Latest
img

प्लास्टिकका स्टुलको बिचमा किन प्वाल हुन्छ होला ?

काठमाडौं । हामी सबैले देखिरहेकै कुरा हो कि प्लास्टिकको स्टुलमा बस्ने ठाउँको बीचमा एउटा गोलो आकारको प्वाल हुन्छ । स्टुलको त्यो प्वाल किन बनाइएको होला भन्ने बारेमा के तपाईंले कहिल्यै सोच्नुभएको छ ?प्लास्टिकको स्टुलको बीचमा प्वाल हुनु उत्पादकको कुनै लहड होइन, यसको वैज्ञानिक कारण छ ।

प्लास्टिकका सामान उत्पादन गर्ने ब्राण्डेड होस् वा लोकल कारखाना हरेक ठाउँमा उत्पादनका लागि विज्ञानका सामान्य नियमहरुको पालना गरिन्छ ।प्लास्टिकका स्टुल चाहे दुनियाका जुनसुकै स्थानमा उत्पादन भएका किन नहोउन् बस्ने ठाउँको बीचमा एउटा प्वाल बनाइएकै हुन्छ । यसरी बनाइएको प्वालको निकै लाभदायी वैज्ञानिक महत्व छ ।

घर होस् वा अफिस अनि पसल नै किन नहोस् प्लास्टिकका स्टुलहरु थन्काएर राख्दा एक अर्कोमा खप्टाइएको हुन्छ । यसरी खप्टाउँदा यदि स्टुलमा प्वाल नहुँदो हो ती एक अर्कोमा टाँसिन्थे र खप्टाइएका स्टुलहरु छुट्टाउनका लागि हावाको चाप र भ्याकुमका कारण निकै अप्ठेरो हुन्थ्यो । त्यही अप्ठ्यारो नहोस् भनेर प्वाल राख्ने गरिएको हो ।

यो पनि – चिसो मौसम फल्ने फल अम्बा लगभग हरेकलाई मनपर्छ । हामीले मिठो मानीमानी खाने अम्बाका फाइदा त छन् नै यसको पात पनि निकै फाइदाजनक हुन्छ । अम्बामा विभिन्न प्रकारका एन्टिअक्सिडेन्ट, भिटामिन सी, पोटासियम र फाइबरले भरपुर हुन्छ । यसबाहेक यसमा फोलेट र लाइकोपिनजस्ता अन्य पोषक तत्व पनि पाइन्छन् ।

अम्बामा ८० प्रतिशतसम्म पानी हुन्छ जसले छालालाई हाइड्रेट राख्ने काम गर्छ । चिसो मौसममा अम्बा खाँदा शरीरलाई के–कस्ता फाइदा पुग्छ, यसबारे जानकारी लिऔं ।रुघा–खोकीबाट जोगाउँछ: चिसोको मौसममा रुघा–खोकीको समस्या साधारण नै मान्नुपर्छ ।

अम्बा र यसका पातमा भरपूर मात्रामा भिटामिन सी र आइरन हुन्छ जसले रुघा–खोकीमा आराम प्रदान गर्छ । अम्बाले प्रतिरोधी क्षमता बढाउने काम पनि गर्छ । खोकी लाग्दा पाकेको अम्बा खानुपर्छ । त्यसैले चिसो मौसममा अम्बा खानुपर्छ । अम्बामा पाइने भिटामिन सीले आँखाको ज्योति बढाउने काम पनि गर्छ ।

विभिन्न शोधका अनुसार अम्बाले ब्लड सुगर नियन्त्रण गर्छ ।अम्बाको पातमा अर्क इन्सुलिन प्रतिरोधी र ब्लड सुगरमा निकै प्रभावकारी पाइएको छ ।खाना खाएपछि अम्बाको पातबाट बनेको चिया पिउँदा ब्लड सुगर कम हुन्छ ।अम्बामा ग्लाइकेमिक इन्डेक्स कम हुन्छ जसले ब्लड सुगरको स्तरलाई बढ्नबाट रोक्छ ।

मधुमेहका रोगीका लागि अम्बा असाध्यै फाइदाजनक छ र यो हरेक दिन खानुपर्छ ।अम्बाले मुटुलाई पनि निकै फाइदा पुर्याउँछ । अम्बामा पाइने एन्टीअक्सिडेन्ट र भिटामिनले मुटुलाई फ्रि रेडिकल्सबाट खराब हुनबाट जोगाउँछ । अम्बामा केरा जत्तिकै पोटासियम पाइन्छ जसले मुटुको स्वास्थ्यलाई दुरुस्त राख्छ ।

अम्बाको पातले रक्तचापलाई कम गर्छ र खराब कोलेस्ट्रोललाई घटाएर गुड कोलेस्ट्रोल बढाउँछ । एक शोधका अनुसार खाना खानुभन्दा अघि एउटा पाकेको अम्बा खाँदा रक्तचाप ८–९ पोइन्टसम्म कम हुन्छ ।तौल कम गर्न प्रभावकारी: यदि तपाईं तौल कम गर्न चाहनुहुन्छ भने अम्बाभन्दा राम्रो फल कुनै हुनै सक्दैन ।

यसमा क्यालोरीको मात्रा निकै कम हुन्छ र यो खाँदा लामो समयसम्म पेट भरिएको महसुस हुन्छ । भिटामिन र मिनरल्सले भरपुर भएका कारण तपाईंको शरीरमा कुनै प्रकारको पोषक तत्वको कमी हुनबाट पनि जोगाउँछ । यसमा सुगरको मात्रा निकै कम हुन्छ जसका कारण मोटोपन बढ्दैन ।

अम्बा फाइबरको निकै राम्रो स्रोत हो र यसको बियाँले पेटलाई सफा गर्न निकै फाइदा पुर्याउँछ । अम्बा खाँदा कब्जियतको समस्या टाढा रहन्छ । एउटा अम्बाले मात्रै तपाईंको हरेक दिनको फाइबरको आवश्यकतालाई १२ प्रतिशतसम्म पूरा गर्नसक्छ । यस्तै अम्बाको पातले झाडासमेत रोक्ने काम गर्छ ।

यसले आन्द्रामा भएका हानिकारक किटाणुलाई मार्ने काम गर्छ ।अम्बाको पातमा एन्टीक्यासर गुण हुन्छ । टेस्ट ट्युब र एनिमल स्टडीजका अनुसार अम्बाले क्यान्सरको कोसिकालाई बढ्नबाट जोगाउँछ । अम्बामा पाइने शक्तिशाली एन्टिअक्सिडेन्टले फ्रि रेडिकल्सबाट जोगाउँछ ।

यसमा पाइने लाइकोपिन, क्वेरसेटिन र पोलिफिनोल्स पनि क्यान्सर कोसिकालाई बढ्नबाट रोक्न फाइदाजनक छ । शोधमा पत्ता लागे अनुसार अम्बाको पातको तेलमा एन्टी प्रोलिफेरेटिव पदार्थ हुन्छ जसले क्यान्सरको फैलावट रोक्न प्रभावकारी भूमिका निभाउने गर्छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment