Latest
img

‘द भ्वाइस अफ नेपाल सिजन -४’ को सेकेन्ड रनरअप बने योगेश मगर

काठमाडौँ – गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन -४’ को सेकेन्ड रनरअप योगेश मगर बनेका छन्। आज बेलुकी ७:३० बजेदेखि सुरु भएको ग्रान्ड फिनालेमा अन्तिम चार प्रतिपर्धीबीच प्रतिस्पर्दा भएको थियो ।

‘ब्लाइण्ड’, ‘नकआउट’ ‘लाइभ’ शो हुँदै फिनालेमा प्रमोद खरेलको टिमबाट योगेश मगर, राजु लामाको टिमबाट करण राई, राजेश पायल राईको टिमबाट सविना योङहाङ र प्रविशा अधिकारीको टिमबाट शाइल लिम्बु उपाधिका लागि भिदिएका थिए ।फिनालेमा टप १२ ट्यालेन्टहरुले नै आफ्नो प्रस्तुती दिएका थिए ।

‘भ्वाइस अफ नेपाल’ पहिलो सिजन सिडी विजय अधिकारीले जितेका थिए । दोस्रो सिजन राम लिम्बू र तेस्रो सिजनको विजेता किरण गजमेर बनेका थिए । लाइभ शोअघि कोचकै सर्वाधिकार रहने र कोचले छानेका प्रतिस्पर्धी लाइभ शो मा प्रवेश गर्ने नियम छ ।

यस पटकको भ्वाइस अफ नेपालका लागि टाइटल स्पोन्सरको रुपमा बजाज पल्सर रहेको थियो । विजेताले बजाज पल्सर एन १६० मोटरसाइकल पाउने बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले बताएको छ ।पल्सर एन १६० मा डुअल च्यानल एबीएस सिस्टम प्रयोग गरिएको छ जुन यो भन्दा अगाडिको मोडलहरुमा प्रयोग गरिएको थिएन ।

साथै यसमा १६५ सीसी विएस६ इन्जिन, एलइडि प्रोजेक्टर हेड्ल्याम्प रहेका छन् । स्पोर्टि लुक भएको र हरेक दिन चलाउन मिल्ने बाइक खोजिरहेका युवा पुस्तालाई यो बाइक मन पर्ने कम्पनीको भनाइ छ ।यसमा जडान गरिएको इन्जिनले अधिकतम १६ पिएसको पावर र १४।६५ एनएमको टर्क निकाल्न सक्छ ।

सुधारिएको पिकअपको लागि ८५ प्रतिशतसम्म पिक टर्क उपलब्ध रहेको कम्पनीले दावी गरेको छ । यसमा ५ स्पिडको गियर बक्स छ । मोनोशक रियर सस्पेन्सन, एलइडि प्रोजेक्टर हेड ल्याम्प, अन्डर बेली एक्जस्ट सिस्टमयुक्त यो बाइक ट्युबुलर फ्रेम च्यासिसमा बनाइएको छ ।

साथै यसमा पल्सर एन २५० कै जस्तै फ्युल ट्यांक एक्स्टेन्सन, स्प्लिट सिट, अलोय व्हिल र टेल लाइट राखिएको छ ।यसमा ३०० एमएम फ्रन्ट डिस्क र २३० एमएमको रियर डिस्क रहेको छ । साथै यसमा युएसबी चार्जिङ पोर्ट, १४ लिटरको फ्युल ट्यांक र गियर पोजिसन, समय, फ्युल इकोनोमी र पेट्रोल खपत देखाउने डिजिटल एनालग इन्स्ट्र्यूमेन्ट पनि रहेको छ ।यो मोटरसाइकलको मूल्य ३ लाख ७९ हजार ९ सय रुपैयाँ छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment