काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सोमवार पदभार सम्हालेका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा मन्त्री पदको शपथ लिएपछि उनले सोमवार साँझ सिंहदरबारस्थित गृहमन्त्रालय पुगेर कार्यभार सम्हालेका हुन् ।प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदमा रविले उपप्रधानसहित गृहमन्त्रीको जिम्मेवारी पाएका छन् ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले ब’ लात्का’ रपछि ह’ त्या गरिएकी कञ्चनपुरकी बालिका नि’ र्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने बताएका छन् ।उनले यही नै गृहमन्त्रीको रुपमा आफ्नो पहिलो निर्णय हुने भन्दै सचिव विनोदप्रकाश सिंहलाई यसको फाइल बनाउन निर्देशन दिए ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो नागरिकताको विषयमा छानबिन गर्न प्रहरीलाई कुनै हस्तक्षेप नहुने बताएका छन् । सोमबार गृह मन्त्रालयमा पदभार सम्हालेपछि पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।‘मेरो नागरिकताको विषयमा छानबिन गर्न प्रहरीलाई मेरो सहयोग बाहेक कुनै पनि हस्तक्षेप हुँदैन,’ उनले भने ।
अन्यायमा परेका जनतालाई गृह मन्त्रालयमार्फत धेरै सहयोग गर्न सकिने भएकाले आफुले गृह रोजेको उनको बताए ।राम्रो काम गर्ने सम्झौता गरेर आफु सरकारमा आएको उनले बताए । सरकारले छिट्टै साझा अवधारणापत्र सार्वजनिक गरिने उनको भनाई छ ।मन्त्रालयलाई आफुले सिष्टमका आधारमा चलाउने उनले बताएका छन् ।
उता प्रदेश १ का मुख्यमन्त्री तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिव राजेन्द्रकुमार राईले प्रदेशमा पनि केन्द्रकै अनुसार गठबन्धन हुने बताएका छन्।सोमबार प्रदेशसभा सदस्यको शपथग्रहण लिएपछि प्रतिक्रिया दिँदै राईले आफूहरु प्रतिपक्षमा रहने सम्भावना बढी रहेको बताए।
अब बन्ने सरकारले प्रदेशको नामाकरण गर्ने कुरालाई प्राथामिकता दिनुपर्ने उनको भनाई छ। ‘नयाँ सरकारको पहिलो काम नामाकरण गर्ने हो,’ उनले भने, ‘मलाई लाग्छ प्रदेशको पहिलो वा दोस्रो संसद बैठकले नै नामाकरणको विषय टुंग्याउँछ होला।’यस्तै प्रदेशको संरचना निर्माणमा ध्यान
दिनुपर्ने उनले बताए। प्रदेशका आफ्ना कार्यालय नभएको भन्दै उनले त्यसलाई बनाउन नयाँ सरकारले काम गर्नुपर्ने बताए। अनुभूतिका हिसावले अहिलेको राजनीतिक परिवर्तन सामान्य भएपनि राजनीतिक तवरले अनौठो, आश्चर्यजनक र अनपेक्षित भएको मुख्यमन्त्री राईले बताए।
‘राजनीतिमा धेरै ठुलाठुला संघर्ष र कठिनाई झेल्दै यहाँसम्म आइपुगियो। त्यो हिसावले अहिलेको परिवर्तन सामान्य हो। यसको सामना हामी गर्न सक्छौ तर राजनीतिक तवरले यो अनौठो, आश्चर्यजनक र अनपेक्षित छ,’ उनले भने।
Leave A Comment