Latest
img

सांसद पद त्यागेको २४ घण्टा नबित्दै राजेन्द्र लिङ्देनले गरे ठूलो घोषणा:ओलिइलाइ झट्का, हल्लियो बालकोट !

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका एक्लो सांसद रहेका पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आइतवार अब संसद्मा नफर्कने भन्दै आफ्नो अन्तिम सम्बोधन गरेको बताएका थिए।

उनले यस प्रकारको अनैतिक काममा सहभागी हुन कमसेकम मेरो आत्माले मानेन भन्दै आफ्नो तलबभत्ता समेत नपठाउन

सभामुखलाई भनेका थिए।दलहरूले मङ्सिर ४ गते हुने निर्वाचनको प्रयोजनका लागि असोज २ र ३ गते समानुपातिक उम्मेदवारको नामावली सूची पेस गर्नुपर्ने मिति तोकिएको छ।

निर्वाचन कार्यक्रम घोषणा भइसकेको अवस्थामा सरकार कामचलाउ हैसियतमा हुने कतिपय विज्ञहरूको भनाइ छ।

उनीहरूले कामचलाउ सरकारले निर्वाचन आयोगको अनुमतिमा अत्यावश्यक बाहेकका कामकारबाही गर्न नहुने बताएका छन्।

एमालेका सांसद गोकुल बाँस्कोटाले निर्वाचनको अघिल्लो दिनसम्म कुनै संवैधानिक सङ्कटका लागि संसद् कायम राख्ने कुरा ठिक भए पनिू त्यो चुनावपछि कायम राख्न नहुने बताए।

उनले भने, जागिरको निरन्तरताका रूपमा आउने कुरा मिल्दैन। दुइटा उम्मेदवार हुँदैनन्।

माओवादी सांसद यशोदा गुरुङ सुवेदीले चुनावका बेला संसद्को फुली लगाएर जाने वा नजाने भन्ने कुरा निर्वाचन आयोगले निर्णय गर्ने बताइन्।

संविधानले संसद्लाई अविच्छिन्न सभाको रूपमा लिएको देखिन्छ।

जसले गर्दा यो कार्यकाल अब आउने संस्थालाई हस्तान्तरण गर्ने गरी बन्न जरुरी थियो, उनले भनिन्।

नयाँ सांसदले शपथग्रहण गर्दा पुराना सांसदको समय सकिने कुरा असाध्यै जायज छ।

निर्वाचन घोषणा भइसकेपछि संसद् जीवित भइराख्नु उपयुक्त नहुने आफ्नो दलको धारणा रहेको राप्रपाका लिङ्देनले बताए।

“त्यसमाथि प्रजातन्त्रमा विश्वास राख्ने राजनीतिक दलहरूले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित बनाउनका लागि

सरकार समेत चुनावी सरकारमा परिणत गर्दा… उपयुक्त हुन्छ भन्ने धारणा थियो,“ उनले भने।

“संसद्को आयु मङ्सिर ४ गतेपछि पनि कायम राख्ने भन्ने ढङ्गको निर्णय गर्ने प्रक्रियाहरू प्रारम्भ भएका छन् त्यसले मलाई असाध्यै लज्जित र दुखित तुल्यायो।“

उनले आइतवारबाट “सांसदको रूपमा उपस्थित नहुने“ भन्दै सभामुखलाई “आफ्नो नाममा पठाइने तलब, भत्ता, सुविधा समेत रोक्का गरियोस्“ भनेका थिए।

तर उनले संसद्मा ’सबै कुरा त्याग गर्ने’ बताए तापनि राजीनामा शब्द भने प्रयोग गरेका थिएनन्।

यसैबीच, सांसद पद त्यागेको २४ घण्टा नबित्दै उनले अर्को ठूलो घोषणा गरेका छन् ।

उनको घोषणाले नेकपा एमाले मुख्यतः केपी ओली निवास बालकोट तरंगित बनेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष लिङ्देनले आधारभूतरुपमा कसैसँग पनि गठबन्धन नहुने बताएका छन् ।

राप्रपा बाँकेले सोमबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष लिङ्देनले आफ्नो पार्टीले आवश्यकताअनुसार

जिल्ला तहमा अन्य दलसँग तालमेल गरेर जाने नीति लिएको उल्लेख गर्दै राष्ट्रियताका सवालमा नेकपा एमाले राप्रपासँग नजिक भएको बताए ।

उनले तालमेलबाट बढी सिट ल्याउनेभन्दा पनि जनतासँगको सम्बन्धबाट नै बढी सिट ल्याउने अपेक्षा भएको स्पष्ट गरे ।

चुनाव घोषणा भएपछि सबै समान ढङ्गले चुनाव लड्नुपर्नेमा जोड दिँदै उहाँले अहिलेको संसद् विघटन गर्न माग गरे ।

 

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment