Latest
img

नेपालमा जन्मिएका भुटानका राजा, आमाले हलेसी महादेवमा पुत्र बर माग्दा प्राप्ति

काठमाडौं । नेपाल र भुटानकाबीचमा लामो सायदेखि सम्बन्ध स्थापित रहेको छ ।यो बीचमा भुटानका राजाबारे नयाँ रहस्य खुल्न आएको छ । त्यहाँका राजा जिग्मे खेसर नाम्गेल वाङचुकले आफू नेपालमा जन्मेको बताएका छन् ।राजा जिग्मेले आफू नेपालमा जन्मेको र नेपालीसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको खुलाएका हुन् ।

नेपाल र नेपाली जनतासँग आफ्नो निकट, भावनात्मक सम्बन्ध रहेको उनले स्पष्ट पारे । उनले भने, ‘किनकी म नेपालमा जन्मेको हो ।’राजा जिग्मेले नेपाल र भुटानबीच गहिरो सांस्कृतिक सम्बन्ध रहेको र दुबै देश भूपरिवेष्ठित रहेकाले मिलेर अघि बढ्नुपर्नेमा समेत जोड गरेका छन् ।

राजा जिग्मेको सन् १९८० मा नेपालको प्रसूति गृहमा जन्म भएको थियो । उनकी आमा छिरङ योङ दोनलेको इच्छाअनुसार उनको जन्म नेपालमा भएको हो । साथै नेपालमा राम्रो अस्पताल भएकाले पनि तत्कालिन रानीको प्रसूति नेपालमा गराइएको थियो ।जानकारहरुका अनुसार तत्कालिन रानी छिरङले हलेसी महादेवको मन्दिरमा पूजा गरेको र पुत्रका रुपमा जिग्मेको जन्म भएको पनि बताइन्छ ।

त्यतिबेला राजा वीरेन्द्रले भुटानी राजपरिवारप्रति सहयोग तथा सद्भाव राख्नु भएको थियो ।दुबै देशका राजपरिवारबीच घनिष्ठ सम्बन्ध थियो । राजा जिग्मेसँगको भेटमा राजदूत आचार्यले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपीशर्मा ओलीको मित्रता सन्देश सुनाउनुभयो ।

यो पनि – भन्छन्, मान्छेलाई मान्छेलाई ठगे पनि भगवानले ठग्दैन । यसबीच गोरखामा घर भइ काठमाडौंमा बस्दै आएका गोकर्ण भट्ट रातारात करोडपति बन्न सफल भएका छन् ।२०६८ सालमा एसएलसी दिएर काठमाडौं आएका गोकर्ण ५ वर्षको संघर्षपछि उनी करोडौंको कम्पनीको मालिक भएका हुन् ।

५ वर्षको यात्रा भने उनको सहज छैन् । उनले कतिपय रातहरु भोकभोकै बिताएका छन् ।कयौं दिन काठमाडौंमा खाली खुट्टा हिडे । काम गर्दा पनि आफ्नै साथीले धोका दिने त कहिले मालिकले तलब नदिने समस्या हुन्थ्यो ।अनेक पीडा भोगेका गोकर्ण आफू सफल हुन श्रीमतीको ठूलो योगदा रहेका बताउँछन् ।

धादिङकी राधिका अर्यालसँग विवाह गरेका गोकर्णले आफू सफल हुनुमा आफ्नो भन्दा पनि राधिकाको हात धेरै रहेको बताए ।विवाहपछि राधिकाले अरुको कम्पनीको जागिरबाट छुट्याएर आफूले लगाएका सुनका गहना बेचेर एउटा सानो सोफा व्यवसाय सुरु गर्न लगाइन् । जुन व्यवसाय अहिले करोडको पुगेको हो ।

साथै उनले ३० जना भन्दा बढीलाई रोजगारी समेत दिएका छन् । गोकर्णका अनुसार ५ वर्ष अरुकोमा काम गर्दा खान बस्न ठिक्क हुने गर्दथ्यो ।तर विगत ५ वर्ष यता आफूले करिब २ देखि ३ करोड कमाएको उनको भनाइ छ । उनका अनुसार नेपालमै बसेर कमाउँदा र धेरैलाई रोजगारी दिँदा आफूहरुलाई निकै खुसी लागेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment