Latest
img

सुरक्षाकर्मीलाई ‘झुठो मुद्दा’ लगाएर थुनाउने मन्त्रीको राजीनामा ?(सहि वा गलत)

काठमाडौं –

नेकपा (एकीकृत समाजवादी) पार्टीले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठको राजीनामा माग्ने तयारी गरेको छ ।

ठमेलको छाँया सेन्टरमा रहेको ‘भिएफएस ग्लोबल’ मा भिसा आवेदनको लागि बायोमेट्रिक्स दिन जाने क्रममा मन्त्री श्रेष्ठले

‘लाईनमा बस्नुहोस भन्ने’ सुरक्षाकर्मी शेरजंग गुरुङलाई अभद्र व्यवहारको नाममा पक्राउ गर्न लगाएको भन्दै उनको आलोचना भएको छ ।

सामाजिक सञ्जालदेखि मूलधारका मिडियामासम्म उनको कार्यशैलीको आलोचना भैरहेको छ ।

चुनावको मुखमा पार्टीबाट सरकारमा प्रतिनिधित्व गरेका जिम्मेवार नेताले यस्तो हर्कत देखाउँदा पार्टीलाई क्षति हुने भन्दै पार्टीका शीर्ष नेताहरुले उनको राजीनामा माग्नुपर्ने सुझाव दिएका छन् ।

अध्यक्ष माधवकुमार नेपालमाथि अहिले मन्त्री श्रेष्ठको राजीनामा माग्नुपर्ने दबाब छ ।

सुरक्षा गार्डले आफ्नो ड्युटी निभाएकोमा मन्त्रीले आफ्नो पावरको दुरुपयोग गरेको भन्दै आलोचना भैरहेको छ ।

गुरुङलाई मन्त्री श्रेष्ठकै ठाडो निर्देशनमा थुनामा राखिएको चर्चा पनि छ ।

यद्धपी उनले आफूले भन्दापनि आफ्नो सुरक्षामा खटिएका अधिकारीले नै उजुरी गरेर गुरुङलाई पक्राउ गराएको दाबी गरेका छन् ।

लोकतान्त्रिक गणतन्त्रमा मन्त्रीले यस्तो हर्कत देखाउनु लोकतन्त्रकै उपहास भएको कतिपयको टिप्पणी छ ।

कतिपय संघ तथा संस्थाहरुले पनि मन्त्री श्रेष्ठको राजीनामा माग्ने घोषणा गरेका छन् ।

नेपालका चार वटै पुर्व सुरक्षा संगठनका उच्च पदस्थ व्यक्तिहरुले पनि आज उनको राजीनामा माग्ने बताईएको छ ।

आफ्नो बारेमा सार्वजनिकस्थल तथा सामाजिक सञ्जालमा विरोध भइरहेको जानकारी गराउँदै श्रेष्ठले भौतिक आक्रमण समेत हुनसक्ने भन्दै

केही सुरक्षाकर्मी थपिदिन मन्त्री श्रेष्ठले आग्रह गरेका गृहमन्त्रालयका एक अधिकारीले बताए।

नियम पालना गराउने सुरक्षा गार्डलाई पक्राउ गरिएपछि मन्त्री श्रेष्ठको चौतर्फी आलोचना भएको छ।

शेरजंग गुरुङविरुद्ध उजुरी दिएर पक्राउ गराएपछि आम नारिककाे आक्रोश र आलोचनाको सिकार बनेका मन्त्रीले

आफूमाथि भौतिक आक्रमण समेत हुनसक्ने निष्कर्ष निकाल्दै थप सुरक्षा माग गरेको गृह स्रोतले बताएको हो।

अहिले मन्त्री श्रेष्ठसँग दुई जना सुरक्षाकर्मी छन्। उनीहरू सेना र प्रहरीबाट खटिएका अङ्गरक्षक हुन्। मन्त्री श्रेष्ठले केही समयको लागि थप दुईतीनजना सुरक्षाकर्मी मागेको गृह स्रोतले जनाएको छ।

गृहका ती अधिकारीले भने, ‘‘अहिले आफ्नाविरुद्धमा सबै जना विरोधमा उत्रिएकाले गाह्रो परेको मन्त्रीज्यूले बताउनुभयो।

चुनावी माहौल तातेकाले भिडभाडमा जानुपर्ने, सभा सम्मेलनमा जानुपर्ने हुँदा असुरक्षा हुनसक्ने आकलन गर्नुभयो। तत्कालका लागि थप दुई, तीनजना सुरक्षाकर्मी माग्नुभएको छ।’’

शुक्रबार बिहान मन्त्री श्रेष्ठ श्रीमती, मन्त्रालयका कर्मचारी, सेना र प्रहरीबाट खटिएका अङ्गरक्षकसहित ठमेलस्थित क्यानेडियन भिसा सेन्टरमा गएका थिए।

जाहेरीमा मन्त्रीमाथि सुरक्षा गार्डले दुर्व्यवहार गरेको भनिए पनि प्रहरी र मन्त्रीका दाबी पुष्टि हुने प्रमाण देखिँदैन।

सरकारी सुरक्षाकर्मीसहितका मन्त्रीलाई एकजना सामान्य सुरक्षागार्डले कसरी दुर्व्यवहार गरे भन्दै आलोचना भइरहेको छ।

 

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment