Latest
img

बालेनको प्रभाव : २७ वर्षपछि खुला देखियो बागबजार क्षेत्र

काठमाडौं । व्यवसायिक केन्द्र र घनाबस्तीका कारण चहलपहल रहने बागबजार क्षेत्रबाट महानगरपालिकाले पार्किङ हटाएपछि मिश्रित प्रतिक्रिया आएका छन् । पार्किङ हटाउँदा आफ्नो व्यवसाय चौपट भएको गुनासो स्थानीय व्यवसायीहरुको छ भने पैदलयात्री खुसी भएका छन् ।

विगत २७ वर्षदेखि पार्किङ्गको रुपमा उपयोग हुँदै आएको बागबजार क्षेत्रलाई ट्राफिक प्रहरीले यतिबेला खाली गरेको छ । खाली गरेसँगै आफ्ना ग्राहक भड्किने त्रास व्यवसायीको छ । व्यवसायी मध्येकै केही भने यसले सुधार ल्याउने भन्दै आशावादी छन् ।

सडक भनेको सवारी साधन गुडाउन भएको र त्यहाँ कुनै सवारी साधन पार्किङ्ग गर्न नमिल्ने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्र भट्ट बताउनुहुन्छ ।महानगरले बागबजारको सडकमा हालै महानगरले कालोपत्रे गरिसकेपछि सडकमा सवारी साधन पार्किङमा निषेध गरेको हो ।

व्यवस्थित पार्किङको अभावमा सडकमै पार्किङ गर्ने गरिएको भन्दै व्यवसायीहरुले आफूहरुलाई जबरजस्ती गर्नुभन्दा विकल्प दिनुपर्ने माग गरेका छन् ।पार्किङ्ग हटाइएको स्थानमा दोहोरो सवारी साधन चल्ने भएकाले यो कदम अनिवार्य रहेको महानगरको दावी छ ।

उसले बागबजारस्थित आफ्नो स्वामित्वको सिटी मार्केट हातामा एक हप्ताभित्र पार्किङको बन्दोबस्त मिलाउने काठमाडौं महानगरपालिकाका, महानगर प्रहरी प्रमुख राजु पाण्डे बताउनुहुन्छ ।बागबजार स्थित सडकमा गरिएको सवारीसाधन पार्किङ्ग हटाएको सकारात्मक भएको र पार्किङ्गको लागि विकल्प दिन पैदलयात्रीले आग्रह गरेका छन् ।

पहिले बाटोमा हिड्न अप्ठेरो हुने गरेको र अहिले सहज भएको महरा बताउनुहुन्छ । त्यस्तै, राजेन्द्रबहादुर केसीले पार्किङ्ग हटाउदा पैदलयात्रीलाई सहज भएको र व्यवसायीको पनि माग सम्बोधन गर्न सक्ने गरि व्यवस्था गर्न महानगरलाई आग्रह गर्नुभउको छ । महानगरको कार्यप्रति व्यवसाय बन्द गरेर सडकमा उत्रिएका स्थानीय विकल्प दिने बचनसँगै शान्त बनेका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment