संसारमा यस्ता धेरै व्यक्ति छन् जो आफ्नो अनौठो व्यवहारका कारण चर्चामा आउने गर्छन् । यस्तै एउटा अनौठो घटना जापानबाट आएको छ, जहाँ एक व्यक्तिको कुकुर बन्ने शौखले सबैलाई छक्क पारेको छ । टोको नामका जापानका यी व्यक्ति अहिले कुकुर बनेका छन् ।
मानिसबाट कुकुर बनेका टोकोले सामाजिक सञ्जालमा एउटा तस्बिर पनि सेयर गरेका छन् । सामाजिक सञ्जालमा यसको असाध्यै चर्चा भइरहेको छ ।वास्तवमा, जापानमा बस्ने यी व्यक्तिको बाल्यकालदेखि नै कुकुरको जीवन जिउने सपना थियो । जापानको एक व्यावसायिक एजेन्सी जेपेट वर्कशप कम्पनीले
टोकोलाई कुली प्रजातिको कुकुरमा परिणत गरेको छ ।उक्त व्यक्तिलाई कुकुर बन्न यति धेरै मन लाग्यो कि त्यसका लागि उनले १९ लाख रुपैयाँ (लगभग २० लाख जापानी येन) खर्च गरे । यति धेरै पैसा लिएर ती व्यक्तिले यस्तो पोसाक बनाए, जसमा उनी ठ्याक्कै कुकुरजस्तै देखिन्छन् ।
यो पहिरनमा उनलाई चिन्न गाह्रो हुन्छ ।पोशाक बनाउन करिब ४० दिन लाग्यो । मानिस र कुकुरमा धेरै भिन्नता हुने भएकाले यो पोशाक बनाउन निकै मिहिनेत गरेको कम्पनीले जनाएको छ । टोकोले यो पोशाक लगाएपछि आफू कुकुरजस्तै देखिनुपर्ने इच्छा जताएका थिए ।
यो पनि – पुरुष होस् वा महिला सबैलाई कपाल बलियो बनाउने चाहना हुन्छ । विशेषगरी, महिलाले आफ्नो कपाल सिल्की, बलियो र छिटो बढोस् भन्ने चाहन्छन् । तपाईंले यी घरेलु औषधिको प्रयोगबाट कपाललाई लामो र सिल्की बनाउन सक्नुहुन्छ।
कपाल छिटो नबढ्नुको कारण भिटामिन ‘सी’ को कमी हो। अमलामा प्रचुर मात्रामा भिटामिन ‘सी’ पाइन्छ । यसले कपाललाई बढ्नको लागि टोनिकको रूपमा काम गर्दछ । कपाललाई छिटो बढाउन अमलाको तेलले कपालमा २० मिनेट जति मालिस गर्नुहोस् । यो हप्ताको दुईपटक गर्नुपर्छ।
कपाल बढाउनको लागि सबैभन्दा राम्रो मेथी घरेलु औ’ षधि हो । मेथीको दानामा प्रचुर मात्रामा प्रोटिन र नि’ कोटिन ए’ सिड पाइन्छ । जसले कपाललाई बलियो र चम्किलो बनाउँछ ।मेथीलाई पानीमा रातभर भिजाएर, बिहान यसलाई पिसेर पेस्ट बनाउनुहोस् ।
यो पेस्टमा नरिवलको तेल मिसाई कपालमा लगाउनुहोस् । ४० मिनेटपछि कपाललाई धुनुहोस् ।यसरी हप्तामा तीनपटक लगाउँदा तपाईंको कपाल बाक्लो र चम्किलो हुन्छ ।लसुन स्वास्थ्यको लागि मात्र नभएर कपालको लागि पनि फाइदाजनक हुन्छ । कपाल लामो बनाउन लसुनलाई मिलाएर काट्नुहोस् ।
यसमा मह मिसाइ कपालमा लगाई यसलाई आधा घण्टापछि स्याम्पुले धुँदा कपाल लामो र बलियो हुन्छ। केराले पनि कपाल बढाउनमा मद्दत गर्छ । केरामा भिटामिन ‘ई’ र क्याल्सियम प्रचुर मात्रामा पाइने भएकाले कपाल बढाउनमा धेरै मद्दत गर्छ ।यसमा प्रायः सबै प्रकारका पोषक तत्वहरू हुन्छन जुन कपाललाई आवश्यक हुन्छ ।
केराको बोक्रा निकालेर यसलाई पेस्ट बनाउनुहोस् । यसमा एक चम्चा जैतुनको तेल, एक चम्चा नरिवलको तेल, एक चम्चा मह मिसाई कपालमा लगाउनुहोस् । २० मिनेटपछि पानीले धुँदा कपाल बलियो र लामो हुन्छ ।
Leave A Comment