काठमाडौँ —
पछिल्लो समय सत्तागठबन्धनले जबर्जस्ती बहुमतको आडमा देशभरबाट व्यापक विरोधका बीच फेरि पनि जस्ताको तस्तै नागरिकता विधेयकलाई शीतलनिवास पुर्याइदिएको छ ।
अब शीतलनिवासको भूमिका के हुन्छ भन्ने चासो आमरुपमा देखिएको छ ।
घुमिफिरी जस्ताको तस्तै सर्वाधिक विवादमा रहेको नागरिकता विधेयक फेरि राष्ट्रपति विद्यादेवी भण्डारीको टेबलमा आइपुगेको छ ।
राष्ट्रपति भण्डारीबाट पुनर्विचारका लागि संसद्मा फिर्ता भएको नागरिकता विधेयक जस्ताको तस्तै पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पुगेको हो ।
राष्ट्रिय सभा र प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित भएको नगारिकता विधेयक सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाइएको हो ।
प्रतिनिधिसभाको विधायन व्यवस्थापन समितिका एक अधिकारीका अनुसार नागरिकता विधेयक प्रमाणीकरणका
लागि सोमबार राष्ट्रपति कार्यालय पठाइएको हो । सभामुखबाट प्रमाणित भएपछि नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिको कार्यालयमा पठाइएको छ ।
सोमबार साढे ५ बजे राष्ट्रपति कार्यालयमा विधेयक पठाइएको हो, ती अधिकारीले भने ।
नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधना गर्न बनेको विधेयक प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भएपछि राष्ट्रपति भण्डारीले पुनर्विचार
गर्नुपर्ने भन्दै संसद्मा फिर्ता गरेकी थिइन् । राष्ट्रपति भण्डारीले आफूलाई प्राप्त विधेयक १४ दिन अध्ययन गरेर साउन २९ गते संसद्मा नै फिर्ता गरेकी थिइन् ।
यसैबीच, यता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले राष्ट्रपति भण्डारीलाई खतरनाक धम्की दिएका छन् ।
राष्ट्रपतिले एनिहाउ यो विधेयकलाई प्रमाणिकरण गर्नैपर्ने नत्र..भन्दै प्रचण्डले धम्की दिएका हुन् ।
उनले नागरिकता विधेयक यस पटक राष्ट्रपतिले प्रमाणीकरण गर्नैपर्ने बताएका छन् ।
सोमबार जनकपुरधाममा मधेस प्रदेशमा रहेका माओवादीका केन्द्रीय सदस्यहरुको बैठक सहभागी हुन आएका उनले संविधानतः
राष्ट्रपतिलाई एक पटकमात्र विधेयक फिर्ता गर्ने अधिकार रहेकाले अब प्रमाणीकरण हुनेमा ढुक्क रहेको बताए ।
उनले राष्ट्रपति विद्यादेवी भण्डारीले यस पटक पनि नागरिकता विधेयक प्रमाणीकरण गर्न आलटाल गरेमा अदालतमा जाने चेतावनीसमेत दिए ।
उनले भने, ‘दुवै सदनबाट पारित भएर राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि नागरिकता विधेयक गइसकेको छ,
उहाँले पारित गर्नुपर्ने हुन्छ, तर एक पटक फिर्ता गरेपछि राष्ट्रपतिले अब अर्को पटक फिर्ता गर्ने अधिकार छैन ।
Leave A Comment