Latest
img

रोनाल्डोलाई जर्जिनाले दीईन उपहारस्वरुप ‘रोल्स रोयस’

काठमाडौं। फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले रोल्स रोयस ऋरस्वरुप पाएका छन्। रोनाल्डोलाई उनकी प्रेमिका जर्जिना रोड्रिगेजले रोल्स रोयस गाडि क्रिसमसको उपहार दिएकी हुन्। सोमबार रोनाल्डोले आफ्नो इन्स्टाग्रामको स्टोरिमा जर्जिनालाई सम्बोधन गर्दै ‘धन्यवाद प्रिय’ लेख्दै गाडीको फोटो सार्वजनिक गरे।

जर्जिनाले सार्वजिनक गरेको भिडियोमा भने रोनाल्डो आफ्नो छारीलाई बोकेर हिँडिरहेको देखिन्छन्। उनले गाडी देखेसँगै आश्चर्यजनक भाव प्रकट गर्दै छोरीलाई भुई पनि राखेका थिए। रोल्स रोयस श्रृङ्ख्लाको फ्यान्तम मोडेलको गाडिको मुल्य नेपाली बजारमा करिब ६ करोड १७ लाख रुपैँयाबाट सुरु हुने गर्दछ।

विश्वकपको क्वाटरफाइनलमा मोरक्कोसँग पोर्चुगल पराजित भएसँगै रोनाल्डो भावुक हुँदै मैदानबाट बाहिरिएका थिए। म्यान्चेष्टर युनाईटेडबाट बाहिरिएका रोनाल्डोले साउदी अरेबियासँग सम्झौंता गरेको प्रसङ्ग बाहिरिरहेको छ। तथापि, रोनाल्डोले सो बारे औपचारिक घोषणा गर्न बाँकी नै छ।

यो पनि – गत आइतबार कतारमा सम्पन्न फिफा विश्वकप फुटबलको गोल्डेन बल अर्जेन्टिनामा लियोनल मेस्सीले जित्नु उचित मूल्यांकन नरहेको ब्राजिलका लिजेन्ड खेलाडी रोनाल्डो नाजरियाले बताएका छन् । एक अन्तर्वार्तामा कुरा गर्दै उनले मेस्सीलाई सर्वोत्कृष्ट खेलाडीले पाउने अवार्ड गोल्डेन बल दिने फिफाको प्रविधिक समितिको आलोचना गरेका छन् ।

अर्जेन्टिनाले साबिक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गरेर ३६ वर्षपछि उपाधि जितेको थियो । निर्धारित समयको खेल ३–३ मा सकिएपछि थप समय हुँदै खेल पेनाल्टी सुटआउटसम्म पुगेको थियो ।सो खेलमा विजेता मेस्सीले १ पेनाल्टीसहित २ गोल गरेका थिए भने सुटआउटमा पनि पहिलो पेनाल्टीमा गोल गरेका थिए ।

पराजित फ्रान्सका एमबाप्पेले फाइनल खेलमा ह्याट्रिक गोल गरेका थिए । उनले पेनाल्टी सुटआउट सहित ४ गोल गरेका थिए । उनको फाइनल खेलको ह्याट्रिकले रेकर्ड बनाएको थियो । विश्वकपको फाइनल खेलमा ३ गोल गरेर पनि उनले टिमलाई हारबाट बचाउन भने सकेनन् ।

र, ब्याक टु ब्याक विश्वकप जित्ने उनको सपना पूरा हुन सकेन । तर, एमबाप्पेले जम्मा ८ गोलका साथ सर्वाधिक गोलकर्ता बनेर विश्वकपको गोल्डेन बुट जित्न सफल भए ।अर्जेन्टिनाका मेस्सीले उपाधि सहित ७ खेलबाट ७ गोल गर्दा ३ गोलमा असिस्ट गरे भने ५ खेलमा म्यान अफ् द म्याच अवार्ड जिते ।

उनका ७ गोल मध्ये ४ गोल पेनाल्टी गोल थिए । उनले विश्वकपमा एक पेनाल्टी समेत मिस गरेका थिए । उता, एमबाप्पेले फाइनल हारे पनि ७ खेलबाट एक ह्याट्रिक सहित ८ गोल गरे भने ३ गोलमा असिस्ट प्रदान गरे । उनले ३ खेमला म्यान अफ् द म्याच अवार्ड जिते ।

उनी गोल्डेन बुट विजेता बने । विश्वकपमा अर्जेन्टिनाले ५ पटक पेनाल्टी पाउँदा फ्रान्सले मात्रै दुईपटक पायो, त्यो पनि दुवै फाइनलमा । र, दुवैमा उनले गोल पनि गरे ।उपाधिलाई छाड्ने हो भने विश्वकपको समग्र प्रदर्शन र तथ्यांक हेर्दा मेस्सीभन्दा एमबाप्पे निकै उत्कृष्ट देखिन्छन् ।

तर, विश्वकपको उपाधि जितेका आधारमा उनी प्रतियोगिताको सर्वोत्कष्ट खेलाडी बन्दै गोल्डेन बल जित्न सफल भए । ब्राजिलका विश्वकप विजेता रोनाल्डोलाई भने यो निर्णय उचित लागेको रैनछ । उनले विश्वकपको गोल्डेन बलमा मेस्सीभन्दा एमबाप्पे योग्य र हकदार रहेको बताएका छन् ।

एमबाप्पेका लागि विश्वकप समूह चरणबाट फाइनलसम्म पनि मेस्सीभन्दा निकै उत्कृष्ट रहेको दाबी गर्दै मेस्सीभन्दा एमबाप्पे गोल्डेन बलका लागि धेरै योग्य रहेको धारणा राखेका छन् ।‘केलियन एमबाप्पेले विश्वकपमा पहिलो खेलदेखि फाइनलसम्म नै उत्कृष्ट विश्वकप खेलेका थिए । उनी लगभग रोकिन सकेनन् । र, उनी विश्वकपको उत्कृष्ट खेलाडी घोषित हुन योग्य थिए ।

किनभने, उनी यसको हकदार थिए,’ रोनाल्डोले भनेका छन्, ‘यदि मलाई मूल्यांकन गर्न दिइएको भए यसमा कुनै शंका नै थिएन कि, गोल्डेन बलका लागि मेस्सीभन्दा एमबाप्पे तीन गुणा योग्य थिए । एमबाप्पेले फाइनल खेल्यो, ह्याट्रिक गोल हान्यो, ८ गोल गरेर गोल्डेन बल जित्यो । अनि उसका ४ गोल पेनाल्टी थिएनन् । उसले पेनाल्टी पनि मिस गरेन ।’

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment