Latest
img

एमालेको धम्कि दिदै प्रधानमन्त्री हुने तम्सेका प्रचण्डलाई लाग्यो ठुलो धक्का

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रधानमन्त्री हुने सम्भावना समाप्त हुन लागेको टिप्पणी गरेका छन् ।एमाले प्युठान–काठमाडौं सम्पर्क मञ्चले शनिबार पार्टीको केन्द्रीय कार्यालय च्यासलमा आायाेजना गरेको कार्यक्रममा उनले प्रचण्डले ढिला गरेको बताए ।

‘पुष्पकमल दाहालजी प्रधानमन्त्रीको इच्छा गरिरहनुभएको छ, मलाई लाग्छ उहाँले निर्णय गर्न ढिला गर्नुभयो’ उनले भने ।ओलीले स‌ंस्कृतको एउटा नीति श्लोक सुनाउँदै जुनसुकै काम पनि बेलामा नगरेमा त्यसको फल खान नपाउने बताए ।उनले भने, ‘…लिनुपर्ने कुरा, दिनुपर्ने कुरा, गर्नुपर्ने काम जेजस्ता छन्, ती समयमै गर्नुपर्दछ ।

भएन भने, होइन भने, समयमा कुनै काम गरिंदैन भने समयले नै त्यसको उपलब्धिलाई समाप्त पारिदिन्छ । समयले नै त्यसको फल खाइदिन्छ । यदि तपाई‌ंले आँप पाकेकै बेला टिप्नु भएन भने खान पनि पाउनुहुन्न, बेच्न पनि पाउनुहुन्न । किनभने त्यो आफैं झरेर जान्छ ।

त्यसको रस, त्यसको फल, त्यसको प्रतिफल, त्यसको फाइदा समयले खाइदिन्छ । त्यस्तै हो, अब उहाँको सम्भावना सामान्यतः समाप्त भएजस्तो देखिन्छ । किनभने उहाँले समयमा कदम चाल्नुभएन ।’सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १० गते बेलुका ५ बजेसम्मको समय दिएकी छन् ।

सत्तारुढ गठबन्धनबाट प्रधानमन्त्री को हुने भन्नेमा सहमति जुटेको छैन । माओवादी अध्यक्ष प्रचण्ड पहिलो पालोमा प्रधानमन्त्री हुन चाहन्छन् । त्यसका लागि उनले सत्ता गठबन्धनभित्रको कांग्रेससँगै बाहिरको नेकपा एमालेसँग पनि संवाद गरिरहेका छन् ।यसै सन्दर्भमा ओलीले प्रचण्डले ढिलो गरेको प्रतिक्रिया दिएका हुन् ।

उता सत्तागठबन्धनको बैठकअघि प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका सांसदहरुसँग छलफल गरेका छन्। गठबन्धनको सरकार निर्माणमा जुटेका देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीमा दाबी गरेपछि सांसदहरुलाई बोलाएका हुन्।राष्ट्रपतिले सरकार गठनका लागि दिएको समय भोलि बेलुका सकिँन लाग्दा गठबन्धनले प्याकेजमा भागबण्डा मिलाउन खोजेको छ।

तर, आलोपालोको सहमति भएपनि पहिलो कार्यकाल प्रधानमन्त्री देउवा या प्रचण्ड भन्ने छिनोफानो हुन सकेको छैन। देउवाले छलफलका लागि बोलाएका सांसदहरुले पहिलो दलको हैसियले आफ्नै नेतृत्वमा सरकार गठन गर्न दबाब दिएका छन्। बालुवाटार पुगेका सांसदहरुले कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्नुपर्ने सुझाव दिएको सांसद चन्दा चौधरीले बताइन्।

सांसदहरुको मागपछि देउवाले गम्भीरतापूर्वक लिएको जवाफ दिएको उनले बताइन्। राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि राजनीतिक दलहरुलाई दाबी पेस गर्न दिएको समय सीमा आइतबार सकिँदैछ ।अहिले भागबण्डा मिलाउन गठबन्धनको बैठक बालुवाटारमा बसिरहेको छ।

गठबन्धन सरकार पहिलो चरणमा प्रधानमन्त्री नछाड्ने प्रचण्डको अडानपछि देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल र उपसभापति पूर्णबहादुर खड्कालाई खुमलटार पठाएका थिए। तर, प्रचण्ड अडानबाट टसमस भएनन्।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment