Latest
img

बालकोटमा सीके राउतको इन्ट्री

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउत नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् ।अहिले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायत नेता पनि बालकोटमै छन् ।

“प्रचण्डजीले बोलाएर कुरा बुझ्न आएको हुँ,” राउतले सञ्चारकर्मीसित भने, “कुरा बुझेपछि तपाईंहरूलाई बताउनेछु ।”नयाँ सरकारका विषयमा छलफल गर्न केही बेरअघि राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन र जसपाका नेता अशोक राई पनि बालकोट पुगेका थिए ।

उता नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले हठ, हतारो र आवेगमा कुनै निर्णय नगर्न आग्रह गरेका छन् ।गठबन्धनबाट सरकार बनाउँदा कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै नछाड्ने अडान लिएपछि माओवादीका अध्यक्ष प्रचण्डले गठबन्धन छाडेर हिँडेपछि महामन्त्री शर्माले यस्तो आग्रह गरेका हुन् ।

प्रचण्ड अहिले एमालेसँग संवादका लागि केपी शर्मा ओली निवास बालकोटमा छन् ।सत्ता गठबन्धनका शीर्ष नेताहरुलाई आह्वान गर्दै शर्माले लेखेका छन्, ‘हठ, हतारो र आवेगमा कुनै निर्णय नगरौं । आलोचनाबीच गठबन्धन गर्ने, तर अपेक्षाको बीचमा जोगाउन नसक्ने अवस्था आउन दिनुहुन्न ।

समयले अभिभावकत्व खोजेको छ । यो पनि र त्यो पनि भनिरहँदा, न यो न त्यो हुने अवस्थामा पुग्नु हुन्न ।’आलोचनाबीच गठबन्धन बनाउने तर अपेक्षाको बीचमा जोगाउन नसक्ने अवस्था आउन दिन नहुने उनको भनाइ छ । उनले विकल्पहरुको विकल्पमा जुट्नुको विकल्प नभएको प्रष्ट्याएका छन् ।

उता नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली राजनीति र हालै सम्पन्न विश्वकप फुटबल उस्तै रोमाञ्चक रहेको टिप्पणी गरेका छन् ।आइतबार दिउँसो माओवादी केन्द्रका अध्यक्ष नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आयोजित ४ दलको बैठकमा

सहभागी भएपछि बाबुरामले यस्तो टिप्पणी गरेका हुन् ।उनले लेखेका छन्, ‘हालै सन्पन्न वर्ल्डकप फुटवलको फाइनल र नेपाली राजनीतिको खेल आज ‘टाइब्रेकर’ सम्मै उस्तै रोमान्चक हुन लागेको हो ?’

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment