काठमाडौं । नयाँ सरकारमा एमालेले थप ३ जना मन्त्रीको नाम टुंग्याएको छ ।जसमा प्रदेश १ बाट राजेन्द्र राई, मधेशबाट ज्वालाकुमारी साह र सुदूरपश्चिमबाट दामोदर भण्डारी रहेका छन् ।राईले ७४ र यो चुनावमा धनकुटामा क्लीनस्वीप गराएका छन् ।
साह बारा ३ मा गठबन्धनसँग एक्लै लडेर चुनाव जितेकी हुन् । त्यस्तै सुदूरपश्चिममा दुई सीट जितेको एमालेले बैतडीबाट निर्वाचित भण्डारीलाई पनि सरकारमा पठाउने भएको हो ।एमालेबाट विष्णु पौडेल, माओवादीबाट नारायणकाजी श्रेष्ठ र रास्वपाबाट रवि लामिछाने उपप्रधानमन्त्री निश्चित भइसकेको छ ।
यी सबै मन्त्रीले प्रधानमन्त्रीसँगै शपथ लिनेछन् ।नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्री बन्ने भएका छन्। नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज अपरान्ह ४ बजे शपथ लिएसँगै मन्त्री श्रेष्ठले पनि शपथ लिने कार्यक्रम छ।
प्रचण्डले आजै सानो आकारमा मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका छन्। माओवादी उपाध्यक्षसमेत रहेका श्रेष्ठ राष्ट्रिय सभा सांसद हुन्। माओवादीका एक नेताले दिएको जानकारीअनुसार श्रेष्ठ उपप्रधान र परराष्ट्र मन्त्री बन्ने सहमति भएको छ। नेकपा एमालेले उपाध्यक्ष विष्णु पौडेललाई अर्थमन्त्रीमा पठाउने भएका छ ।
संसद भवन, बानेश्वरमा बसेको सत्ता साझेदार दलहरुको बैठकमा एमालेले यस्तो सहमति गरेको हो ।लामिछानेले गृह मन्त्रालयमा दाबी गरेका छन्। यद्यपी, उनले पाउने मन्त्रालय टुंगो लागेको छैन। मन्त्रालय भागबण्डाका लागि सातदलीय गठबन्धनको बैठक अहिले जारी छ।
राप्रपा र नागरिक उन्मुक्ति पार्टीले सरकारलाई समर्थन गरे पनि तत्काल सरकारमा सहभागी नहुने निर्णय गरिसकेका छन्।
Leave A Comment