Latest
img

चीनमा एकैदिन ३ करोड ७० लाख जनालाई को’ रोना संक्रमण

बेइजिङ। चीनमा लगभग ३ करोड ७० लाख मानिस यस हप्ता एकै दिन को’ भिडबाट संक्रमित भएको हुन सक्ने सरकारको शीर्ष स्वास्थ्य निकायले अनुमान गरेको छ । यसलाई विश्वमा एकै दिन सबैभन्दा ठूलो संख्यामा महामारी बताइएको छ ।

डिसेम्बरको पहिलो २० दिनमा करिब २४ करोड ८० लाख मानिस वा जनसंख्याको झण्डै १८ प्रतिशतमा यो भा’ इरसको संक्रमण भएको हुनसक्ने चीनको राष्ट्रिय स्वास्थ्य आयोगको बुधबार सम्पन्न आन्तरिक बैठकको छलफलमा संलग्न व्यक्तिहरूले पुष्टि गरेका छन्।

बेइजिङको को’ भिड शून्य नीति अन्त्यले प्रतिरक्षा न्यून भएको जनसंख्यामा अत्यधिक संक्रामक ओ’ मिक्रोन भेरियन्टहरूको अव्यवस्थित फैलावट भएको छ । एजेन्सीको अनुमान अनुसार चीनको दक्षिणपश्चिममा रहेको सिचुआन प्रान्त र राजधानी बेइजिङका आधाभन्दा बढी बासिन्दाहरू संक्रमित भएका छन् ।चौतर्फी वि’ रोधपछि चीनले केही दिनअघि शून्यकोभिड नीति अन्त्य गरेको थियो ।

यता पछिल्लो २४ घण्टामा नेपालमा ३ जनामा को’ रोना संक्रमण पुष्टि भएको छ। आज थप ४ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप ९५१ जनाको नमुना परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको हो।त्यस्तै, देशभर सक्रिय संक्रमितको संख्या १४ रहेको छ।

पछिल्लो समय को’ रोना भाइरसको जो’ खिम फरक स्वरुपमा देखिन सक्ने भन्दै सावधानी अपनाउन सरकारले आग्रह गरेको छ। केही देशहरुमा संक्रमणका नयाँ भे’ रियन्ट पुष्टि हुँदै गरेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रवेश बिन्दुका हेल्थ डेस्कहरुले तथा स्वास्थ संस्थाहरुले आवश्यक तयारी थाल्न पनि आग्रह गरेको छ।

यो पनि – वीरगञ्ज महानगरपालिकाले सुरु गरेको ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ मा नौ वडाका करिब नौ हजारले स्वास्थ्य परीक्षण गराएका छन्। नगरवासीले निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् भने आवश्यक औषधिसमेत वितरण हुँदै आएको छ।

महानगरपालिकाका प्रमुख राजेशमान सिंहले १७ देखि ३२ सम्मका वडामा यो अभियान सञ्चालन हुने र अहिलेसम्म नौ वटा वडाका जनताको घरदैलोमै पुगेको टोलीबाट स्वास्थ्य सेवा लिइसकेको बताए। गाडीमै जडान गरिएको प्रयोगशालाबाट आवश्यक स्वास्थ्य परीक्षण गरेर रिपोर्ट दिने गरिएको छ।

यसले बजारका अस्पतालमा धाइरहनुपर्ने ग्रामीण क्षेत्रका जनतालाई राहत मिलेको छ। शिविरमा स्वास्थ्य जाँच गराएकालाई उनीहरुको स्वास्थ्य परीक्षण रिपोर्टको आधारमा विभिन्न ९८ प्रकारका औषधि त्यही उपलब्ध गराउँदै आएको छ। वीरगञ्जको वडा नम्बर ३० लालपर्साबाट गत भदौ २६ गतेदेखि यो कार्यक्रम सुरु भएको थियो।

आइतबारदेखि पुनः अर्को वडामा यो अभियान सञ्चालन गरिने महानगरको स्वास्थ्य शाखा प्रमुख रितेश जयसवालले जानकारी दिए। अहिलेसम्म नौ वटा वडामा चलेको कार्यक्रममा पाँच हजार पाँच सय ६२ महिला र तीन हजार दुई सय १७ पुरुषले स्वास्थ्य जाँच गराएका छन्।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment