एजेन्सी । भारतीय टिभी अभिनेत्री तुनिषा शर्माले शनिबार आ’ त्मह’ त्या गरेकी छन् ।आ’ त्मह’ त्या प्रकरणमा प्रहरीले तुनिषाका सहकलाकार शिजन खानलाई पक्राउ गरेको छ । तुनिषालाई आ’ त्मह’ त्या गर्न दु’ रुत्साहन गरेको आरोपमा शिजनविरुद्ध मुद्दा दायर गरिएको छ ।
तुनिषाको परिवारको उजुरीको आधारमा पुलिसले आईपीसीको धारा ३०६ अन्तर्गत मुद्दा दर्ता गरेको छ। शिजनलाई सोमबार अदालतमा पेश गरिने छ ।अभिनेत्रीले शनिबार सुटिङ सेटमा झु’ ण्डिएर आ’ त्मह’ त्या गरेपछि उनकी आमाले अभिनेता शिजनमाथि गम्भीर आरोप लगाएकी छन् ।
शिजनसँग रिसाएर तुनिषाले आ’ त्मह’ त्या गरेको उनले बताएकी छन् । प्रहरीले सेटमा उपस्थित सबैसँग सोधपुछ पनि गरेको थियो ।घटनास्थलबाट कुनै सु’ साइड नोट बरामद भएको छैन । हत्या र आ’ त्मह’ त्या दुवै कोणबाट घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२० वर्षीया तुनिषा म्युजिक भिडियो छायांकनको क्रममा आ’ त्मह’ त्या गरेकी थिइन् । मानिसहरूले उनलाई झु’ ण्डिएको देखेर अस्पताल लगे तर बाटोमै उनको मृ’ त्यु भयो ।आ’ त्मह’ त्याको कारण भने अझै खुल्न सकेको छैन । आ’ त्मह’ त्या गर्नुअघि तुनिषा पूर्णतया सामान्य थिइन् र ५ घण्टाअघि उनले इन्स्टाग्राममा आफ्नो फोटो र केही नोट सेयर गरेकी थिइन् ।
तुनिषाले टिभी शो भारत का ‘वीर पुत्र महाराणा प्रताप’बाट आफ्नो करियर सुरु गरेकी थिइन् । उनी ‘चक्रवर्तिन अशोक सम्राट’, ‘गब्बर पुन्चवाला’, ‘शेर ए पंजाब महाराणा रंजित सिंह’, ‘इन्टरनेट वाला लभ’ र ‘इश्क शुभान अल्लाह’ जस्ता सिरियलहरूमा पनि देखिएकी थिइन् ।
यो पनि -मेकिङका कारण पौषको १५ गते अर्थात आगामी शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘डिसेम्बर फल्स’ चर्चामा छ । चलचित्रको गीत, टिजर, ट्रेलरबाट पनि यो चलचित्रका लागि निर्माता रामप्रसाद रिजालले कुनै संझौता नगरेको देख्न सकिन्छ ।
यसैबिच, चलचित्रको सार्वजनिक ‘यो के भयो’ बोलको गीतको अडियो र भिडियोले दर्शकको ध्यान खिच्ने निश्चित छ । अस्मिता अधिकारी र मनिष ढकालको स्वर, सुशान्त गौतम र अनिल शर्माको शब्द, सुशान्त गौतमकै संगीतमा तयार यो गीतले प्रेमको भाव बोकेको छ ।
चलचित्रको यो गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । कविले चलचित्रका मुख्य दुई कलाकार आर्यन सिग्देल र उपासना सिंह ठकुरीको जोडीलाई उत्कृष्ट तरिकाले फिचरिङ गरेका छन् ।गीतको भिडियोमा आर्यन र उपासनाको लोभैलाग्दो केमेष्ट्री देखाइएको छ । साथमा, भिडियोको छायांकन, लोकेशन पनि उत्कृष्ट छ ।
चलचित्रमा शिवहरि पौडेल, सलोन बस्नेत, नागेन्द्र रिजाल, नरेश भट्टराई, शिशिर राना लगायतका कलाकारको अभिनय छ ।प्रविण झाको निर्देशनमा तयार भएको चलचित्रमा महेश गुप्ताको छायांकन, विपिका खनालको कथा, श्री श्रेष्ठको एक्सन, केदार भुषाल र प्रतिक पौडेलको पटकथा तथा संवाद, बनिष शाहको सम्पादन छ ।
Leave A Comment