Latest
img

काँग्रेस र एमालेको सरकार बन्दै

काठमाडौं– बालुवाटारमा सत्ता गठबन्धनको सहमति नभएपछि नेपाली कांग्रेसले नेकपा एमालेसँग सम्वाद अगाडि बढाएको छ। गठबन्धनको बैठकलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेता विमलेन्द्र निधिलाई बालकोट पठाएका छन्।

सत्ता गठवन्धनमा कुरा नमिलेपछि नयाँ सरकारको समीकरणबारे छलफल गर्न निधि एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न पुगेका हुन्। बालकोट स्रोतका अनुसार उनीहरूबीच एमाले र कांग्रेसको सम्भावित सत्ता समीकरणबारे छलफल भएको छ। धारा ७६ को उपधारा २ वा ३ अनुसार सकार गठनबारेमा पनि छलफल भएको छ।

शनिबार अपरान्ह बालुवटारमा बसेको गठबन्धनको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच आलोपालो प्रधानमन्त्री बन्ने विषयमा छलफल भएको थियो।

गठबन्धनको बैठकअगाडि माओवादी अध्यक्ष प्रचण्डले उपमहासचिव वर्षमान पुनलाई प्रधानमन्त्री देउलाई भेट्न पठाएका थिए। पुनले प्रचण्डलाई प्रधानमन्त्री नबनाए गठबन्धन तोड्ने चेतावनी दिएका थिए। माओवादीको यो दाबीपछि कांग्रेसले एमालेसँग समान्तान्तर छलफलm अघि बढाएको छ।

राष्ट्रपति विधादेवी भण्डारीले सरकार गठनका लागि यसअघि सात दिनको समय दिएकी थिइन्। उक्त मिति आइतबार सकिँदैछ। उता त्ता गठबन्धनको बैठमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको पहिलो कार्यकालमा आफ्नो दाबी कायमै राखेका छन्। शनिबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठमा पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीमा दाबी नछोडेका हुन्।

सरकार पाँच दलीय गठबन्धनकै नेतृत्वमा बन्दा आफुले स्वभाविक रूपमा प्रधानमन्त्री पाउनुपर्ने अडान राखेको माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताए। ‘गठबन्धनको तर्फबाट डेढ वर्ष कांग्रेसले नेतृत्व गरेपछि अब पहिलो कार्यकाल आफूले पाउनुपर्ने कुरा अध्यक्ष प्रचण्डले राख्नुभयो,’ श्रेष्ठले भने।

त्यसपछि देउवाले पहिलो कार्यकाल प्रधानमन्त्री दिन आफ्नो पार्टी पूर्ण रूपमा तयार नभएको बताए।’मैले मात्रै भनेर भएन नी। साथीहरूको कुरा पनि सुन्नुपर्‍यो। अहिलेनै तपाईंलाई प्रधानमन्त्री दिन साथीहरूले मानेनन्। मैले पार्टीभित्र छलफल गरिरहेको छु,’ देउवाले प्रचण्डलाई भनेका छन्।

शनिबारको बेठकमा सहमति नजुटेपछि आइतबार बिहान १० बजे गठबन्धनको बैठक फेरि बोलाइएको छ। बैठकमा आलोपालो नेतृत्वका लागि सबै तयार रहेपनि कसले पहिले नेतृत्व गर्ने भन्नेमा सहमति नभएको हो। ‘आलोपालो नेतृत्वका लागि कुनै विवाद नै छैन। तर पहिलो कार्यकालका विषयमा हामी जहाँको त्यहींनै छौं,’ कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले भने।

बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनकै नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन्। कार्यकालको विषयले गठबन्धन नटुट्ने उनको जिकिर छ। प्रधानमन्त्री, राष्ट्रपति, सभामुख, उपसभामुखबारे आइतबारनै छलफल हुने कार्कीले बताएका छन्।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment