काठमाडौं – जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत ‘सिके’ काठमाडौंमा डेरा खोज्न थालेका छन् ।४ मंसिरमा भएको संसदीय निर्वाचनमा राउत नेतृत्वको दलले ६ सिट (एक प्रत्यक्ष र पाँच समानुपातिक) जित हासिल गरेकामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको छ ।
सत्ता गठबन्धनमा जोडिएका राउतले आफू काठमाडौंमा घर/डेरा खोजिरहेको सामाजिक सञ्जालमार्फत जनाएका हुन् । ‘काठमाडौं बस्न डेरा/घर खोज्नै गाह्रो, आज पनि जाँदैछु,’ उनले ट्वीट गरेका छन् ।उनले घ्याम्पेडाँडास्थित पाइलटबाबा आश्रमको फोटो समावेश गर्दै अगाडि भनेका छन्, ‘यस्तै डाँडाकाँडातिर बसौँबसौँ लाग्ने ।’जनमत सरकारमा गएपनि सिके भने आफू मन्त्री बनेका छैनन् ।
उता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रका विद्यमान समस्या समाधान गर्न सरकार गंभीर भएको बताएका छन् ।मंगलबार बिहान खुमलटारस्थित निजी निवासमा भेट्न पुगेको नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँग प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
आफ्नो पहिलो मन्त्रिपरिषदको बैठकले अर्थतन्त्र सुधारका लागि कदम चाल्ने निर्णय गरिसकेको उल्लेख गर्दै अर्थतन्त्रप्रति सरकार गंभीर भएको उनले बताएका थिए । सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले अर्थतन्त्रमा देखापरेका तरलता सङ्कुचन, उच्च ब्याजदर, विदेशी मुद्रा सञ्चिति एवं पूँजी बजारमा देखिएको गिरावटलाई सम्बोधन गर्ने निर्णय गरेको थियो ।
‘देशको अवस्था निकै गम्भीर छ, हामी सबै मिलेर समाधान गर्नुपर्छ,’ प्रचण्डलको भनाइ उदृत गर्दै भेटमा सहभागी एक व्यवसायीले क्लिकमाण्डूसँग भने, ‘अहिलेको देशको अर्थतन्त्रको विषयमा म निकै सम्बेदनशील छु । तपाईंहरुका पीर मर्का बुझेर काम गर्छौं ।
पहिलो बैठकबाटै त्यसको शुरुवात भएको छ ।’व्यवसायीका पीर मर्काका बारेमा आफू जानकार रहेको बताउँदै सरोकारवालाहरुसाग बृहत छलफल गरेर समस्या समाधान गर्ने प्रचण्डले विश्वास दिलाए ।‘हामी तपाईंहरुसहित सरोकारवालाहरुसाग बृहत छलफल गरेर समस्या समाधान गर्छौं,’ उनले भने ।
महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघको पदाधिकारी प्रतिनिधिमण्डलले अर्थतन्त्रमा वहुआयामिक असर परेको र वहुप्रतिक्षित चालु आर्थिक बर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समिक्षाले समेत विद्यमान समस्या सम्बोधन गर्न नसकेको अवगत गराएको थियो ।
बिहान ८ बजे महासंघको टोली बधाई दिन खुमलटारस्थित प्रचण्ड निवास पुगेको थियो । प्रतिनिधि मण्डलमा अध्यक्ष गोल्छासहित बरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, निवर्तमान अध्यक्ष भवानी राणा, पूर्वअध्यक्ष पशुपति मुरारका, उपाध्यक्ष अञ्जन श्रेष्ठ र महानिर्देशक गोकर्ण अवस्थी सहभागी थिए । प्रचण्डले अत्यन्तै छोटो बोलेका थिए ।
प्रधानमन्त्री प्रचण्डसाग नेपाल उद्योग परिसंघको टोलीले पनि मंगलबार भेट गरेको छ । अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ प्रतिनिधिमण्डलले आज बिहान प्रधानमन्त्रीको निजी निवास खुमलटारमा भेटवार्ता गरेको हो ।परिसंघले संकटपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न तत्काल चालिनुपर्ने स्पष्ट कदमसहितको अवधारणा प्रधानमन्त्री समक्ष पेश गरेको हो ।
परिसंघले नेपाली अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न वित्तीय क्षेत्र (तरलता संकट तथा उच्च ब्याजदर), औद्योगिक प्रबद्र्धन, पूर्वाधार, पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्दै तत्काल गर्न सकिने उपाय समेत सुझाएको छ । परिसंघको यो सुझावलाई सरकारले उच्च प्राथमिकतामा राख्दै कार्यान्वयनमा लैजाने विश्वास अध्यक्ष अग्रवालले गरे ।
परिसंघको बधाई एवं अर्थतन्त्र सुधारका सुझाव ग्रहण गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रबाट यस्तै खालको सुझाव खोजेको बताए ।“मैले निजी क्षेत्रबाट यस्तै अपेक्षा गरेको थिए । परिसंघले स्पष्ट रुपमा सुधारका योजना दिएको छ, यसका लागि परिसंघलाई धन्यवाद,” उनले भने ।
प्रधानमन्त्री प्रचण्डले सरकारको मुख्य ध्यान अर्थतन्त्र सुधार्नमै रहेको र यसका लागि परिसंघसँग सरकारले सहकार्य गर्ने बताए ।“मन्त्रिपरिषद्को पहिलो बैठकबाटै हामीले अर्थतन्त्रलाई नै प्राथमिकतामा राखेका छौं । निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ्नेछौं” उनले भने ।
भेटघाटमा परिसंघका पुर्वअध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्षहरु निर्वाण चौधरी, कृष्णप्रसाद अधिकारी, विरेन्द्रराज पाण्डे, रोहित गुप्ता, परिसंघ उद्योग समिति सभापति गोकुल भण्डारी, परिसंघका महानिर्देशक दिपकराज जोशी सहभागी थिए ।
Leave A Comment