बाल गायक सचिन परियार आइसियुमा थिए यतिबेला सबैको सहयोगले पाइप बाट खाना खाइरहेका सचिन खाना खान सक्ने भएका छन् ।युट्युबमा अन्तर्वार्ता दिएर भाइरल समेत बनेका उनले चर्चित टीभी श्रृंखला ‘मेरी बास्सै’ र अभिनेता राजेश हमालसँग केही सांगीतिक भिडियोमा अभिनय गरेका छन् ।
उपचार खर्च जुटाउन ईशा फाउण्डेसन लगायतले पहल गरिरहेको पनि छ । अस्पताल भर्ना भएका सचिनलाई भेट्न गायक, गायिका तथा कलाकारहरु पनि शिक्षण अस्पताल पुगेका छन् ।सचिन अस्पतालमा छट्पटाइरहँदा उनका बुवा तेजेन्द्र परियार भने आएका छैनन् ।
छोरा भाइरल भएपछि उनी पनि विभिन्न युट्यूव च्यानललाई अन्तरवार्ता दिँदै हिँड्ने गर्थे । तर, केही समयदेखि उनी गुमनाम बनेका छन् । सचिनकी आमालाई छोडेर तेजेन्द्रले अर्को विवाह गरेका थिए । कान्छी श्रीमती लिएर उनी अहिले भारतमा रहेको चर्चा छ ।
छोरा बिरामी भएको खबर स्कुलबाट पाएपछि पोखरामा रहेकी आमा काठमाडौं आएकी छन् । उनले छोराको उपचारका लागि आफूसँग आर्थिक अभाव रहेको बताइन् । यससँगै सचिनको नाममा पैसा उठाउने युट्यूवरहरुबीच प्रतिस्पर्धा सुरु भएको छ ।उनले पटकपटक बोलेकै कारण विवादमा आउने भएपछि
उनी पछिल्लो समय त्यति सारो सामाजिक संजालमा आउन छोडेका थिए। केहि समय पहिले उनी सचिन सँगै बस्दै आइरहेका र केही गीतमा मोडलिङ तथा अभिनय समेत गरेका थिए । तर पछिल्लो समय छोरा सचिन बिरामी भएपछि उनि सम्पर्कमा आएका छन् । उनि संग सम्बद गर्दा भारत भएको खुलाएका छन् ।
यो पनि – मेकिङका कारण पौषको १५ गते अर्थात आगामी शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘डिसेम्बर फल्स’ चर्चामा छ । चलचित्रको गीत, टिजर, ट्रेलरबाट पनि यो चलचित्रका लागि निर्माता रामप्रसाद रिजालले कुनै संझौता नगरेको देख्न सकिन्छ ।
यसैबिच, चलचित्रको सार्वजनिक ‘यो के भयो’ बोलको गीतको अडियो र भिडियोले दर्शकको ध्यान खिच्ने निश्चित छ । अस्मिता अधिकारी र मनिष ढकालको स्वर, सुशान्त गौतम र अनिल शर्माको शब्द, सुशान्त गौतमकै संगीतमा तयार यो गीतले प्रेमको भाव बोकेको छ ।
चलचित्रको यो गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । कविले चलचित्रका मुख्य दुई कलाकार आर्यन सिग्देल र उपासना सिंह ठकुरीको जोडीलाई उत्कृष्ट तरिकाले फिचरिङ गरेका छन् ।गीतको भिडियोमा आर्यन र उपासनाको लोभैलाग्दो केमेष्ट्री देखाइएको छ ।
साथमा, भिडियोको छायांकन, लोकेशन पनि उत्कृष्ट छ ।चलचित्रमा शिवहरि पौडेल, सलोन बस्नेत, नागेन्द्र रिजाल, नरेश भट्टराई, शिशिर राना लगायतका कलाकारको अभिनय छ ।प्रविण झाको निर्देशनमा तयार भएको चलचित्रमा महेश गुप्ताको छायांकन, विपिका खनालको कथा, श्री श्रेष्ठको एक्सन, केदार भुषाल र प्रतिक पौडेलको पटकथा तथा संवाद, बनिष शाहको सम्पादन छ ।
Leave A Comment