Latest
img

उपप्रधानमन्त्रीसहित गृह या भौतिक मन्त्रालय राष्टिय स्वतन्त्र पार्टीलाई

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले उपप्रधानसहित गृह मन्त्रालय दाबी गरेको बताएका छन्। गठबन्धनको बैठकमा आफूले उक्त दाबी गरेको उनको भनाइ छ। आफू सरकारमा सहभागी हुने पक्का भएको जानकारी दिँदै मन्त्रालय टुंग्याउने जिम्मा भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको बताए।

उनले भने, ‘मेरो दाबी उपप्रधानसहित गृह मन्त्रालयमा हो।’ उनले नयाँ शक्तिहरूले सरकार बनाउने अवस्था नरहेकोले अरूलाई समर्थन गर्नुपरेको पनि बताए।रास्वपाले पनि सरकारको नेतृत्व गर्ने प्रस्ताव यसअघि राखेको उनको भनाइ थियो। उनले आफूले पाएको जिम्मेवारी पूरा गर्ने पनि बताएका थिए।

प्रतिनिधि सभामा रास्वपाबाट २० जना सांसद छन्।नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज शपथ लिँदैछन्। शपथसँगै प्रधानमन्त्रीले सानो आकारमा मन्त्रिमण्डल बनाउने तयारी गरेको पनि लामिछानेले जानकारी दिए।एमाले–माओवादीसहित ७ दलको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले सोमबार पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

प्रधानमन्त्रीको शपथलगत्तै केही मन्त्रीको पनि शपथको तयारी गरिएको छ ।उता जनमत पार्टीका अध्यक्ष सिके राउतले आफू मन्त्री नबन्ने बताएका छन्। आफ्नो पार्टीबाट कुनै एकलाई सरकारमा पठाउने बताए। आफ्नो पार्टीबाट अर्को कुनै योग्यलाई पठाउने बताए। उनले व्यंग्य गरे, ‘म त मन्त्री त के सांसद बन्न पनि योग्य छैन।

हाम्रो पार्टीबाट कोही योग्य मन्त्री जानुहुन्छ।’उनले आफ्नो पार्टीमा धेरै काम रहेकाले अर्कैलाई पठाउने तयारी गरेको बताए। यसअघि उनी आफैं जान खोजिरहेका थिए। शक्ति बाँडफाँटको केन्द्रमा रहेको प्रधानमन्त्री पद टुङ्गिएसँगै अब यो गठबन्धनले राष्ट्रपति, सभामुख, उपसभामुख, रिक्त रहेको राष्ट्रिय सभा उपाध्यक्ष,

७ प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीहरु गरी १४ जना, प्रदेश सभाका सभामुख र उपसभामुख सहित १४ जना लगायत करिब ३ दर्जन पदहरुको बाँडफाँड टुङ्ग्याउनुपर्ने छ। नयाँ बनेको सत्ता गठबन्धनभित्र राष्ट्रपति र सभामुख पद गठबन्धनको ठूलो दल एमालेले लिने सहमति भएको नेताहरुले बताएका छन्।

अब उपराष्ट्रपति, उपसभामुख, राष्ट्रिय सभाको उपाध्यक्ष लगायत अन्य पदहरुको बाँडफाँटमा दलहरुको रस्सकस्सी हुने देखिन्छ। संघमा बन्ने सरकारको स्वरुपसँगै प्रदेशमा पनि यहि गठबन्धनबाटै सरकार बन्ने निश्चित छ। प्रदेशहरुको संसदीय अङ्कलाई हेर्ने हो भने माओवादी केन्द्रले कम्तीमा २ प्रदेशको नेतृत्व गर्ने देखिन्छ भने बाँकी ५ वटा प्रदेशको नेतृत्व एमालेले गर्ने देखिन्छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment