Latest
img

नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री, विष्णु पौडेल अर्थ र रवि लामिछाने गृहमन्त्री, सपथ केही बेरमा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री बन्ने पक्का भएको छ । रविको सचिवालयका दिपक बोहोराका अनुसार लामिछानेले गृह मन्त्रालय पाउने निश्चित भएको हो । यसअघि नारायणकाजीलाई गृह मन्त्रालय दिने सहमति भए पनि लामिछानेले गृहमा दाबी नछोडेपछि अन्त्यमा प्रधानमन्त्री प्रचण्डले परराष्ट्र मन्त्रालय लिन आग्रह गरेका हुन्।

तर, अब नारायणकाजीले परराष्ट्र रोजेपछि उहाँले गृहमन्त्रालय पाउने पक्का भएको हो ।’नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । राष्ट्रपति निवास शीतल निवासमा अहिले ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई पद तथा गोपनीयतको शपथ दिलाउनेछिन् ।

तेस्रोपटक प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई नेकपा एमालेसहितका दलहरूको समर्थन छ । आजै प्रचण्डले सानो आकारको मन्त्रिपरिषद्समेत गठन गर्नेछन् । प्रधानमन्त्रीको शपथपछि तीन जना उपप्रधानमन्त्रीले शपथ लिने बताइएको छ ।

पावर शेयरिङबारे सोमबार बसेको सत्ता गठबन्धनको बैठकमा तीन जना उपप्रधानमन्त्री रहने टुंगो लागेको हो । एमालेबाट उपाध्यक्ष विष्णु पौडेल, माओवादीबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री हुने पक्का भएको छ ।

एमालेका पौेडेल अर्थ र माओवादीका श्रेष्ठ परराष्ट्रमन्त्री र रबि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री बने पक्का भैसकेको छ ।त्यस्तै एमालेबाट धनकुटाबाट निर्वाचित सांसद राजेन्द्र राई पनि मन्त्री हुने जनाइएको छ । उता अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको बताएका छन् ।

आफ्नो कार्यकाल सम्पन्न गरी बिदाई हुन लागेका शर्माले सोमबार अर्थमन्त्रालयमा पत्रकार सम्मेलन गर्दै यस्तो बताएका छन् ।यसबीचमा रुस–युक्रेन युद्धका कारण मूल्य र आपूर्तिमा चाप परेको उनले बताए । यसबाट नेपालको मुद्रास्फीतिलाई समेत प्रभाव परेको उनले बताए । आयातमा प्रतिबन्ध, मार्जिन लगाइएको र निर्वाचनका कारण राजस्वमा भने उनले चाप रहेको स्वीकार गरे ।

राजस्व कमी हुँदा चुनौती यथावत रहेको उनले बताए ।वित्त र मौद्रीक नीतिबीच सन्तुलन चाहिने भन्दै उनले त्यसो गर्न नसक्दा अर्थतन्त्रमा समस्या आउने आफूले महसुस गरेको उनको भनाइ छ । यसलाई सन्तुलन गर्ने प्रत्यत्न गरिएको शर्माले बताए । यसमा राष्ट्र बैंकसँग निरन्तर छलफल गरिएको उनको भनाइ छ ।

ब्याजदर वृद्धि र मागमा आएको संकुचनले बजारमा देखिएको समस्या समाधान गरी चलायमान गरी ऋण प्रवाह आवश्यक रहेको उनको तर्क छ ।कात्तिक मसान्तसम्म १८ प्रतिशतले आयात र व्यापार घाटा १६ प्रतिशत कम भएको उनले उल्लेख गरे । शोध नान्तर स्थिति २० अर्बले बचतमा रहेको जानकारी गराउँदै विप्रेषण आप्रवाहमा समेत सुधार भएको जानकारी गराए ।

विदेशी मुद्राको सञ्चितिमा समेत उनले सुधार भएको बताए । पूँजीगत खर्च बढेको र आयातको प्रतिवन्ध बढेको भन्दै अब अर्थतन्त्रका धेरै समस्या हल हुँदै जाने उनको तर्क छ ।वर्तमान बजेटले कृषिमा विशेष जोड दिएको भन्दै शर्माले अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन भूमिका खेल्ने उनको तर्क छ ।

रोजगारी सिर्जनामा समेत जोड दिइएको उनले बताए । उनले विभिन्न पूर्वाधार परियोजनाबारे समेत उल्लेख गरेका छन् । वैदेशिक सहायता प्राप्तिमा समेत उल्लेख्य प्रगति गरेको उनले बताए । आर्थिक वृद्धिका लक्ष्य प्राप्त हुने उनको भनाइ छ ।अर्थतन्त्रलाई ठूल्ठूला परिघटनाबाट परेको प्रभावबाट बचाउँदै अगाडि बढाउन सफल भएको उनको भनाइ छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment