Latest
img

Breaking: उपप्रधानमन्त्री सहित रबि लामिछाने गृहमन्त्री बन्ने पक्का

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री बन्ने पक्का भएको छ । रविको सचिवालयका दिपक बोहोराका अनुसार लामिछानेले गृह मन्त्रालय पाउने निश्चित भएको हो । उनले भने, ‘नारायणकाजी र रविजीले गृहमन्त्रीमा दाबी गर्नुभएको छ ।

तर, अब नारायणकाजीले परराष्ट्र रोजेपछि उहाँले गृहमन्त्रालय पाउने पक्का भएको हो ।’नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । राष्ट्रपति निवास शीतल निवासमा अहिले ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई पद तथा गोपनीयतको शपथ दिलाउनेछिन् ।

तेस्रोपटक प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई नेकपा एमालेसहितका दलहरूको समर्थन छ । आजै प्रचण्डले सानो आकारको मन्त्रिपरिषद्समेत गठन गर्नेछन् । प्रधानमन्त्रीको शपथपछि तीन जना उपप्रधानमन्त्रीले शपथ लिने बताइएको छ ।

पावर शेयरिङबारे सोमबार बसेको सत्ता गठबन्धनको बैठकमा तीन जना उपप्रधानमन्त्री रहने टुंगो लागेको हो । एमालेबाट उपाध्यक्ष विष्णु पौडेल, माओवादीबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री हुने पक्का भएको छ ।

एमालेका पौेडेल अर्थ र माओवादीका श्रेष्ठ परराष्ट्रमन्त्री र रबि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री बने पक्का भैसकेको छ ।त्यस्तै एमालेबाट धनकुटाबाट निर्वाचित सांसद राजेन्द्र राई पनि मन्त्री हुने जनाइएको छ । उता अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको बताएका छन् ।

आफ्नो कार्यकाल सम्पन्न गरी बिदाई हुन लागेका शर्माले सोमबार अर्थमन्त्रालयमा पत्रकार सम्मेलन गर्दै यस्तो बताएका छन् ।यसबीचमा रुस–युक्रेन युद्धका कारण मूल्य र आपूर्तिमा चाप परेको उनले बताए । यसबाट नेपालको मुद्रास्फीतिलाई समेत प्रभाव परेको उनले बताए । आयातमा प्रतिबन्ध, मार्जिन लगाइएको र निर्वाचनका कारण राजस्वमा भने उनले चाप रहेको स्वीकार गरे ।

राजस्व कमी हुँदा चुनौती यथावत रहेको उनले बताए ।वित्त र मौद्रीक नीतिबीच सन्तुलन चाहिने भन्दै उनले त्यसो गर्न नसक्दा अर्थतन्त्रमा समस्या आउने आफूले महसुस गरेको उनको भनाइ छ । यसलाई सन्तुलन गर्ने प्रत्यत्न गरिएको शर्माले बताए । यसमा राष्ट्र बैंकसँग निरन्तर छलफल गरिएको उनको भनाइ छ ।

ब्याजदर वृद्धि र मागमा आएको संकुचनले बजारमा देखिएको समस्या समाधान गरी चलायमान गरी ऋण प्रवाह आवश्यक रहेको उनको तर्क छ ।कात्तिक मसान्तसम्म १८ प्रतिशतले आयात र व्यापार घाटा १६ प्रतिशत कम भएको उनले उल्लेख गरे । शोध नान्तर स्थिति २० अर्बले बचतमा रहेको जानकारी गराउँदै विप्रेषण आप्रवाहमा समेत सुधार भएको जानकारी गराए ।

विदेशी मुद्राको सञ्चितिमा समेत उनले सुधार भएको बताए । पूँजीगत खर्च बढेको र आयातको प्रतिवन्ध बढेको भन्दै अब अर्थतन्त्रका धेरै समस्या हल हुँदै जाने उनको तर्क छ ।वर्तमान बजेटले कृषिमा विशेष जोड दिएको भन्दै शर्माले अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन भूमिका खेल्ने उनको तर्क छ ।

रोजगारी सिर्जनामा समेत जोड दिइएको उनले बताए । उनले विभिन्न पूर्वाधार परियोजनाबारे समेत उल्लेख गरेका छन् । वैदेशिक सहायता प्राप्तिमा समेत उल्लेख्य प्रगति गरेको उनले बताए । आर्थिक वृद्धिका लक्ष्य प्राप्त हुने उनको भनाइ छ ।अर्थतन्त्रलाई ठूल्ठूला परिघटनाबाट परेको प्रभावबाट बचाउँदै अगाडि बढाउन सफल भएको उनको भनाइ छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment