Latest
img

अब एमालेसँग लामो सहकार्य : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवाले एक साता अघि भएको सहमतिमाथी धोका दिएपछि गठबन्धन टुटेको बताउनुभएको छ ।आइतबार विहानसम्म प्रचण्ड, कांग्रेस सभापति समेत रहनुभएका देउवासँग वार्ता भएको थियो ।

राष्ट्रपति र प्रधानमन्त्री दुबै पद छाड्न देउवा तयार नभएपछि माओवादीले एमालेसँग सहकार्य रोजेको छ ।माओवादी केन्द्र र एमालेबीच आलोपालो प्रधानमन्त्री र सभामुख र पहिलो चरणमा प्रचण्डले सरकारको नेतृत्व गर्ने सहमति भएको छ । राष्ट्रपति भने एमालेलाई दिने सहमति छ ।

प्रचण्डले देउवा एक साताअघि मात्र भएको सहमतिमा टिक्न नसकेका कारण यस्तो निर्णय लिन बाध्य भएको बताउनुभएको छ ।‘आजभन्दा ठीक एक साताअघि मेरो देउवाजीसँग पहिलो चरणको नेतृत्व मैले गर्ने, दोस्रो चरणको उहाँले गर्ने सहमति भएको थियो,’ उहाँले भन्नुभयो, हिजो आएर उहाँले मलाई असाध्यै ठूलो दबाव भयो ।

पार्टीभित्र र साथीहरुलाई मनाउन सकिनँ । त्यसैले त्यो सहमति कार्यान्वयन गर्न सक्दिन भन्नभयो ।’देउवा सहमतिमा नटिकेपछि नयाँ परिस्थिति बनेको उहाँले बताउनुभयो । प्रचण्डले भन्नुभयो, ‘गठबन्धन तोड्ने हाम्रो उद्देश्य थिएन । तर कांग्रेस इमान्दार भएको देखिएन ।’ अब एमालेसँग सहकार्य गर्दै अघि बढ्ने र यो लामो यात्रा हुने उहाँको भनाई छ ।

यसैबीच प्रचण्डलाई बधाई दिँदै डा. बाबुराम भट्टराईले अतिले खति गर्छ भन्ने कांग्रेस नेतृत्वले बुझोस् भन्नु भएको छ ।उहाँले लेख्नुभएको छ, ‘नयाँ राजनीतिक समीकरणको तर्फबाट संविधानको धारा ७६(२) बमोजिम प्रधानमन्त्रीका लागि राष्ट्रपति समक्ष सिफारिस हुनुभएका प्रचण्डलाई हार्दिक वधाइ !

अतिले खति गर्छ भन्ने कांग्रेस नेतृत्वले बुझोस् !’सरकारको पाँच वर्षे कार्यकालको पहिलो साढे दुई वर्ष प्रधानमन्त्री बन्ने प्रचण्डको मागलाई शेरबहादुर देउवाले अस्वीकार गरेपछि प्रचण्डले नेकपा एमालेसँग हात मिलाएका हुन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment