Latest
img

यस्तो बन्दैछ बालकोट गठबन्धन

काठमाडौं । सत्ता गठबन्धनमा कुरा मिल्न नसकेपछि सरकार गठनका लागि अर्को नयाँ चरणको समीकरण तयारी भएको छ ।त्यसका लागि अहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा छलफल सुरु भएको छ ।चार दलका शीर्ष नेताको बैठक सुरु भएको हो ।

जसमा नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी रहेका छन् ।राष्ट्रपतिसहित सबै निकायमा हुने नियुक्ति र चुनावी प्रक्रिया पहिले नै बाँडफाँटमा सहमति गर्ने तयारीस्वरुप छलफल सुरु भएको हो ।तर यो गठबन्धनमा भने नेकपा एकीकृत समाजवादी भने सहभागी हुने सम्भावना तत्कालका लागि कम भएको स्रोत बताउँछ ।

चार दलबीच सहमति कायम भएमा बहुमत पुग्ने देखिन्छ । बहुमतका लागि १३८ सांसद आवश्यक भए पनि अहिले चार दलबीच सहमति कायम भएमा १४४ पुग्ने देखिन्छ ।उता नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पाँच दलीय गठबन्धन टुटेको बताएका छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा भएको बैठकमा अब गठबन्धन नरहने जानकारी दिँदै बाहिरिएको कांग्रेस नेता पौडेलले बताए ।विगत दुई वर्षदेखि कायम रहेको पाँच दलीय गठबन्धन अब नरहेको पौडेलको भनाइ छ । विगत केही दिनयता कांग्रेस नेता पौडेल गठबन्धन जोगाउन दौडधुप गरिरहेको थिए ।

पौडेलले गठबन्धन देशको आवश्यकता रहेको भन्दै त्यो आफूहरुका हातमा नरहेको प्रतिक्रिया दिए ।यासैभ्चिह सरकार बनाउन नेकपा एमालेले प्रस्ताव गरेपछि राप्रपाले आकस्मिक बैठक बोलाएको छ। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले अध्यक्ष ओलीलाई भेटेर फर्केपछि बैठक बोलाएका हुन्।

एमाले अध्यक्ष ओलीले अन्तिम समयमा सरकार बनाउनुपर्ने भएकाले सहयोग गर्न आग्रह गरेका छन्। झापाबाट काठमाडौं आएका लिङ्देन सिधै बालकोट पुगेका थिए। बालकोटमा १३८को आँकडा पुर्‍याउने छलफल भए पनि उनी फर्केर पार्टी बैठकमा सहभागी भएका हुन्।

राप्रपा सरकारमा नजाने तर अन्तिममा सरकार नै बन्न नसकेमा आफूहरुले सहयोग गर्ने भन्दै आएका थियो। राप्रपाका एक महामन्त्रीले पार्टीको छलफल सुरु भएको र सरकारमा जाने वा नजानेबारे निर्णय लिने बताए। एमालेसँग तालमेल गरेर मंसिर ४ गतेको निर्वाचनमा राप्रपाले भाग लिएको थियो। राप्रपासँग १४ सिट रहेको छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment