Latest
img

प्रचण्डले प्रधानमन्त्री नपाएपछी वर्षमानले गरे गठबन्धन टुंगिएको घोषणा

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री नदिए गठबन्धनको सहयात्रा त्यही बिन्दुबाट टुंगिने प्रष्ट जानकारी गराएका छन् ।अध्यक्ष प्रचण्ड र कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीचको भेटपछि देउवालाई भेटेका उपमहासचिव पुनले देउवा डेढ वर्ष प्रधानमन्त्री भइसकेकाले अब प्रचण्डलाई सहयोग गर्न भनेका छन् ।

पुनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो- हिजो एउटा परिस्थितिमा २३ सीटको कांग्रेसलाई हामीले सरकारको नेतृत्व दियौँ । अब त्यही बाध्यता छैन । प्रचण्डलाई प्रधानमन्त्री नमान्ने हो भने हाम्रो सहयात्रा यहीँ टुंगियो । फेरि कांग्रेसलाई नेता मानेर हिँड्नुपर्ने बाध्यता हाम्रो छैन ।

पुनले प्रष्ट धारणा बताइसकेपछि देउवाले अझै केही नबिग्रिएको भन्दै गठबन्धन र दलमा आफूले कुरा मिलाउने जवाफ दिएका छन् ।देउवाको भनाइ थियो- होइन म मिलाउँछु यार । दलमा पनि सल्लाह गर्नुपर्छ । गठबन्धनमा पनि सल्लाह गर्छु । राष्ट्रपतिले यो टाइम दिने कुरा नै मिलेन क्या । म समय थप्न लाउँछु,कुरा मिल्छ ।

पुन लगायतका नेता प्रचण्डलाई गठबन्धनबाट बाहिर निकाल्न चाहन्छन् । उनीहरू प्रचण्ड इण्डो अमेरिकन एम्बुसमा परेको निष्कर्षमा छन् ।यता सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले गठबन्धनकै सरकार बन्ने दाबी गरेका छन् ।बालुवाटारमा बसेको गठबन्धनको बैठकपछि

पत्रकारहरूसँग कुरा गर्दै कार्कीले नयाँ सरकार गठनका लागि गठबन्धनभित्र कुनै विवाद नरहेको बताए ।उनले जनताको अभिमतलाई सम्मान गर्दै गठबन्धनको सरकार बनाउने सहमति भएको उल्लेख गर्दै कसले नेतृत्व गर्ने भन्ने विषय भोलि बस्ने बैठकले टुंगो लगाउने बताए ।

यो पनि – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश मध्यावधितिर जाने सम्भावना रहेको बताएका छन्। शनिबार एमालेको प्यूठान-काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा उनले सो सम्भावना देखाएका हुन्।समयमा कदम नचालेका कारण माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रधानमन्त्री बन्ने सम्भावना समाप्त भएको उनको भनाइ थियो।

‘अरुले पनि समयमा कदम चालेनन् भने, समयमा आफूआफूलाई हेरे भने देश फेरि घुमीफिरीकन मध्यावधितिर जाने सम्भावना छँदैछ। जाँदैन भन्न सकिँदैन’, उनले भने। ओलीले स्वार्थको टकरावले सरकार गठन नै हुन नसकेको बताए। उनले एमालेसँग मात्रै दलगत स्वार्थ नभएको दाबी पनि गरे।’एमालेको राष्ट्रिय स्वार्थबाहेक दलगत स्वार्थ छैन।

तसर्थ दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय स्वार्थ, राष्ट्रको हित, जनताको हित, विकास आकांक्षा, जनताको समस्याको सम्बोधनलाई केन्द्रभागमा राखेर सोचिरहेको छ, सत्ता र सरकारलाई होइन’, उनले भने।उनले एमाले सत्ता पक्ष वा प्रतिपक्ष जहाँ रहे पनि देश र जनताको पक्षमा प्रभावकारी भूमिका खेल्ने बताए।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment