउने भएकाले श्रीमतीसँग बस्न पाटनमा रहेको उक्त छात्राबासमा आएको बताइएको छ। मृ’ तक शिक्षक पनि सोही छात्राबासको माथिल्लो तलाको ९ नम्बर कोठामा बस्दै आएका थिए। घटना भएको दिन शिक्षक विष्टलाई छात्राले छात्राबास पछाडि बोलाएको र विवाद हुँदा ह’ त्या भएको प्रहरीले बताएको छ।

प्रहरीले कुन विषयले ह’ त्या भयो भन्ने कुरा चाहिँ खुलाएको छैन। यद्यपि पक्राउ परेका दुवै जनाले ह’ त्या गरेको स्विकार गरेको प्रहरीले जनाएको छ। शिक्षक विष्ट पुस २ गते छात्रावासको पछाडि मृ’ त अवस्थामा भेटिएका थिए। विष्टको ह’ त्या भएको भन्दै घटनाको अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै सोही दिनदेखि पाटनमा आ’ न्दोलन जारी छ।

श्रोतका अनुसार ‘घटना भएको राति विष्टले मेरो श्रीमतीलाई बोलाएपछि कोठाबाट बाहिर आएकी थिइन् । के रहेछ भनेर म पनि उनीसँगै आउदा…..देखेपछि मैले मुक्का प्र’ हार गरेको हुँ,’ बयानमा अ’ भियुक्तले भनेका छन्, ‘सोही क्रममा ढ’ लेर उहाँको मृ’ त्यु भयो ।’ प्रहरी स्रोतकाअनुसार विष्टको मृ’ त्यु भएपछि ल’ डेको देखाउने उद्देश्यले श’ व क्याम्पसको होस्टेल नजिकै फालेको उनीहरुले स्वीकार गरेका छन् ।

बुधबार पाटन नगरपालिकामा ता’ लाबन्दी गर्दै नगर क्षेत्रका विद्यालयसमेत बन्द गरिएका थिए। न्यायका लागि गठित संघर्ष समितिले बिहीबार जिल्लाभरका विद्यालय बन्द गरेर आ’ न्दोलनमा सहयोग गर्न अपिल पनि गरेको छ। मृ’ तकका परिवारले श’ व पनि बुझेका छैनन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment