Latest
img

Breaking: प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति, साढे दुई वर्षपछि नेतृत्व फेरिने

काठमाडौँ — एमाले लगायतका दलले नयाँ सत्ता समिकरण गर्दै माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने सहमति गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आइतबार बसेको बैठकले दाहाललाई आधाकार्यकालका लागि प्रधानमन्त्रीको रुपमा अघि सारेको हो ।

साढे २ वर्षपछि एमालेले प्रधानमन्त्री लिनेछ ।बैठकमा सहभागी माओवादी नेता वर्षमान पुनका अनुसार दाहाललाई प्रधानमन्त्रीमा अघि सार्दै राष्ट्रपतिसमक्ष आइतबारै दाबी पेश गर्ने सहमति छ ।दाहाललाई एमालेका ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपा १२ र अन्य साना दलको समेत समर्थन जुटेको बताइएको छ ।

सिके राउत नेतृत्वको जनमत पार्टीले पनि नयाँ गठबन्धनलाई सघाउने छ । जनमत पार्टीका महासचिव चन्दन सिंहले सरकार बनाउने प्रक्रियामा आफूहरुले समर्थन गर्ने बताए । जनमत पार्टीका ६ जना सांसद छन् ।यस्तै, नागरिक उन्मुक्ति पार्टी पनि जोडिनेछन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीका लागि दाबी पेश गर्न दलहरुलाई दिएको समयसीमा आइतबार ५ बजे सम्मका लागि छ ।२०७७ पुस १० गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल माइतिघरस्थित सडकमै बसेका थिए।

उनीहरुले छातिमा टाँसिएको थियो- हामी यहाँ छौं। उनीहरुले तत्काली नेकपाका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध आन्दोलन गरेका थिए।ओलीले पुस ५ गते संसद् विघटन गरेर चुनाव घोषणा गरेपछि उनीहरुको प्रतिवाद थियो। प्रतिनिधि सभा विघटनको विरोधमा प्रचण्ड–नेपाल समूहका रुपमा उनीहरुले माइतीघरबाट आन्दोलन सुरु गरेका थिए।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधवकुमार नेपाल समूहको कमिटी बैठकले ओलीबिरुद्ध सशक्त आन्दोलन गर्ने निर्णय गर्दै सडक तताएको थियो।यो बीचमा प्रचण्डले ओलीविरुद्ध आन्दोलन गरे। उनलाई सत्ताबाट बाहिर पारेर नेपाली कांग्रेसका सभापति शेबरहादुर देउवालाई सत्तारोहण गराए।

कांग्रेससँगै मिलेर एमालेविरुद्ध चुनाव लडे। आज २०७९ पुस १० गते। माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ओलीनिवास बालकोट पुगेका थिए ।तर, नयाँ सरकारका लागि कांग्रेससँग कुरा नमिलेपछि प्रचण्डले नयाँ समिकरणको लागि बलकोट पुगेका थिए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment