Latest
img

जापानमा भारी हिमपात : १७ जनाको मृ’ त्यु, विद्युत आपूर्ति बन्द

जापानमा हिमपातका कारण १७ जनाको मृ’ त्यु भएको छ भने मौसम जन्य घटनामा ९३ जना भन्दा बढी घाइते भएका छन् ।केही दिनदेखि जारी हिमपातले त्यहाँको जनजीवन अस्तब्यस्त बनेको हो ।हिमपातले विद्युत् आपूर्ति बन्द हुँदा हजारौं सर्वसाधरण अध्यारोमा बस्न बाध्य छन् ।

जापानकोे पश्चिमी तटका साथै उत्तरी क्षेत्र होक्काइडोमा लगातार भारी हिमपात भइरहेको छ ।हिमपात अझै केही दिन जारी रहने मौसम विद्हरुले बताएका छन् ।शक्तिशाली हिउँदे दबाबका कारण गत हप्तादेखि देशको उत्तरी क्षेत्रमा भारी हिमपात भइरहेको छ ।

राजमार्गहरुमा सयौं सवारी साधन अलपत्र परेका छन् । डेलिभरी सेवामा ढिलाइ भइरहेको छ । शनिबारसम्म मर्नेको संख्या ११ पुगेको थियो । तर क्रिसमसको बेलामा थप हिमपात हुँदा थप ६ जनाको ज्यान हिउँसँग सम्बन्धित दूर्घटनामा गएको छ ।सोमबार बिहानसम्म घाइतेको संख्या ९३ पुगेको अग्नि तथा विपद्

व्यवस्थापन विभागले भनेको छ । यी मध्ये अधिकांश छानाबाट हिउँ हटाउने क्रममा वा छानाबाट खसेको हिउँको थुप्रोमा परेका हुन् । हिमपात प्रभावित क्षेत्रका नगर अधिकारीहरुले स्थानीय बासिन्दाहरुलाई हिउँ हटाउँदा विशेष सतर्कता अपनाउन र एक्लै नजान अनुरोध गरिरहेका छन् ।

डिसेम्बर १७ यता शुरु भएको हिमपातका कारण केही क्षेत्रमा औसतभन्दा निकै धेरै हिउँ थुप्रिएको मौसम विभागका अधिकारीहरुले बताएका छन् । सोमबार बिहान ८ बजेसम्म यामागाता प्रिफेक्चरको ओहकुरा गाउँमा १ दशमलव ७२ मिटर हिउँ थुप्रिएको छ ।

होक्काइदोको ओतोइनेप्पु शहरमा पनि १ दशमलव ५५ मिटर हिउँ थुप्रिएको छ भने निगाता प्रिफेक्चरको उओनुमामा १ द शमलव २८ मिटर हिउँ थुप्रिएको छ ।हिमपात उत्कर्षमा पुगेको भएपनि हिउँदे दबाब बाँकी नै रहेको अधिकारीहरुले बताएका छन् । उत्तरी र पूर्वी जापानको केही क्षेत्रमा छिटपुट हिउँ पर्ने अपेक्षा गरिएको छ ।

चालकहरुलाई पनि सडक अवरद्ध र चिप्लो सडकप्रति सर्तक रहन भनिएको छ । धेरै हिउँ थुप्रिएको ठाउँमा हिम पहिरो खस्न सक्ने चे’ तावनी मौसम अधिकारीहरुले दिइरहेका छन् । छत वा छानामा हिउँ सफा गर्न जाँदा विशेष सावधानी अपनाउन र एक्लै नजान भनिएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment