काँग्रेसका युवा नेतालाई संसदीय दलको नेता बन्न रोकेका नेपाली काँग्रेसका सभापति प्रचण्ड लाई प्रधानमन्त्री बनाउन सकारात्मक देखिएका छन् । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष
पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच करिब डेढ घण्टा छलफल भयो ।नेताहरुबीचको छलफलमा नयाँ सरकार गठनबारे सामान्य कुराकानी भएको छ । त्यसक्रममा प्रधानमन्त्री, राष्ट्रपति, सभामुख लगायतका पदको शक्ति
बाँडफाँट गरेर राष्ट्रपतिले दिएको समय सीमाभित्रै नयाँ सरकार गठन गर्नुपर्नेमा नेताहरूको समान धारणा रहेको बताइएको छ । ‘आज सरकार गठनबारे सामान्य छलफल भएको र भोलि पुनः नेताहरू बस्ने गरी आजको छलफल सकिएको छ,’ अध्यक्ष प्रचण्डको सचिवालयका एक सदस्यको भनाइ छ ।
आजको छलफल सकारात्मक रहेको बालुवाटार स्रोतको भनाइ छ ।स्रोतका अनुसार माओवादी अध्यक्ष प्रचण्डले समाजवादीका अध्यक्ष नेपाललाई सँगै राखेर अव बन्ने नयाँ सरकारको नेतृत्वमा आफूलाई सघाउन प्रधानमन्त्री देउवासँग आग्रह गरेका छन् ।प्रचण्डको प्रस्तावमा देउवाले ठोस जवाफ नदिएपनि छलफल गर्न सकिने जवाफ दिएका छन् ।
त्यसक्रममा नेताहरुबीच राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुखलगायतका पदमा प्याकेजमा सहमति गर्नुपर्ने धारणा राखेका थिए ।बिहीबार संसदीय दलको नेता चयन भएलगत्तै तीन नेता छलफलमा जुटेका हुन् । यसअघि नै प्रचण्डले देउवालाई आलोपालो प्रधानमन्त्री बन्ने सहमति अनुसार
पहिलो खेपको प्रधानमन्त्रीमा आफूलाई सहयोग गर्न भनिसकेका छन् । प्रचण्डको यो प्रस्तावमा देउवाले सबै दलको संसदीय दलको नेता छानेर छलफल गर्न सकिने बताएका थिए । यसअघि अध्यक्ष प्रचण्डले संसदीय दलको बैठकमा सरकार गठनबारे आजै नेताहरूसँग छलफल गर्ने ब्रिफिङ गरेका थिए ।
Leave A Comment