Latest
img

नेपाली राजनीतिमा नसोचेको हंगामा: चुनाव अघि नै प्रचण्ड प्रधानमन्त्री, गठबन्धनमा ठूलो धराप

काठमाडौं –

सरकार सम्बद्ध दलहरुले मंसिरका ४ लागि तय गरिएको प्रदेश र संघीय निर्वाचनको सिट बाँडफाँटमा कुरा मिलेको बताए पनि प्रमुख घटक माओवादी

केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन पछिको पहिलो प्रधानमन्त्री मागेपछि समस्या उत्पन्न भएको छ।

गठबन्धनका दलहरु बढीभन्दा बढी सिट लिने प्रयासमा लागेको र पद बाँडफाँडलाई पनि केन्द्रमा राखेर प्रचण्डले पहिलो प्रधानमन्त्री मागपछि समस्या उत्पन्न भएको स्रोतले जनाएको छ।

गठबन्धनका तर्फबाट कार्यदलमा नेपाली कांग्रेसबाट पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला,

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र महामन्त्री गगनकुमार थापा, नेकपा माओवादी केन्द्रबाट महासचिव देवप्रसाद गुरुङ र

उपमहासचिव वर्षमान पुन भए पनि उनीहरुले सीट संख्या टुंग्याउन नसकेपछि शीर्ष तहमा भएको वार्तामा प्रचण्डले सो दाबी गरेका हुन्।

सिट बाँडफाँटको निर्णयसहित प्रतिवेदन दिने कार्यभार पाएको कार्यदलको साउन २३ गते बसेको पहिलो बैठकले सिटौलालाई संयोजक बनाएर सिट बाँडफाँट प्रयास गरिरहेको थियो।

तर अहिलेसम्म सिट बाँडफाँड हुन सकेको छैन। चुनावी तालमेल गरेर निर्वाचनमा जाने निर्णय भइसकेका कारण सबैले आ–आफ्नो दाबी छोड्न जरुरी रहेको ती नेताले बताएका छन्।

कांग्रेस पदाधिकारीले भनेजस्तो गठबन्धनका हरेक दलले बढीभन्दा बढी सिट खोजिरहेकाले बाँडफाँटमा टुंगो लाग्न ढिलाइ भने भएको हो होइन भन्ने छुट्याउन कठिन हुँदा

प्रचण्डले आफूलाई केन्द्रमा राखेर सिट खोजिरहेको स्रोतले जनाएको छ।

कांग्रेसले निर्वाचनपछि नै प्रधानमन्त्री पदको विषयमा कुरा गर्ने बताइरँहदा प्रचण्डले भने अहिले नै टुंग्याएर जानुपर्ने अडान लिएका छन्।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले मंसिरपछि गठन हुने सरकारको नेतृत्व गर्न चाहिरहेका छन् ।

‘उनीहरु दुवैमा पहिलो चरणमै सरकारको नेतृत्व लिने चाहना देखिएपछि कांग्रेसले यसलाई पछि सार्न खोजिरहेको छ ।

तर प्रचण्डले मुखै खोजेर पहिलो चरणको प्रधानमन्त्री मागे’, स्रोतले भन्यो।

उनीहरुबीच आधा आधा कार्याकाल चलाउने हो भन्नेमा आधारभूत सहमति भैसकेको तर कसले पहला सरकारको नेतृत्व गर्ने भन्ने बारेमा होडबाजी चलेको बेला प्रचण्डले मुख

खोलेर प्रधानमन्त्री मागेका छन्। ‘प्रचण्डले प्रधानमन्त्री दावी गर्दै गर्दा सिट संख्या मिल्यो भनेर अभिव्यक्ति दिइसकेको छन्’, स्रोतले भन्यो।

तर माधवकुमार नेपालले यही कुरा थाहा पाएपछि गठबन्धनमा सिट संख्या नै नमिलेको अभिव्यक्ति दिएका थिए।

उनले गठबन्धन हुने कि नहुने भन्नेमै शंका रहेको भन्दै अभिव्यक्ति दिएका छन्।

अबको निर्वाचनपछि कांग्रेस नै ठूलो पार्टी हुने भएकाले आधा आधा कार्यकालमा पहिलो पटक कांग्रेसले नेतृत्व गर्ने कुरा सोझो विषय भएकाले यसमा दायाँ बायाँ नहुने नेताहरुले जनाएका छन्।

माओवादी अध्यक्ष प्रचण्डले आफू नै निर्वाचन पछिको सरकारमा नेतृत्व गरेर त्यसपछि मात्रै कांग्रेसलाई दिने पक्षमा रहेका छन्।

यहाँनिर माधव नेपालले पनि प्रधानमन्त्री बन्ने चाहना राखेको स्रोतले जनाएको छ। कांग्रेससँग उनीहरुले लिखित कागज गरेर अघि बढ्ने गरी संवाद शुरु गरेको स्रोतको दाबी छ।

 

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment