काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बनेपछि प्रहरीमा हलचल मच्चिएको छ । गैरराजनीतिक नयाँ मान्छे गृह प्रशासनको नेतृत्वमा आएपछि प्रहरी प्रशासनलाई उनले कसरी परिचालन गर्छन् भन्ने कौतुहला देखिएको छ ।
लामिछाने तीन वर्षअघि प्रहरीबाटै थुनिएका थिए । त्यतीबेला सर्वेन्द्र खनाल आइजिपी थिए । चितवनका तत्कालिन एसपी दानबहादुर मल्लले उनलाई थुनामा राखेका थिए । आफुविरुद्ध प्रहरीले सुनियोजित रुपमा आ’ त्मह’ त्या दु’ रुत्साहन मुद्दा दायर गरिएको उनको आरोप थियो ।
अहिले उनै प्रहरीलाई कमाण्ड गर्ने ठाउँमा पुगेका छन् ।राजनीतिमा लागेको ६ महिनामै उनी उपप्रधानसहित गृह मन्त्रालयको जिम्मेवारी पाउन सफल भएका छन् । पत्रकारिकतामा हुँदा उनले भ्रष्टाचारविरुद्ध चर्काे आवाज उठाएका थिए । अब कुर्सीमा बसेर सुधार गर्ने ठाउँमा उनी पुगेका छन् । उनले कसरी काम गर्छन् भन्ने विषय प्रतिक्षाको विषय छ ।
‘गृह प्रशासनमा सुधार गर्न सकिने विषय धेरै छन्,’ गृहका एक अधिकारी भन्छन्,‘उनले कर्मचारी र प्रहरीलाई कसरी परिचालन गर्न सक्छन् त्यो महत्वपूर्ण छ ।’राजनीतिक हस्तक्षेपले अस्तव्यस्त बनेको प्रहरीलाई लामिछानेले सही ढंगले परिचालन गर्न सके उनी सफल हुने एक उच्च प्रहरी अधिकारी बताउँछन् ।
यो पनि – इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसी प्रहरीकै अनुसन्धान टोलीको फन्दामा परेका छन्। प्रहरी प्रधान कार्यालयको निर्देशनमा काठमाडौंबाट आएको अनुसन्धान टोलीले आइतबार साँझ केसीलाई निवासबाटै नियन्त्रणमा लिएको छ।
सुन कारोबारसम्बन्धी मुद्दामा रकम असुली गरेको विषयमा अनुसन्धान गर्न भन्दै आएको प्रहरी टोलीले केसीको निवासमा खानतलासी गर्दा लाखौं नगद फेला परेको प्रहरी स्रोतको भनाइ छ। गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैँले राखेको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले उनिहरुमाथि छानबिन सुरू गरेको थियो।
केसीको निवासबाट ३५ तोला सुन र २५ लाख रुपैयाँ नगदसमेत बरामद भएको प्रहरी स्रोतको भनाइ छ। केसीले सुन नियन्त्रणमा लिई व्यापारीसँग २५ लाख रुपैयाँ मागेको आरोप छ। व्यापारीले २५ लाख रुपैयाँ बुझाए पनि सुन फिर्ता लिन नपाउँदै केसीलाई प्रहरीको छानबिन टोलीले नियन्त्रणमा लिएको हो।
यसअघि नै इलाका प्रहरी कार्यालयबाट जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भएका केसी सोमबार रमाना लिई जाने तयारी रहेकोमा काठमाडौंबाट आएको प्रहरी टोलीले नियन्त्रणमा लिएर रमाना लिन रोक लगाएको छ। करिब १३ महिना अघि केसी बुटवल आएका थिए।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक रवीन्द्र रेग्मीले केसी नियन्त्रणमा परेकोबारे आफूले पनि थाहा पाएको तर आधिकारिता बारे बुझ्न अनुसन्धान टोलीलाई भेट्न जान लागेको बताए। ‘म अनुसन्धान टोलीलाई भेट्दैछु, त्यसपछि आधिकारिक कुरा के हो भनौंला,’ रेग्मीले भने।
प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआईबीका प्रवक्ता प्रहरी उपरिक्षक कमल थापाले प्रहरी प्रधान कार्यालयको निर्देशनमा केसीमाथि एक्सन लिइएको बताए। ‘यो प्रहरी प्रधान कार्यालयबाट भएको काम हो, जिल्लामा सिआईबीले सघाएको होला,’ उनले भने।
Leave A Comment