Latest
img

बालुवाटारबाट रिसाएर हिडेका प्रचण्डलाई देउवाको फोन, यसरी रिसाएर नहिँड्नुस्…

सत्ता गठबन्धनको बैठक छाडेर बालुवाटारबाट निस्केका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री शेरबहादुर देउवाले रिसाएर नहिँड्न आग्रह गरेका छन् । प्रचण्ड बालुवाटारबाट निस्केलगत्तै देउवाले उनलाई फोन गरेका थिए ।

बालुवाटारमा रहेका एक कांग्रेस नेताका अनुसार देउवाले प्रचण्डलाई ‘ यसरी रिसाएर नहिँड्नुस्, बसेर छलफल गरौँ’, भन्दै फोन गरेका थिए । त्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताको बैठकबाट नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाहिरिएका छन् । उनी बालुवाटारमा जारी बैठकबाट बाहिरिएका हुन् ।बैठकमा सहभागी नेपाली कांग्रेसका एक नेताका अनुसार उनी कुनै पनि सहमति नगरी बैठकबाट निस्किएका हुन् ।

“कुनै पनि सहमति नभईकन उहाँ बैठकबाट निस्किनुभयो । सहमति गर्ने मुड उहाँमा देखिएन,” ती नेताले भने ।सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताको बैठक कुनै निष्कर्षबिनै छाडेर हिँडेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालकोटतर्फ जाँदै छन् ।

उनी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसित छलफल गर्न ओलीनिवास बालकोट जान लागेका बताइएको छ ।ओलीका सचिवालय सदस्य रामशरण बजगाईंले प्रचण्डले आफू बालकोट आउँदै गरेको जानकारी गराएको बताए ।बालुवाटार बैठकमा प्रचण्डले पहिलो चरणमा आफू प्रधानमन्त्री बन्न पाउनुपर्ने अडान नछाडेको बैठकमा सहभागी कांग्रेस नेता रामचन्द्र पौडेलले जानकारी दिए ।

आफ्नो नाममा सहमति हुन नसकेपछि उनी बैठक छाडेर हिँडेको पौडेलले बताए ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल बालुवाटारबाट बाहिरिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकबाट नेपाल निस्किएका हुन् ।

बैठकमा के निर्णय गरियो भन्ने खुलाइएको छैन । नेपालभन्दा अगाडि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निस्किएका थिए ।उता राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन एमाले अध्यक्ष केपी ओलीको निवास बालकोट पुगेका छन् ।

ओलीलाई भेट्न लिङदेन आइतवार दिउँसो बालकोट पुगेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दाबी पेश गर्न दिएको समयसीमा सकिन लाग्दा राजनीतिक दलहरूबीच छलफल तथा भेटवार्ताले तीव्रता पाएको छ । सत्तारुढ गठबन्धनबीच सहमति नभएपछि अन्य राजनीतिक दलहरूबीच पनि छलफल शुरु भएको छ ।

उता सरकार निर्माणबारे छलफल गर्न बालुवाटारमा बसेको सत्ता गठनबन्धनको बैठक निष्‍कर्षबिहीन भएको छ। प्रधानमन्त्री नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अडान राखेपछि बैठक निष्कर्षबिहीन पुगेको हो।

अब कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरुको आन्‍तरिक छलफलपछि पुन: बैठक बस्ने सरकारका प्रवक्ता तथा सूचना, प्रविधि तथा संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएर। पहिलो पालीमै प्रधानमन्त्री आफूले पाउनुपर्ने अडान राखेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड छलफल नसकिदै बालुवाटारबाट बाहिरिएका थिए।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री दाबी गर्न आज ५ बजेसम्मको समय तोकेकी छन्। बहुमत पुर्‍याउने दलले आज ५ बजेभित्र दाबी पेस गर्नुपर्नेछ। धारा ७६ (१) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्न कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएपछि धारा ७६(२) बमोजिम राष्ट्रपतिले आह्वान गरेकी हुन्। तर समयसीमा घर्कदै जाँदा सत्ता बाँडफाडको टुंगो लागेको छैन । कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवैमा दाबी गर्दै आएको छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment