Latest
img

रियालिटी शोहरुको कमाउ धन्दा, प्रतिभा भएका कलाकारहरु भोटको आधारमा पहिल्यै आउट हुन्छन

गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन -४’ को बिजेता करण राई बनेका छन्। आज बेलुकी ७:३० बजेदेखि सुरु भएको ग्रान्ड फिनालेमा अन्तिम चार प्रतिपर्धीबीच प्रतिस्पर्दा भएको थियो ।शुक्रबार भएको फिनालेमा उनले तीन जना प्रतिस्पर्धीलाई हराउँदै राजु लामाको टिमबाट विजेता भएका हुन्।

हाल अमेरिकामा बस्दै आएका उनले भ्वाइस अफ नेपालको उपाधि जितका हुन् ।बिजेताले रु २५ लाख सहित पल्सर एन१६० मोटरसाइकल, साढे दुई तोला सुन, ग्यालेक्सी जेड फोल्ड फोर पुरस्कार प्राप्त गरे ।टीम राजेशपायल राई समूहबाट सविना योङहाङ लिम्बु फस्ट रनरअप घोषित भइन् ।

टीम प्रमोद खरेलबाट योगेश मगर सेकेण्ड रनरअप घोषित भए । टीम प्रविशा अधिकारीबाट साहिल लिम्बु थर्ड रनरअप बने । दर्शकीय भोटको आधारमा विजेता घोषित गरिएको जनाइएको छ ।‘ब्लाइण्ड’, ‘नकआउट’ ‘लाइभ’ शो हुँदै फिनालेमा प्रमोद खरेलको टिमबाट योगेश मगर,

राजु लामाको टिमबाट करण राई, राजेश पायल राईको टिमबाट सविना योङहाङ र प्रविशा अधिकारीको टिमबाट शाइल लिम्बु उपाधिका लागि भिदिएका थिए ।फिनालेमा टप १२ ट्यालेन्टहरुले नै आफ्नो प्रस्तुती दिएका थिए ।‘भ्वाइस अफ नेपाल’ पहिलो सिजन सिडी विजय अधिकारीले जितेका थिए ।

दोस्रो सिजन राम लिम्बू र तेस्रो सिजनको विजेता किरण गजमेर बनेका थिए । लाइभ शोअघि कोचकै सर्वाधिकार रहने र कोचले छानेका प्रतिस्पर्धी लाइभ शो मा प्रवेश गर्ने नियम छ । ‘द भ्वाइस अफ नेपाल’ सिजन ४ को उपाधि कोच राजु लामाको टिमका करण राईले जितेपछि कोच प्रमोद खरेलले बधाई तथा शुभकामना दिएका छन् ।

शुक्रबार सम्पन्न ग्राण्ड फिनालेमा उनले नगद २५ लाख रुपैयाँसहित पुरस्कार प्राप्त गरेको आयोजकले घोषणा गरे लगत्तै कोच प्रमोदले सामाजिक संजालमा स्टाटस लेख्दै करणको उज्जवल भविष्यको कामना गर्दै राजु र करण दुवैलाई बधाई तथा शुभकामना ब्यक्त गरेका छन् ।

उता ‘द भ्वाइस अफ नेपाल’ सिजन ४ को नतिजापछी अधिकाम्स दर्शक बने असन्तुष्ट देखिएका छन् । उनीहरुले प्रतिभा भएका कलाकारहरु भोटको आधारमा पछी परेको बताउदै अमेरिकी डलरले जितेको भन्दै आक्रोश पोखेका छन् ।तेश्रो सिजनको विजेता किरण गजमेर पनि अमेरिका बाट आएर बिजेता बनेका थिए ।

‘द भ्वाइस अफ नेपाल’ सिजन ४ को उपाधि जित्न सक्ने दाबि गरिएका प्रतिभावान कलाकार हरु भने यस अगाडिनै बाहिरिएका थिए । यस्ता रियालिटी शोहरुले आफुले कमाउने नाउमा भोटको आधारमा बाहिरिदा खर्च गर्ने सक्ने र भोट गर्न सक्नेहरु बिजेता बन्दै आएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment