काठमाडौँ ।सरकारले बजेट वक्तव्यमार्फत चालु आवमा वृद्धि गरेको १५ प्रतिशत तलब प्रधानमन्त्री र मन्त्रीहरूले नलिने भएका छन्।आर्थिक वर्ष ०७९८०को बजेटमा कर्मचारीको तलब भत्तामा १५ प्रतिशतले वृद्धि गरिएको थियो। वृद्धि भएको तलब भत्ता साउन १ गतेबाट लागू भइसकेको छ।
कर्मचारीको तलब वृद्धि पदाधिकारी तथा मन्त्रीहरूको तलब पनि स्वतः सोही अनुसार बढ्छ। तर, अर्थतन्त्र चालु आवका लागि मन्त्रिपरिषद्का सदस्यले बढेको तलब नलिने निर्णय सोमबारको मन्त्रिपरिषद्ले गरेको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।
त्यस्तै सरकारले संघीय संसदको अधिवेशन आह्वान गरेको छ । हिजो (सोमबार) बसेको नवगठित मन्त्रिपरिषदको बैठकले आगामी पुस २५ गते बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र तीन उपप्रधानमन्त्रीसहित ८ मन्त्रीले शपथ र पदभार ग्रहण गरेपछि सोमबार बेलुकी मन्त्रिपरिषद्को पहिलो बैठक बसेको थियो ।
बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले बैठकले प्रतिनिधिसभाको बैठक बोलाउने बारे पनि निर्णय गरेको बताएका थिए ।सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसदको अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले सरकारको औपचारिक निर्णय प्राप्त भएलगत्तै संसदको अधिवेशन आह्वान हुने जानकारी दिए।
यो पनि – मंगलबार अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिद मुल्य १३१ रुपैयाँ ९५ पैसा र विक्री मूल्य १३२ रुपैयाँ ५५ पैसा तोकिएको छ। सोमबार अमेरिकी डलर एकको खरिद मुल्य १३२ रुपैयाँ २८ पैसा र विक्री मूल्य १३२ रुपैयाँ ८८ पैसा रहेको थियो।
यता, युरोपियन युरोको मूल्य एकको खरिददर १४० रुपैयाँ १७ पैसा विक्री दर १४१ रुपैयाँ ८१ पैसा कायम रहेको छ। अष्ट्रेलियन डलर एकको खरिदर ८८ रुपैयाँ ७० पैसा र बिक्रीमा ८९ रुपैयाँ १० पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तै, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ०४ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४८ पैसा,
सिंगापुरे डलर एकको खरिददर ९७ रुपैयाँ ८० पैसा र विक्री दर ९८ रुपैयाँ २४ पैसा रहेको छ। जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ९१ पैसा र विक्रीमा १० रुपैयाँ ९६ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ९६ पैसा र बिक्रीदर १९ रुपैयाँ ०४ पैसा रहेको छ।
यता, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३५ रुपैयाँ ०८ पैसा र बिक्रीमूल्य ३५ रुपैयाँ २४ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ११ पैसा र बिक्रीदर ३६ रुपैयाँ २८ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ ८२ पैसा र बिक्रीदर २९ रुपैयाँ ९५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
Leave A Comment